Skip to main content

भडकु कामी

 

म घर छोडेर प्रदेशतिर  लाग्दा घरको यादले निकै पिरोलिएको थिएँ । छटपटिएको थिएँ । आत्तिएको थिएँ । घर छोडको दुई दिन जति भएको थियो होला । जति बेला पनि मेरो मनमा उही घरको चित्र नाचिरहथ्यो. । घरको स्मरण भइरहन्थ्यो ।  जहाँसम्म मलाई संझना छ , हामी रिडीमाथि एक ठाउँमा बसेर बिश्राम लिंदै थियौं । खाजा पनि खाँदै थियौं । त्यतिबेला नै माथितिरबाट एक हुल मान्छे ह्वा्र हे्वार्  तल झर्दै थिए ।  म हामीतिर आइरहको सबभन्दा अघिल्लो मान्छेलाई देखेर निकै खुशी भएँ । हर्षित भएँ । प्रफुलित भएँ । मेरो अँध्यारो अनुहार पनि उज्यालो भयो । मेरा मुखबाट एक्कासि खुशीको आवाज निस्क्यो —“ दाई तिमी पनि आएको ।”

मैले दाई भनेर सम्बोधन गरेको मान्छे निकै खुशी भए । उनले मलाई हर्षित तथा उत्सुक  हुँदै भने — “मलाई चिन्यौ र बाबु तिमीले ? ”

मैले पनि हर्षित हुँदै भनें —“  किन नचिन्ने ?”

उनले अझ बढी जिज्ञांसा राख्दै भने — भन त बाबु म को हुँ ।”

मैले बिना हिचकिचाहट फ्याट्ट भनें —“ तिमी बाँसखोलाको भडकु कामी त हौ । ”

मैले ती व्यक्तिलाई भडकु कामी भने पछि उनी मसित रिसले आगो भए । बम भए । उनले जंगिदै र  गर्जिदै भने —“ म मगरलाई कामी भन्ने ! कामी बनाउने ! म तिमीलाई नथुनी छोड्दिन । तल जेल छ । त्यहाँ पुराएर जेल हाल्छु । जेलमा कोच्दछु । कहाँ त्यसै छोड्छु । ” 

वास्तवमा मैले बाँसखोलाको भडकु कामी भनेका मान्छे उनले भने अनुसार मगर सुवदार पो रहेछन् । 

उनी मसित  रिसाएर आगो हुँदै मलाई जेल हाल्ने धम्की दिए पछि भिनाजु भक्तबहादुर खत्रीले भन्नु भयो — यिनले गल्तीले तपाईंलाई ठहराउन नसकेर नै झुक्किएर बासखोलाको भड्कु कामी भनेको हुन् । यिनी दोकानमा बस्ने हुनाले चारैचौरासका मान्छेलाई देख्दथे । चिन्दथे ।  तपाईलाई देखेर  झुक्किएछ्न् । बाँसखोलाको भडकु कामी ठानेछन् । घरको यादले आत्तिएको बेलामा तपाईंलाई देखेर आफ्नै घर गाउँको आफूले चिने जानको मान्छे यतै आएको जस्तो ठानी  खुशी भएर — तिमी पनि आयौ दाई भनेका हुन् । केटाकेटी सम्झेर त्यसलाई ठूलो मुद्दा नबनानुहोेस् । ”

यी कुराले मगर सुवेदार केही शान्त त भए । तर उनले मलाई तल गए पछि जेलमा हाल्छु भन्न त छोडेका थिएनन् । मप्रति आक्रोश प्रकट गर्न छ छाडेका थिएनन् । मलाई तर्साउन त  छोडेको थिएनन् ।  

उनको जेल हाल्ने धम्कीले म निकै आतंकित भएको थिएँ । कतै यिनले मलाई कुनै ठाउँमा पुराएर जेल हाल्ने त होइनन् जस्तो लागेको थियो ।  

बाटामा हामीहरू अघि पछि हुँदै हिंडिरहेका थियौं ।  बाटोमा उनलाई भेट्दा म निकै आतंकित हुन्थें । त्रसित हुन्थें । थरिकम हुन्थें । जसरी भए पनि उनीबाट टाढा हुन पाए हुन्थ्यो भन्ने कामना गरिेरहेको हुन्थें । राति बास बस्ने बेलामा हामीहरू एउटै भट्टीमा पर्यौं ।  एउटै ठाउँमा बास बस्यौंं । सुत्ने बेलामा  ती मगर सुवदार म नजिक नजिक पर्यौं ।  त्यस रात मलाई राम्ररी  निंद लागेन । म उनीसित भयभीत भइरहको थिएँ । त्रसित भइरहेको थिएँ । आतंकित िभइरहेको थिएँ । त्यो रात मेरो लागि अत्यन्त पीडादायक रात हुन पुग्यो ।

यो म सानै छँदाको घटना हो । यसलाई मैले पटक्कै भुल्न सकेको छैन । भुल्न सक्ने कुरा पनि भएन यो । आखिर भुलेर पनि भुल्न सकिने खालेको घटना पनि होइन यो । 

यस घटनामा मलाई सबभन्दा बढी अचम्भ लागेको क्ुरा के छ भने आफूलाई मगर सुवेदार बताउने जुन  व्यक्तिलाई मैले  भडकु कामी भनेर आगो हुने बनाए ती भडकु कामी वास्तवमा को थिए अहिले मलाई केही थाहा छैन । उनको बारेमा म केही पनि जान्दिनं ।  मैले बचपनमा चिनेको जानेको भडकु कामीलाई पछि कुनै समयमा मैले भेटेको पनि थिइनं । उनको बारेमा मैले कुनै चासो लिएको पनि थिइनं ।  उनको बारेमा कुनै सोधी खोजी  गरेको पनि थिइनं ।  त्यसको कुनै आवश्यकता ठानेको पनि थिइनं । यतिबेला मेरो मन मस्तिष्कमा उनको कुनै चित्र अंकित छँदा पनिछैन । तर  पनि मैले त्यतिबेला उच्चाहरण गरेको भड्कु कामी शब्द भने मैले कत्ति बिर्सन सकेको छैन । यस्तो हुँदोरहेछ । कसैको नाम सम्झे पनि अनुहार सम्झिन सकिने रहनेछ । उसरी कसको अनुहार सम्झे पनि नाम भने बिर्सन पनि सकिने रहेछ । मेरो अनुभवले यही कुरो बताउँछ ।

म यतिबेला के पनि सोंच्दछु भने मैले बाँसखोलाको भडकु कामीलाई कसरी चिने जानको हुँला । म उनीसित कसरी परिचित भएको हुँला । उनी हाम्रा घरका बाली घरे कामी थिएनन् । 

जे होश , म सोच्दछु मैले उनलाई निकै नजदिकबाट चिनेको जानेको रहेछ्ु । गहिरिएर चिनेको रहेछु । यो कुरा पक्का हो । यसैले त मैले रिडीमाथि भ्रमवश उनको नाम उच्चाहरण गरें ।  भडकु कामी भने । अब प्रश्न उठ्दछ मैले भडकु कामीलाई कसरी चिनें । उनलाई मैले कसरी जानें । उनलाई मैले चिनेको जानेको उनले बटौलीबाट हाम्रो दोकानका लागि माल सामान बोकेको हुनुुपर्दछ । त्यसरी भारी तारी बोक्दा मैले उनलाई चिन्ने जान्ने मौका पाएको हुन सक्दछु  । यदि उनले हाम्रो दोकानका लागि माल समान बोक्न हिंडेको थिएनन् भने उनले हाम्रो दोकानबाट कपडा लत्ता किन्न आउँदा मैले उनलाई चिनेको जानेको हुनु पर्दछ । यो पनि होइन भने उनलाई मैले हटियामा हुने राम रमितामा हाम्रो दोकानको बाटो हुँदै ओहोर दोहोर गर्दा चिनेको जानेको हुनु पर्दछ । मैले उनलाई चिनेको जानेको अर्को संभावना के पनि हुन सक्दछ भने उनी हुल दंगा गर्नमा निकै नाम चलेका व्यक्ति हुन सक्दछन् । जे होश्, बाँसखोलाका भडकु कामी मैले सानामा राम्ररी चिनेका जानेका व्यक्ति रहेछन् । मैले नजदिकबाट चिनेका जानेका मान्छे रहेछन् । मेरो नजरमा परेका मान्छे रहेछन् । मेरो मन मुटुमा बसेका मान्छे रहेछन् । उनी जो सुकै हउन् र मैले उनलाई जे जसरी चिनेको जानेको हुँ उनले त्यतिबेला ममा  गहिरो  छाप पारेका रहेछन् । गहिरो प्रभाव पारेका रहेछन् । अर्को कुरा के पनि देखिन्छ भने म प्रदेश लाग्दा  होमसिकनेशको पीडाले पीडित भइरहेको बेलामा झुक्किएर मगर सुबेदारलाई देख्दा बाँसखोलाको भडकु कामी ठानेर क्षणिक समयको लागि भए पनि  आफ्नै गाउँ घरको मान्छे मानेर मेरो होमसिकनेशलाई कम गरेको रहछ । घरको यादलाई कम गरेको रहेछ । उनीप्रतिको भ्रमले भए पनि मलाई अत्यन्त खुशी पारेको रहेछ । यो कुरा बेग्लै हो कि त्यो खुशी पछि गएर भयमा रुपान्तरित हुन पुग्यो । आतंकमा अनुवाद हुन पुग्यो ।  

यस घटनाले मलाई के कुराको ज्ञान पनि भयो भने प्रदेश लागेको बेलामा मान्छेलाई घरको यादले निकै सताउँदो रहेछ र त्यस अवस्थामा आफूले चिनेको जानेको घर गाउँका जुनसुकै मान्छे भेटेमा त्यसले पनि आहत भएको मान्छेको मनलाई अलिकति भए पनि राहत दिने रहेछ । घर छोड्नुको पीडालाई केही मात्रामा भए पनि कम गर्दोरहेछ । प्रदेशमा मान्छेले गाउँलेलाई ठूलो महत्व दिने कारण पनि यही होला ।  जे होस्, यतिबेला मैले बाँसखोलाका भडकु कामीका सम्बन्धमा केही कुरा नजाने पनि त्यतिबेला म उनलाई निकै राम्ररी चिन्दोरहेछु । त्यसैले त मैले मगर सुवदारलाई झुक्किएर भए पनि भडकु कामी भने हुँला । भडकु कामीको नाम उच्चाहरण गरेको हुँला ।

२१—९—२०८१

५—१—२०२५


 

 


       


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...