Skip to main content

बेलायतमा मेरो पत्रकारिता


बेलायतमा मेरो पत्रकारिता भन्न बित्तिकै कसैलाई लाग्न सक्दछ म बेलायतमा गएको छु र त्यहाँ बसेर पत्रकारिाता गरेको छु । तर कुरो त्यसो होइन । म बेलायतमा कहिले गएको छैन । अतयब यो कुरा स्वयंसिद्ध छ कि मैले बेलायतमा पत्रकारिता गरे पनि बेलायतमा बसेर पत्रकारिता गरेको भने होइन । गरेको भने छैन । यही बुटबलमा बसेर नै बेलायतमा पत्रकारिता गरेको हुँ । मैले बुटबलमा बसेर नै बेलायतको पत्रकारितामा हिस्सा लिएको हुँ । मैलै साला खाला दुई बर्ष जति बेलायतमा पत्रकारिता गर होला जस्तो लाग्दछ ंं । तर यो कुरा धेरै कमलाई मात्र थाहा छ । मैले बेलायतमा छद्म नाममा लेखहरू पठाएर पत्रकारिता गर्दथेंं । गरेको थिएँ । माओवादी युद्ध उत्कर्षमा प्गेको अवस्थामा सरकारले माओवादीलाई आतंकवादी घोषित गरे पछि माओवादीको पक्षमा लेख्नु वा उनीहरूको पक्षमा वकालत गर्नु आफू पनि माओवादी बनेको मानिन्थ्यो । ठानिन्थ्यो । त्यसैले सरकारका आँखा छल्न पनि मैले छद्म नामले लेख लेख्नु पर्दथ्यो । आफ्नो बिचार वा अभिमत जाहेर गर्नु पर्दथ्यो । हो त्यतिबेला माओवादीलाई जति सक्दो गाली गरेर वा सरकारको जति सक्दो प्रशंसा गरेर लेख लेख्न भने अवश्य  सकिन्थ्यो  । टिप्पणी गर्न भने अवश्य सकिन्थ्यो । त्यसमा कुनै छेक थुन थिएन । बार बन्देज थिएन । रोक टोक थिएन ।  तर माओवादीको पक्षमा एक अक्षर कोर्नु पनि महा अपराध मानिन्थ्यो । राज्य विरुद्धको अपराध ठानिन्थ्यो । आतंकवादी गतिविधि मानिन्थ्यो ।  आफ्नो नाम पनि आतंकबादीमा दर्ता ह्ुन पुग्दथ्यो । दर्ता हुन सक्दथ्यो । त्यतिबेला कलम चलाउनु चान चुने कुरा थिएन । जोखिमपूर्ण कार्य थियो ।

जनयुद्धकालमा  गोबिन्द बेलबासे म र अन्य साथीहरूले अदालतमा माओवादीको आरोपमा पकडाउ परेका बन्दीहरूका पक्षमा बकालत गरेका थियौं । बहस पैरवी गरेका थियौं ।  गोबिन्द बेलबासे र म एउटै ल फर्म सुविधा कानूनी कार्यशालासित सम्बन्धित थियौं । यस कारण पनि हामीहरू त्यतिबेला निकै नजदिक थियौं ।   

गोविन्द बेलबासे साइबर ल पढ्न बेलायत गए पछि उतै बस्न थाले । उनी बेलायत गए पछि एकजना वकीलभन्दा पनि बढी पत्रकारको रूपमा चिनिन थाले । लेखकको रूपमा चिनिन थाले । कथाकारको रूपमा चिनिन थाले । उपन्यासकारको रूपमा चिनिन थाले । साहित्यकारको रूपमा चिनिन थाले ।  उनीभित्र गुजिल्टिएर बसेको सृजनात्मक प्रतिभा प्रस्फुठित ह्न थाल्यो ।  भनौं उनी बकील हुँदा हुँदै पत्रकार हुन पुगे । उनी पत्रकार हुँदा हुँदै लेखक बन्न पुगे । उनी लेखक हुँदा हुँदै कथाकार हुन पुगे । उनी कथाकार हुँदा हुँदै उपन्यासकार हुन पुगें । साहित्यकार हृुन पुगे ।

जे होस्,  उनी बेलायतमा गएर बस्न थाले पछि उनले एउटा साप्ताहिक पत्रिका नेपाली सन्देशको सम्पादन र प्रकाशन गर्न थाले । यसका प्रधान सम्पादक थिए – बी के पाण्डे र सम्पादक थिए – गोविन्द बेलबासे । यसका कार्यकारी सम्पादक थिए राम कुमार बिमली आदि । 

गोबिन्द बेलबासेले मलाई नियमति रूपमा नेपाली सन्देशमा लेख लेख्न भनेंका थिए । मैले उनले भने अनुसार लेख लेख्दै गएँ । लेख लेख्दै गएँ ।  तर मैल लेख लेखें सुदीप कुमारको नाममा । छद्म नाममा ।  म बेलायतको नेपाली सन्देशमा स्तम्भ लेखक बनेको थिएँ । हो, मैले सिधै मेरा लेखहरू बेलायत पठाउँदैनथें । लेख लेखेर नारायण बेलबासेलाई दिन्थें । उनले मेरा लेख बेलायत पठाइदिन्थें । म मेरा लेख प्रकाशित भएका नेपाली सन्देश सिधै पढ्न पाउने थिइनं । नेटबाट मात्र पढ्न सक्दथें । हेर्न सक्दथें ।

पछि मलाई थाहा भयो मेरा लेख लगायत सबै प्रकाशनका सामाग्री बुटवलबाट नै तयार हुँदोरहेछन् । त्यसको पाण्डुलिपि यहीं बुटवलबाट नै तयार हुने रहेछ । छापिने र बितरण हुने काम मात्र बेलायतबाट हुँदोरहेछ । या कुरा एक दिन मेरा सामु खुलस्त भयो । यस्तो पद्धतिलाई आधुनिक भाषामा उत्तर आधुनिकतावाद भनिंदोरहेछ । पोष्ट मर्डननिज्म भनिदोरहेछ । ग्लोबल होम भनेका पनि यही होला ।

नारायण बेलबासेको कम्युटरले काम नगरेकोले उनी एक रात हाम्रै घरमा आए । रातभरि हाम्रै कम्युटरमा काम गरेर नेपाली सन्देशका लागि प्रकाशन सामाग्री तयार पारे । कति बिज्ञापन बेलायतबाट आउन ढिलो भएकोले त्यसलाई समावेश गर्न उनले निकै प्रतीक्षा गर्नुृ परेको थियो । यो सब संसारभरि माकुराको जालो जस्तो बिछिएको नेटवर्कको करामत थियो । कम्युटरको करामत थियो ।  हिजो पत्रिका छाप्न बनारस जानु पर्ने र कम्पोजिटरले अक्षर अक्षर उनेर वा बुनेर  प्रकाशन सामाग्री छाप्नको लागि तयार पार्नु पर्ने अवस्थाबाट छलाङ मारेर बुटवलमा बसेर बेलायतको लागि प्रकाशन सामाग्री तयार पार्नु र बेलायतबाट छापिनु नेटबर्क र कम्युटर विज्ञानकै करामत नै त थियो । बास्तवमा बेलायतमा सामाग्री तयार गर्नु पर्दा लागत बढी लाग्ने हुनाले पनि यो सब लिला गर्नु पर्ने विवशता थियो ।

बेलायतमा नेपाली सन्देशमा मैले सुदीप कुमारको नाममा के कति लेखें त्यसको लेखो मैले राखेको छैन । एकपल्ट बेलायतबाट आउने व्यक्तिका हातबाट मेले नेपाली सन्देशका  केही अंक  हेर्न पाएको थिएँ । त्यसमध्ये  अहिले एउटा अंक – बर्ष १ अंक ८ २०६१ साल कार्तिक २३ गते शनिवार (  ८ नबेम्बर २००४ )  मेरो हातमा छ । यो अंक जस्ताको तस्तै छ । भर्खर प्रेसबाट छापिएर निस्केको जस्तो छ ।  यसको अन्तिम पृष्ठमा मेरो लेख – नेपालमा द्वन्द्व जटिलतातिर शीर्षकमा सुदीप कुमारको नाममा छापिएकोे थियो ।

मैले सुदीप कुमारको नाममा लेख लेख्ने दौरानमा गोविन्द बेलबासेले मलाई सुदीप कुमार भनेर तपाईंलाई कसैले चिन्दैन । दिल साहनी कै नाममा लेख लेखिदिनु पर्यो भने पछि मैले केही लेख पछिल्लो चरणमा स्थिति अलिक खुला भएको सन्दर्भ पारेर दिल साहनी कै नाममा पनि लेखेको छु ।  तर नेपाली सन्देशमा दिल साहनीका नाममा लेखिएका लेखहरूको संख्या निकै कम छ । निकै न्यून छ । धेरै लेख सुदीप कुमारको नाममा नै लेखिएका छन् ।

मैले सुदीप कृुमारको नाममा के कति लेख लखें भन्ने कुराको मसित यतिबेला कुनै सबूत प्रमाण वा निसा नभएकोले सम्बन्धित पत्रिकाले त्यसको फेहरिस्त नराखिदिने हो भने त्यो दन्त्यकथा पनि बन्न सक्दछ । त्यो एकादेशको कथा पनि बन्न सक्दछ ।

यहाँ नेर म यो कुरा पनि उल्लेख गर्न आवश्यक ठान्दुछ कि मैले बेलायतमा मात्र सुदीप कृुमारको नामले लेख लेखेको होइन । मैले यही नामले नेपाल वा भारतमा पनि लेख लेखेको छु । यसरी मैले सरोजका नाममा पनि लेख लेखेको छु । यसरी मैले कपिलको नाममा पनि लेख लेखको छु । खास गरी पंचायत कालमा मैले छद्म नाममा लेखहरू लेख्ने गरेको थिएँ । त्यतिबेला आफ्नो नाम आफै राखेर लेख लेख्नु पर्दथ्यो । त्यतिबेला आफ्नो नाम आफै जुराउनु पर्दथ्यो ।  भूमिगत कालमा नाम पनि भूमिगत नै हुन्थ्यो ।

जे होस्, बुटबलमा बसेर बेलायतमा पत्रकारिता गर्नु राम्रै कुरा हो । तर यसको एउटा नराम्रो पक्ष के हुन सक्दछ भने यस्तो स्थितिमा आफ्ना लेख रचनाका सम्बन्धमा कुनै टीका टिप्पणी पढ्न पाइन्न । कुनै गुनासो सुन्न पाइन्छ । कुनै फिडव्याक पाइन्न । लेखकको लागि फिडव्याक आवश्यक कुरा हो । महत्वपूर्ण कुरा हो । म त्यस्तो महत्वपूर्ण कु्राबाट बंचित भएको थिएँ ।  यस्तो लेखनलाई एकल संवाद पनि भन्न सकिन्छ । 

१३–२–२०८०





Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास