Skip to main content

शिलाङका दुई बिक्रम थापाहरू

 

साठौं दशकको समयमा शिलाङ लेखनको क्षेत्रमा निकै सक्रिय रहेको थियो । त्यतिबेला मुख्यत गोरखा पाठशाला वा नेपाली कन्या पाठशालामा निरन्तर साहित्य गोष्ठी भइरहन्थे । साहित्य गोष्ठीमा विशेष गरी सहभागी हुनेहरूमा अर्जुन निरौला, जंग बहादुर थापा, दुर्गा प्रसाद अधिकारी, बिक्रम ( वीर ) थापा आदि हुन्थे । यी सबै लेखकहरूले मुख्यत कथा लेख्ने गर्दथे । त्यतिबेला शिलाङमा कथा लेख्न महिला लेखिकामा माया ठकुरी निकै अघि 

थिइन् । निकै सक्रिय थिइन् । तर शिलाङमा हुने साहित्य गोष्ठीमा उनको उपस्थिति हुँदैनथ्यो । उनको सहभागिता रहन्नथ्यो । उनको उपस्थिति शिलाङबाट प्रकाशित हुने पत्र पत्रिकामा हुने गर्दथ्यो ।  हामीले सम्पादन गर्ने पत्रिकामा उनी कथा लेख्थिइन् । यसरी साहित्य गोष्ठीमा कथा वाचन गर्ने  विक्रम (  वीर ) थापा अचानक हाई स्कुलमा पढ्दा पढ्दै शिलाङबाट गायव भएका थिए । उनी पल्टनमा भर्ती भएका थिए  उनी लाहुरे भएका थिए । लाहुरे भए पछि उनी कार्गिलको लडाईमा पनि परेका रहेछन् । युद्धको मोर्चामा पनि खटेका रहेछन् ।

लाहुरे भए पनि उनले आफ्नो कलमलाई कहिल्यै विश्राम दिएनन् । आफ्नो कलमलाई सुस्ताउन दिएनन् । आफ्नो लेखन धर्मलाई परित्याग गरेनन् । उनले युद्धको मोर्चामा बसेर पनि कलम चलाइरहे । निरन्तर कलम चलाइरहे । बिक्रम बीर थापा कलम बीर थापा बनिरहे । उनले कथा उपन्यास लेखिरहे । उनले विगतको परिवेशभित्र, टिस्टादेखि सतलजसम्म जस्ता उपन्यास तथा एकाइसौं शताब्दीकी मोनालिसा कथा संग्रह आदि पुस्तक प्रकाशन गरेका छन् । यतिबेला उनी शिलाङका चर्चित साहित्यकार बनेका छन् । अग्रज साहित्यकार बनेका छन् । 

हिजोको युग मणि सिंह गुरुङ, भोलानाथ गुरुङ , गोपी नारायण प्रधान , कुष्ण प्रसाद ज्ञवालीको युग थियो भने आजेको युग बिक्रम थापाको युग भएको छ । नरबहादुर राई , हेम  जोशीहरूको युग भएको छ । 

बिक्रम थापा उपन्यासकार कथाकार अर्थात आख्यानकार त हुँदै हुन् । तर उनी सबभन्दा बढी चित्रकार हुन् । इटालियन चित्रकार  लिउनार्दो दा भिन्सीको चित्रकारिताबाट प्रभावित देखिने बिक्रम थापा यतिबेला शिलाङका राम्रा चित्रकार मानिन्छन् । चर्चित चित्रकार मानिन्छन् ।  उनले चित्र कोर्न कुनै विश्वविद्यालयबाट औपचारिक शिक्षा लिएका थिएनन् । प्राप्त गरेका होइन ।  भए पनि आफ्नै प्रयासले उनले उत्कुष्ट चित्र कोरेका छन् । मैले सुनेको छ उनले पशुपतिनाथको बिशाल चित्र कोरैका छन् । त्यस चित्रलाई देख्ने मान्छे उनको चित्रकारिताको मुक्त कण्ठले प्रशंसा गर्दछन् । मैले उनको पशुपतिनाथको मन्दिरको चित्र प्रत्यक्ष देख्न नपाए पनि फेसबुकमा देखेको छु । 

यतिबेला बिक्रम थापा आफ्नै निवास शिलाङको लालचन्द बस्तीमा बस्दछन् । यी बिक्रम थापा केही बर्ष अघि सिक्किमबाट सम्मानित भएका थिए । उनी गत बर्ष नेपाली साहित्य परिषद्, शिलाङबाट सम्मानित भएका थिए । उनले विसौं शताब्दीको मोनालिसा कथा संग्रहमा १९९९ मा भारत सरकारबाट नेपाली साहित्यकारहरूले प्राप्त गर्ने उच्च पुरस्कार साहित्य एकादमी पुरस्कार पनि प्राप्त गरेका छन् । यसरी बिक्रम थापा जति एकजना आख्यानकारको रूपमा स्थापित भएका छन् उति नै उनी एकजना सफल चित्रकारको रूपमा स्थापित भएका छन् । राजनेतिक रूपमा भने बिक्रम थापा त्यति जागरुक छन् जस्तो लाग्दैन ।

यी बिक्रम थापा बनारसमा आफ्नो कथा एकाइसौं शताब्दीकी मोनालिसा प्रकाशित गर्न बनारस आएको बेलामा बुटवलतिर लागेका थिए ।  बुटवलमा ओर्ले पछि उनी मलाई भेट्न सिधै रेक्सामा चढेर मैले अध्यापन गर्ने बुटवल बहुमुखी क्याम्पसमा आएका थिए । मैले उनलाई हाम्रो निवास सुक्खानगर ल्याएको थिएँ । उनी केही दिन हामीसित बुटवल सुख्खानगरमा बसेका थिए ।  उनका आफ्न्ती पर्ने व्यक्ति भैरहवामा बस्दारहेछन् । उनले बीचमा भैरहवामा गएर आफन्तीलाई पनि भेटेका थिए । पछि उनी यतैबाट काठमाण्डौतिर लागेका थिए । काठमाण्डौबाट उनी शिलाङ लागेका हुन् । यो यस्तै २५ बर्ष अघिको कुरा हो । तबदेखि अझसम्म मेरो बिक्रम थापासित प्रत्यक्ष भेट भएको छैन । तर हामी फेसबुक साथी भएकाले फेसबुक मार्फत दैनन्दिन भेट हुन्छौ । आजभोलि उनी शिलाङको जाडोले अंगुठीमा काठ कोइला राखेर आगो तापेको दृश्य देख्दछु । शिलाङको जाडोसित संघर्ष गरिरहेको दृश्य देख्दछु ।  तर हामीबीच टेलिफोन वा मोवाइलद्वारा संवाद भने हुँदैन । 

मैले शिलाङमा चिनेका जानेका अर्का विक्रम थापा हुन् दार्जीलिङमा जन्मेर शिलाङमा बसाइ सरेका विक्रम थापा । यिनी बिकैम थापा एकजन निम्न वर्गीय परिवारका व्यक्ति हुन् । उनका दिदी भिनाज्यु शिलाङमा भएको कारणले उनी पनि शिलाङ आएका थिए  दार्जीलिङबाट । शिलाङमा बसेर नै उनले अध्ययन गरेका थिए । 

शिलाङका बिक्रम थापा र म कुनै बेला एउटै स्कुलमा अध्यापन गर्दथ्यौं । उनी मैले अध्यापन गरिरहेको स्कुलमा अध्यापन गर्न थालेका थिए ।  हामी दुबै तत्कालीन नड्थुमाई नेपाली प्रोसिडिङ हाई स्कुलमा शिक्षक थियौं । नङ्थुमाई हाई स्कुलका प्रधान अध्यापक थिए दुर्गा प्रसाद शर्मा । यतिबेला यो स्कुल कलेज बनेको छ । त्यतिबेला यस स्कुलका अध्यक्ष रामलाल शर्मा तथा सचिव डी वी क्षेत्री थिए ।  एल एल वी गरेका डी वी क्षेत्री एजी अफिसमा काम गर्दथे ।

बिक्रम थापा निकै सरल हँसिला फुर्तिला युवा थिए ।  उनी कलाकार थिए । गीतकार थिए । उनी मीठो स्वरका धनी थिए ।  उनले गीत गाउन थाले पछि मान्छेहरू मंत्र मुग्ध हुन्थे । 

त्यतिबेला हामी शिलाङ प्रगतिशील बिचार बोकेर त्यसको प्रचार प्रसारमा लागेका थियौं ।  हामी केही साथीहरू प्रगतिशील विचारमा संलग्न रहेको हुनाले हामी सबैलाई त्यही प्रगतिशील बिचारमा ढाल्न चाहन्थ्यौं । हुन त यसरी प्रगतिशील बिचारमा संलग्न वा प्रतिबद्ध रहने हामी नेपालबाट शिलाङमा गएका नेपाली युवा वर्ग थियौं । कुनै न कुनै रूपमा त्यहाँका विद्यार्थी थियौ । हामीले ग्रहण गरेको प्रगतिशील वा क्रान्तिकारी बिचारमा शिलाङमा जन्मे हुर्केका र आफूलाई पक्का शिलाङका नेपाली ठान्ने थोरै  मात्र व्यक्ति यस बिचारमा आवद्ध हुन पुगेका थिए । दार्जीलिङबाट शिलाङमा बस्न थालेका र मसित नङ्थुमाई नेपाली प्रोसिडिङ हाई स्कुलमा अध्यापन गर्ने बिक्रम थापा पनि प्रगतिशील बिचारप्रति आकर्षित भएका थिए । एकजना कलाकार गीतकार प्रगतिशील बिचारप्रति आकर्षित हुनु कम उपलब्धिको कुरो थिएन । हाम्रो लागि  कम खुशीको कुरो थिएन । 

त्यतिबेला हामीहरू सांस्कृतिक क्षेत्रमा निकै सक्रिय रहेका थियौं । हामीले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेर प्रगतिशील क्रान्तिकारी बिचारको प्रचार प्रसार गरिरहेका थियौं । बिक्रम थापा स्कुलले आयोजना गरेका कार्यक्रममा गीत गाउँथे । साथै उनले हामीहरूले आयोजना गरेका विविध कार्यक्रममा पनि गीत गाउँथे । उनको सुमधुर स्वरले दर्शक श्रोताहरूको मनलाई सजिलै आकर्षित गर्दथ्यौ । उनीहरूलाई मंत्रमुग्ध पार्दथ्यौ । यसरी बिक्रम थापा हाम्रा लागि निकै ठूलो पूंजी बनेका थिए । तर यसलाई हाम्रो दुर्भाभाग्य नै ठान्नु पर्दछ हामीले बिक्रम थापालाई गीत संगीतको क्षेत्रमा लामो समयसम्म टिकाइरहन सकेनौं । उनी नङ्थुमाईको नेपाली प्रोसिडिङ हाई स्कुलमा अध्यापन गर्दा गर्दै इंडियन एअर फोर्समा भर्ती भए । शिक्षकको नोकरीभन्द्या आर्थिक दृष्टिकोणले उनलाई एअर फोर्सको नोकरी उत्तम लाग्यो । त्यतिबेला त्यहाँ शिक्षकले पेन्सन पाउने कुरो पनि लागू भएको थिएन । इंडियन एअर फोर्समा भर्ती भए अवकाश पाए पछि पेन्सन पनि प्राप्त हुन सक्दथ्यो । यसैले नै उनको रोजाइमा एअर फोर्स नै पर्यो । उनलाई हामीले शिक्षक नै रहेर संगीत क्षेत्रमा क्रियाशील हुने सल्लाह त अवश्य दिएका थियौं  । तर हाम्रो भनाइ उनलाई त्यति आकर्षक लागेन । संतोषजनक लागेन । उनी अन्ततः स्कुलको जाििगर तथा गीत संगीतको क्षेत्र छोडेर इंडियन एअर फोर्समा भर्ती भए ।

उनी आजभन्दा झण्डै झण्डै पाँच दशक अघि इंडियन एअर फोर्समा भर्ती भएका थिए ।  यी बिक्रम थापा एअर फोर्समा भर्ती भएर लाहुरे भए पछि उनीसित मेरो भेट हुन सकेन । म पनि शिलाङ छोडेर नेपाल आएको कारणले पनि गायक बिक्रम थापासित भेट नभएको हुन सक्दछ । उसरी म नेपाल आए पछि पनि धेरै पल्ट शिलाङ पुगेको थिएँ । यी बिक्रम थापाको शिलाङका घर परिवार भएको भए शायद म उनको घर परिवारलाई भेटेर पनि उनको हाल खबर लिन्थें होला  । शिलाङमा मैले उनका दिदी भिनाज्युलाई भेट्न सकेकाु भए पनि  निश्चित रूपमा बिक्रम थापाको हला खबर लिन सक्दथें होला । थाहा गर्न सक्दथें होला ।  जे होस्, मैले नङ्थुमाई स्कुलमा अध्यापन गर्दा मेरा सहकर्मी बनेका र त्यतिबेला आफ्नो सुमधुर स्वरको लागि लोकप्रिय तथा चर्चित शिक्षक गायक बिक्रम थापा एअर फोर्समा भर्ती भए पछि कता हराए कता । उनी हामीसंग सम्पर्कविहीन भए ।

यसरी मैले शिलाङमा रहँदा बस्दा चिनजानी भएका दुई बिक्रम थापामध्ये आख्यानकार तथा चित्रकार बिक्रम थापासित आजभन्दा यस्तै झण्डै तीन दशकदेखि प्रत्यक्ष भेट्न पाएको छैन भने मैली गीतकार विक्रम थापालाई झण्डै पाँच  दशकदेखि प्रत्यक्ष भेट्न मात्र होइन उनको बारेमा कुनै हाल खबर सुन्न समेत पाएको छैन ।

१८—११—२०८०   (  १—३—२०२४  )


Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...