Skip to main content

झण्डै मेरो जात गयो

 

कुरा असम दरंग (  हाल शोणितपुर ) जिल्लाको हो ।  लोकरा नयाँ राबरघारीको हो । यो यस्तै १९६४—१९६५ साल तिरको कुरा हो । त्यतिबेला हामी लोकरा नयाँ राबरघारीमा बस्दथ्यौं । मकै,  तोरी सनपाट आदिको खेती पाती गर्दथ्यौं । गार्ई गोरु पाल्दथ्यौं ।   

एक दिनको कुरा हो । हामीले चारदुवारको सुनारको घरमा बिक्री गर्ने गाई छ भन्ने कुरा सुन्यौं । यसैले हामीले त्योे गाई किन्ने बिचार गर्यौं । गाई किन्न भनेर दाइ भीमबहादुर , दाइका साथी महाप्रसाद राई र म चारदुवारतिर लाग्यौं । सुनारको घरतिर लाग्यौं । सुनारको घर हाम्रो घरदेखि लगभग पौनै एक घण्टाको दुरीमा थियो ।  

सुनारको परिवार हामीले जानेको परिवार थियो । सुनार परिवारका एक भाइ सुनाइपामको असमी प्राइमरी स्कुलमा शिक्षक थिए । अर्का भाइ पाँचौं असम राईफल्समा क्लर्क थिए । सुनार परिवारको घर चारदुवार बजार नजिकै थियो ।  मूल सडकमा नै थियो । असमी शैलीमा बनेको घर वरिपरि तामल पानका रुखहरू देखिन्थे । निकै फराकिलो आँगन थियो ।

हामी सुनारका घरमा पुगे पछि उनीहरूले आँगनमा मोडा राखिदिए ।  हामीहरू तिनै जना मोडामा बस्यौं । गाई किन्ने कु््राकानी भए ।

हामी आँगनमा मोडामा बसेको केही समय पछि एकजना महिलाले गिलासमा चिया लिएर हाम्रा सामु आइन् । दाइ र राईले चियाको गिलास समाते । म अल्लमल्ल भएँ ।  

म त्यतिबेला चारदुवार इंगलिस हाई स्कुलमा अध्ययन गर्दथें । यतिबेलासम्म मैले कहिले पर्नि दलित’ले दिएको खाना खाएको थिइनं । चिया पिएको थिइनं । कति सुनार मेरा  आत्मीय साथी भए पनि मैले उनले छोएको कुनै कुरा खाएको थिइनं । मेरो मनर्मा दलित’ ले छोएकोे कुनै कुरा खाएमा जात जान्छ भन्ने विचारले गहिरो जरो गाडेको थियो । म नेपालमा छँदा सानैदेर्खि दलित’ सित छोइएमा छिटो हाल्ने परम्परामा हुर्केको थिएँ ।  मेरा बुबाले हाम्रा खेत बिराउँर्दा  दलित’हरूसित छोइएर काम गरे पछि अर्नी (  खाजा ) खाने बेलामा छिटो हालेको कुरा मेरै आँखाले देखेको थिएँ । यसरी बच्चैदेर्खि तल्लो जात’ले छोएमा छिटो हाल्न पर्दछ भन्ने संस्कार र संस्कृतिमा हुर्केको हुनाले मलाई त्यस परम्परालाई तोड्न त्यति सजिलो थिएन । म आफूलार्ई उपल्लो जात’को  मान्छे मान्थें र्। दलित’हरूलाई मैले जति सम्मान गरे पनि म उनीहरूले छोएको खान तयार थिइनं । मलाई लाग्दथ्यो मैले उनीहरूले छोएको खाना खाएँ वा पानी पिएँ भने मेरो जात जान्छ । म उनीहरू जस्र्तै  दलित’  हुन्छु । तल खस्छु ।  तल झर्छु । 

म त्यतिबेला नौ कक्षासम्म पढेको भए पनि  कुनै स्कुली शिक्षाले मेरो मभित्र हुर्केको कुसंस्कार वा कुप्रथालाई फाल्न सकेको थिएन । मैले त्यतिबेलासम्म लक्ष्मीप्रसाद देवकोटाको मुना मदनको — “मानिस ठूलो दिलले हुन्छ , जातले हुँदैन” भन्ने पढेको भए पनि र यो भनाइसित म सत् प्रतिशत् सहमत भए पनि म कुर्नै दलित’ ले छोएको खाएर आफ्नो जात फाल्न हुन्न भन्ने विचारमा हिमाल जस्तै अटल थिएँ । 

फेरि कुरा यस्ता पनि थिए मेरो अहिलेसम्मको जीवन यात्रामा कुर्नै  दलित’ले मलाई यो खाऊ त्यो खाऊ भनेर कुनै कुरा दिएको थिएन । यसैले पनि मेरा मनर्मा दलित’ले दिएको कुरा खाने मानसिकता बन्न सकेको थिएन । अर्को कुरा के थियो भने म सानैदेखि आफ्नो जात नफाल्ने मानसिकतामा रहेको थिएँ । जसरी भए पनि आफ्नो जात बचाउने दृढतामा रहेको थिएँ । 

हो, त्यस दिन सुनार परिवारकी महिलाले हाम्रो अगाडि चिया लिएर दिंदा म झस्केको थिएँ । म अल्मलिएको थिएँ । म अक्क न बक्क भएको थिएँ । म ठूलो धर्म संकटमा परेको थिएँ । ममा सुनार महिलाले टक्राएको चिया खान्न भन्ने हिम्मत थिएन । हिम्मत किन पनि थिएन भने म अलिकति भए पनि चेतना भएको मान्छे थिएँ । अलिकति भए पनि मानवता बुझेको व्यक्ति थिएँ । तर पनि र्म   दलित’ महिलाले दिएको चिया खान तयार थिइनं । म यस्तो ठूलो अक्करमा   स्थितिमा पुगेको कुरा महाप्रसाद राईले सजिलै बुझेछन् । उनले बडो तत्परताका साथ के भनेर स्ुनार महिलाले मलाई दिन थालेको चिया सजिलै फर्काइदिए भने —“ यिनलाई ग्यास्टिक छ । चिया पिउँदैनन् ।”

ती महिला मलाई दिन थालेको चियाको गिलास फिर्ता लिएर फर्के पछि मैले ठूलो राहत पाएको अनुभूति गरें । मैले ठूलो दुर्घटनाबाट जोगिएको अनुभूति गरें । मलाई यति भा मेरो जात जोगियो जस्तो लाग्यो । मलाई मेरो जात गएन जस्तो लाग्यो । म भित्र भित्रै हर्षित भएँ । प्रफुलित भएँ । मैले मन मनै राईलाई धन्यवाद दिएँ । तर पनि म ढुक्क भने अझ पनि थिइनं । ती महिलाले ग्यास्टिक भएको मान्छेलाई रातो चिया वा दूध नै ल्याइदिएको भए राईको बुद्धिले पनि काम गर्ने थिएन । फेरि म ताँबाबाट उम्केको माछो  भुग्रोमा परे जस्तै हुन्थें । तर मलाई लाग्दछ ती महिलाले  के कुरा राम्ररी बुझिन् भने म निकै जातपात मान्ने मान्छे रहेछु । म छुवाछुतको पक्षपाती व्यक्ति रहेछु । म घोर परम्परावादी व्यक्ति रहेछु । म निकै कट्टरपंथी व्यक्ति रहेछु ।

ती महिला मलाई दिन थालेको चिया फर्काएर घरभित्रतिर गइरहेको बेलामा राईले मलाई खुसुक्क भने — “तिम्रा दाइ र म त पल्टने मान्छे ! हाम्रा लंगरमा  दमै ,कामी , सार्की जो पनि भान्से हुन सक्दछन् । हुन्छन् ।  हामीहरूले उनीहरूले पकाएको खाना चुपचाप खानु पर्दछ । म राई भनेर हुँदैन । म छेत्री भनेर हुँदैन । म बाहुन भनेर हुँदैन । फौजमा सबै बराबर । न ठूलो जात । न सानो जात ।

जे होस् , त्यस दिन मलाई  राईको बुद्धि वा उपायले गर्दा मेरो जात जोगिएको जस्तो लाग्यो । यो कुरा बेग्लै हो कि मलाई मेरो जात जोगान निकै कठिन भएको थियो । कतिबेला कुन दुर्घटना हुन्छ र मेरो जात जान्छ भनेर म मन मनै पिरोलिइरहेको थिएँ । भयभीत भइरहेको थिएँ । आतंकित भइरहेको थिएँ । मलाई लागिरहेको थियो यो जमानामा जात जोगाउन सक्नु चानचुने कुरो थिएन । चारैतिर जोखिम नै जोखिमि थियो । पाइला पाइलामा जोखिम नै जोखिम  थियो । मेरो जात जतिबेला पनि जान सक्ने खतरा रहिरहेथ्यो । 

७—७—२०६८


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...