Skip to main content

Posts

Showing posts from November, 2024

अध्ययन तथा चिन्तन

   म आसामको दरंग (  हाल शोषितपुर ) जिल्लाको चारदुवारमा स्थित चारदुवार हाई स्कुलमा अध्ययन गर्दा  एकजना आसामी शिक्षक थिए अनन्त सर्मा । उनी हामीलाई अंग्रेजी र बुरुङजी (  इतिहास ) विषयको अध्यापन गर्दथे । उनले हामीलाई अंग्रेजी पाठ पढाउँदा त्यसलाई पानी पानी पार्ने गरी पढाउँथे । उनी त्यस पाठबाट कस्ता प्रश्न आउन सक्दछन् र तिनको उत्तर कसरी लेख्नु पर्दछ भन्ने कुरा पनि हामीलाई बताउँथे । उनले  हाम्रो अंग्रेजीको पाठ्य पुस्तकमा चाल्र्स एण्ड मेरी लेैमले लेखेको पुस्तक टेल्स फ्रम शेक्सपियरबाट लिइका शेक्सपियरका दुई कथा मर्चेन्ट अझ वेनिस तथा मेकवेथ हामीलाई पानी पानी पार्ने गरी विभिन्न कोणबाट यसरी पढाउने गर्थे  कि अहिले पनि मेरो स्मृति पटलमा ती कुरा ताजै रहेका छन् ।  हाम्रो पाठ्य पुस्तकमा रहेको रुसी कथाकार लिउ टल्टस्ट्वायको कथा हाउ मच लैन्ड डज ए मैन निड पनि निकै छर्लङ्ग पार्ने गरी पढाउँथे । त्यतिबेला उनले पढाएको त्यो कथा पनि मलाई अझ पनि राम्ररी नै संझना हुन्छ । उसरी यो कथा त मैले क्याम्पसमा अध्यापन गर्दा पनि पढाउनु परेको थियो । उनको अध्यापन गर्ने शैली गजबको थियो ।  बेजोडको थियो । पढ्नमा म राम्रो पोसिजन ल्

अध्ययन अनुभव र अभिव्यक्ति

  मान्छे अध्ययन र अनुभवको संगालो हो । पेटारो हो । अध्ययन र अनुभव पढेको मान्छेले पनि गर्दछ । अनपढ मान्छेले पनि गर्दछ ।  अध्ययन र अनुभव किताब पढेर पनि गर्न सकिन्छ । अध्ययन र अनुभव जीवन र समाज पढेर पनि गर्न सकिन्छ । वास्तवमा जीवन एउटा पाठशाला हो । समाज त झन् एउटा विश्वविद्यालय नै हो । मान्छे एउटा सामाजिक प्राणी भएको हुनाले समाजमा नै बस्दछ । मान्छे समाज बाहिर गएर बस्न सक्दैन । घरबार परिवार सबै छोडेर हिंडेको सन्त महन्त वा साधु पनि मान्छेका घर घर डुल्दछ । मान्छे कै वरिपरि रहन्छ । अझ मानव बस्ती नजिक नै कुटी बनाएर बस्दछ । समाजसितको सम्पर्क र सामाजिक व्यवहारबाट मान्छेले धेरै कुराको अध्ययन , अनुभव वा ज्ञान प्राप्त गर्दछ । यसरी ऊ अध्यन अनुभव वा ज्ञानको भण्डार बनेको हुन्छ ।  मान्छेले जहाँबाट पनि जे अध्ययन अनुभव र ज्ञान प्राप्त गर्दछ त्यसलाई आफूभित्र गुम्साएर राख्न सक्दैन । दवाएर राख्न सक्दैन । लेख्नेले लेखेर व्यक्त गर्दछ । चित्र  कोर्नेले चित्र कोरेर व्यक्त गर्दछ ।  गाउनेले गीत गाएर व्यक्त गर्दछ । बाजा बजाउनेले बाजा बजाएर व्यक्त गर्दछ । नाच्नेले नाचेर व्यक्त गर्दछ । अभिनय गर्नेले अभिनय गरेर व्यक्त

लेखकका तीन प्रमुख काम

    एकपल्ट बंगाली उपन्यासकार शरतचन्दका प्रशंसक एकजना पाठकले उनीसित कुरा गर्दैै भनेछन् — सबैले रविन्द्रनाथ टैगोर एउटा ठूला लेखक हुन् भन्दछन् । मलाई त्यस्तो केही लागेन । मैले उनका किताब पढ्ने प्रयास गरें । केही पनि बुझिनं । मैले त तपाईंले लेखेका कुरा राम्ररी बुझ्दछु । मलाई तपाईंले लेखेका कुरा निकै मन पर्दछन् । त्यसको प्रतिक्रियामा शरतचन्दले भनेछन् — मैले तपाईं जस्ता पाठकलाई ध्यानमा राखेर लेख्दछु । त्यसैले तपाईंलाई मेरो लेखन मन पर्दछ । तपाईंले मेरो लेखन बुझ्नु हुन्छ । रविन्द्रनाथ टैगोरले म जस्ता व्यक्तिलाई ध्यानमा राखेर लेख्दछन् । त्यसैले मलाई उनको साहित्य मन पर्दछ । उनको लेखनी मन पर्दछ । मैले उनका कृति मन पराउँछु । यसबाट के बुझिन्छ भने कवि लेखक वा साहित्यकार त्यसै कवि लेखक वा साहित्यकार हुँदैनन् । उनीहरूले पनि अन्य कवि लेखक वा साहित्यकारहरूका कृति अध्ययन गर्नु पर्दछ ।    मैले यस अघि कवि लेखक वा साहित्यकार हुन अध्ययन चाहिन्छ भनेर लेखेको छु । फेरि के पनि लेखेको छु भने अध्ययनका साथसाथै लेख्ने कार्यलाई पनि जारी राख्नु पर्दछ । कुरा त्यति मात्र होइन मैले के पनि स्वीकारोक्ति प्रकट गरेको छु भने

हराएको बस्तुको महत्व

   कुनै चीज आफूसित हुँदा भन्दा हराउँदा अथवा खोज्दा नभटिंदा हामीलाई त्यसको महत्व नगण्य भए पनि निकै महत्वपूर्ण हुन जाँदो रहेछ । यो कुरा मैले धेरैपल्ट अनुभव गरेको छु । यसपल्ट पनि त्यस्तै अनुभव भइरहेको छ । प्रसंग यतिबेला मैले मेरो आसामदेखि मणिपुरसम्मको पुस्तक नभेट्दाको हो । निश्चित रूपमा यसको केही प्रति मसित किन हुनु पर्दछ भने यो पुस्तक मैले नै भैरहवाबाट २०४५ सालमा १००० प्रति प्रकाशित गरेको थिएँ । केही पुस्तक वितरित भए पनि केही त मसित नै रहेका थिए । रहेका छन् । यतिबेला यो पुस्तक अनुसन्धानको लागि माँग हुँदा मैले धमरधुस लागेर त्यसको खोजी गर्नु परेको हो  । मैले चारैतिर खोज्दा पनि यो पुस्तक हात लागेन । राखेको जस्तो लागेको ठाउँमा खोज्दा पनि भेटिएन । यतिबेला मैले धमरधुस लागेर नभेटिएको पुस्तक यो मात्र भने अवश्य होइन ।  यस अघि मैले जति खोजे पनि मेरो एकांकी नाटकको पुस्तक ज्याला भेटिएको थिएनं । ज्याला मैले शिलाङमा लेखेको थिएँ । त्यहाँ ज्याला नाटक खेलिएको थियो । र्मचन गरिएको थियो । तर यसको प्रकाशन भने धेरै पछि गरिएको थियो । मैले ज्याला नाटक गोरखपुरबाट २०४० सालमा २००० प्रति प्रकाशित गरेको थिएँ ।  जवाह