Skip to main content

दौरा सुरवाल

 

यो १९६३ तिरको कुरा हो । त्यतिबेला म असममा थिएँ । असमको गुवाहाटीमा थिएँ । गुवाहाटीको मालिगाउँमा थिएँ । काका कर्णबहादुर साहनीसित मालिगाउँमा स्थित रेलवे हेडक्वाटरको क्वार्टरमा थिएँ ।

गुवाहाटीको निम्ति म नौलो थिएँ । त्यहाँका नेपालीहरूसित मेरो त्यति चिनजान थिएन । मैले त्यहाँ जुन जुन नेपालीहरूलाई चिनें जानें ती प्रायः सबै काकाले चिने जानेका मान्छे थिए ।  काकासित गुवाहाटीमा छँदा मैले कविता पनि कोर्ने गर्दथें । साहित्यमा रुचि  लिन्थें ।  म बसेको वरिपरि रेलवेमा नै काम गर्ने केही नेपाली साहित्यकार रहेछन् । पत्रकार पनि रहेछन् । उनीहरूसित मेरो त्यतिबेला कुनै चिनजान परिचय भएन ।

म गुवाहाटी मालिगाउमाँ बस्दा काकाले मलाई निकै धेरै ठाउँमा घुमाउनु भएको थियो । मलाई काकाले गुवाहाटीका सबै बजारहरूमा पनि डुलाउनु भएको थियो । गुवाहाटीमा उपन्यासकार लील बहादुर क्षेत्रीको रेलवे नजिक भएको घर वरिपरि पनि पुराउनु भएको थियो । त्यतिबेला मलाई लीलबहादुर क्षेत्रीको नाम नै थाहा थिएन । उनी साहित्यकार हुन् भन्ने कुरा नै थाहा थिएन । उनी बसाईंका चर्चित लेखक हुन् भन्ने कुरा नै थाहा थिएन ।

यसरी नै मलाई ठाउँ ठाउँमा चारैतिर डुलाउने दौरानमा एक दिन मलाई काकाले एकजना नेपाली परिवारको घरमा पुराउनु भएको थियो । जे वी क्षेत्रीको घरमा पुराउनु भएको थियो । उनी काकाले काम गर्ने रेलवे हेडक्वाटरमा नै जागिरे रहेछन् । 

जे वी क्षेत्रीले दौरा सुरवाल लगाएका थिए । मैले गुवाहाटीमा कुनै नेपालीले दौरा सुरवाल लगाएको देखेको थिएनं  । खास गरी गुवाहाटी         कै स्थायी बासिन्दा नेपालीले दौरा सुरवाल लगाएको देखेकै थिइनं । यसैले पनि जे वी क्षेत्रील दौरा सुरवाल लगाएको देखेर मलाई केही अचम्भ लाग्नु स्वाभविक नै  थियो । त्यसप्रति उत्सुकता जाग्नु स्वाभाविक नै थियो । यसैले मैले उनलाई सोधें उनले किन त्यसरी दौरा सुरवाल लगाउने गरेका हुन् ।  उनले मेरो जिज्ञांसा मेटाउैदै भने — यसको पनि एउटा  घटना छ । एउटा कथा छ । 

त्यस घटनाको चर्चा  गर्दै  उनले अगाडि भने — त्यतिबेला असममा असमी र बंगालीहरूबीच भाषाको सवाललाई लिएर ठूलो जातीय दंगा भएको थियो ।   यस जातीय दंगामा धेरै जसो बंगालीहरू असमियाहरूका आक्रमणका शिकार बनेका थिए । निशाना बनेका थिए । बंगालीका  घरहरू जलाइएका थिए । उनीहरूमाथि भौतिक आक्रमण तीव्र पारिएको थियो । अल्प संख्यामा रहेका बंगालीहरू भागाभागमा परेका थिए । 

कुरोलाई अगाडि बढाउँदै उनले भने त्यस दिन उनी अफिसबाट छुटेर  घरतिर आउँदै थिए  ।  उनी आउने बाटा बाटोमा बंगालीलाई कुट्न पिट्न   तैनाथ भएका असमीहरूले उनीमाथि एक्कासि हमला गरे । उनका नाक मुखमा साला बंगाली भन्दै मुक्काहरूको बर्षा गर्न  थाले ।  उनले असमिया युवकहरूलाई  सम्झाउँदै असमी भाषामा नै भने— मई नेपाली मानुह (  म नेपाली हुँ ) । बंगाली नहय ( बंगाली होइन ) ¬ । उनीहरूले उनका  कुरालाई  कुनै बास्ता गरेनन् । उनको हार गुहार सुनेनन् । उनीमाथि अझ बढी मुक्का  बजाउँदै भने —  “आमाके फाकी दिवलै धरिछा । अमा।र लगत मिसा कथा कहिछा ।  तुमी नेपाली नहय, बंगाली मानुह ।” (  हामीलाई ढाँट्न खोजेका छौ । हाम्रो सामु झुठ कुरा गर्दैछौ । तिमी नेपाली होइनौ । बंगाली नै हौ । )

जे बी क्षेत्री अगाडि बताउँछन्  — उनलाई बंगाली भन्दै रक्ताम्मे हुने गरी पिटिरहेको अवस्थामा मलाई चिनेका जानेका  एउटा असमी युवक संयोगवस् घटनास्ीथलतिर टुप्लुक्क आइपुगे । उनले उनीमाथि बेहिसाब हमला गरिरहका युवकलाई रोक्न खोज्दै भने — “तेखेते नेपाली मानुह । मई चिनीपुवा मानुुुुुुुुुुह ।  तेखेते किय माििरछा ! ” (  यी त नेपाली हुन् । मैले चिने जानेका मान्छे हुन् ,। यिनलाई किन कुटेको ! ) 

अन्त्यमा कुराको  बिट मार्दै जे वी क्षेत्रीले भने — असमी युवकले मलाई नेपाली हुन् भनेर चिनाए पछि उनीमाथि रक्ताम्मे हुने गरी कुटपिट गरिरहेका  असमेली यृुवकहरूले उनीमाथि सांघातिक आक्रमण गर्न छोडे ।  उनीहरूले विनीत स्वरमा दुखित हुँदै भने —“आमालोके भयंकर भूल करिसो । आपनार कथा तो विश्वास करिवलै नोवारिलुँ  ।   आमाकै कृपा करी क्षमा करक डाङगरिया । ” ( हामीहरूले भयंकर भूल गर्यौं । हामीहरूले तपाईंका कुरालाई विश्वास गर्न सकेनौं । हामीलाई दया गरी क्षमा दिनुहोला महोदय । ) 

यही घटना पछि मैले दौरा सुरवाल लगाउन थालेको हुँ ।

२०—७ —२०६९                                                                                                                                                                                                                                                                                                                                                                                                                                          


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...