Skip to main content

बुबाको. छाता

 

बुबाको मृत्यु म सानो छँदा नै भएको हुनाले उहाँका बारेमा मैले जति कुरा जाने बुझें त्यो अरुका मुखबाट सुनेर हो । बुबाका बारेमा धेरै कुरा त मैले आमा कै मुखबाट सुनेको हूँ । जानेको हुँ । यहाँ नेर मैले आमाकै मुखबाट सुनेको एउटा घटनाको चर्चा गर्न चाहन्छु । घटना हो बुबाको छाताको बारेमा । बुबाको छाताको अदला बदली भएको बारेमा । अदला बदला गरिएको बारेमा । हेराफेरीको बारेमा ।

बुबा बराबर गल्कोटे राजाको संगतमा हुनुहुन्थ्यो । बुबा दरम (  हरिचौर ) का व्यापारी नेवार थकालीको संगतमा हुनुहुन्थ्यो । बुबा हटिया बजारका व्यापारी नेवार थकालीको संगतमा हुनुहुन्थ्यो । बुवा बाँसखोला बामिया र सर्दाखेतका ठकुरीहरूको संगतमा हुनुहुन्थ्यो । त्यतिबेला गल्कोटमा बन्द व्यापार गर्ने बाहुन क्षेत्री र गुरुंग मगर थिएनन् भन्दा पनि हुन्छ । यो कुरा बेग्लै हो कि म नजन्मिदै मेरा बुबाले जेठा बुवा कान्छा बुबा र डाँडाका भंडारीसित मिलेर पहिले सगरियामा (  पार्टंनरसिपमा )  र पछि एक्ला एक्लै व्यापार गर्न थाल्नु भएको थियो । गाउँबाट तल बाटामा झरेर पसल थाप्न थाल्नु भएको थियो । बुबा गाउँको मुखिया , एकजना भलाद्मी , व्यापारी आदि भएको कारणले पनि गल्कोट खोलाभरि चर्चित हुनुहुन्थ्यो । अर्को कुरा त्यतिबेला  हाम्रा गाउँमा ठूला ठूला मान्छे भनिनेहरू खुव धेरै जुआ तास खेल्दथे । दशैं तिहारमा मात्र होइन एक प्रकारले  बाह्र मासे जुआ तास खेल्दथे । त्यतिबेला गल्कोटमा गल्कोटे राजा भरतमबम मल्ल खुब जुआ खेल्दथे । सर्दाखेत बामिया र बासखोलाका ठकुरीहरू खुब जुआ तास खेल्दथे । दरम र हटिया बजारका ठूला ठूला व्यापारी नेवार थकाली साहुहरू खुब जुआ तास खेल्दथे । फेरि त्यतिबला पल्टनबाट हवलदार जमादार सुवेदार भएर पेन्सन आएका भूतपूर्व सैनिकहरू पनि खुब जुआ तास खेल्दथे ।  जुआ तास खेल्न गुल्मी आमचौरका साहुहरू समेत घोडामा पैसाका थैला  बोकेर गल्कोटमा आउने गर्दथे । गल्कोटमा  धाउने गर्दथे । त्यतिबेला  जुआ तास खेल्नु बैधानिक कुरा नै थियो । सम्मानित कुरा नै थियो । 

मेरा बुबा त्यतिबेला दरम ( हरिचौर )मा राजारानीसित भेटघाट गर्न जानुहुन्थ्यो । कुराकानी गर्न जानुुुहुन्थ्यो । अड्डा अदालतको काम गर्न जानुहुन्थ्यो । मुुद्दा मामिला मिलाउन जानुहुन्थ्यो ।  उसरी बुबा यी  कृुरा बाहेक जुआ तास खेल्न पनि जाने गर्नुहुन्थ्यो ।  भनौ. बुबा त्यतिबेला दरम (  हरिचौर ) विविध कामले जानुुहुन्थ्यो । उसरी त्यतिबेला हटिया दरम बुबाको लागि पानी खाने पधेरो जस्तो भएको थियो ।

गाउँघरमा त्यतिबेला लाहुरेहरू जता जाँदा पनि छाता .टेकेर हिंड्दथे । छाता बोकेर हिंड्दथे । हातमा छाता नहुने लाहुरेलाई लाहुरे मान्न सकिन्थ्यो । भनौं त्यतिबेला लाहुरेको पहिचान नै हातमा छाता हुुनु हुन्थ्यो । साथमा छाता हुनुहुन्थ्यो ।  छाता बोक्नु वास्तवमा लाहुरेको फेसन नै भएको थियो । त्यतिबेला लाहुरेले मात्र होइन गाउँका भद्र भलाद्मीहरूले पनि जता जाँदा पनि  छाता  बोकेर हिंड्दथे । छाता टेकेर हिंड्दथे । कति मान्छेले भने छाता काँधमा भिरेर पनि हिंड्दथे । काँधमा झुण्डाएर पनि  हिंड्दथे । उनीहरू छाता गर्मी छल्न पनि बोक्दथे । पानी छल्न पनि बोक्दथे । कुरा त्यति मात्र उनीहरू हातको शोभाको. लागि पनि छाता बोक्दथे । छाता टेक्दथे ।

एक दिनका कुरा हो । कुनि कुन काम विषयले बुबा दरम (  हरिचौर ) कसैको दोकानमा केही भद्र भलाद्मी साहु महाजानहरूसित कुराकानी गर्दै बस्नुभएको. रहेछ । बुबा दोकानबाट उठ्नुभन्दा पहिले साइला थकाली जुरुक्क उठेर बुबाको पालीमा सिउरेर राखेको नयाँ छाता टिपेर हिंडेछन् । आफ्नो बाटो लागेछन् । बुबाले तिनै साइला थकालीले छोडेको थोत्रो छाता बोकेर चुपचाप घर आउनु भएछ । घर फर्किनु भएछ ।

फेरि कुनै अर्को सन्दर्भमा कुनै एक ठाउँमा साइला थकाली लगायत केही भद्र भलाद्मीसित बुवा छलफल कुराकानीमा बस्नु भएको रहेछ । त्यतिबेला मेरा बुबा साइला थकाली उठ्नुभन्दा पहिलै जुरुक्क उठ्नु भएछ र पालीमा सिउरेको आफ्नो नयाँ छाता टिप्नु भएछ । पछि उठेका साइला थकालीले बुबाले छोडिदिएको थोत्रो छाता टिपेछन् र केही नभनी चुपचाप आफ्नो बाटो लागेछन् । 

आमाले सुनाएको बुबाको छाता सम्बन्धी प्रसंगले मेरो मन मतिष्कमा निकै गहिरो प्रभाव पारेको थियो । म कतै छाता बोकेर जाँदा बुबाको जस्तै  मेरो छाता कसैले उडाइदिन्छन् कि भनेर विशेष सतर्क हुन्थें । चनाखो बन्दथें ।  

एक दिनको कुरा हो ।  म गल्कोटबाट बाग्लुङ बजारतिर लागिरहेका थिएँ  । पानी निकै दर्केर परिरहेको थियो । म सानो बाग्लुङ नजिक सुल्डाँडामा पुगेर चिया पिउन एउटा पसलमा पसें ।  म छाता नजिकै झुण्डाएर चिया मागी बाहिर पालीमा बसेर पिउन थालें । ओत लिन पालीमा धेरै नै मान्छे खचाखच बसेका थिए । उभिएका थिए । म चियाँ  पिउँदै मेरो छाता कसैले उडाइदिन्छन् कि भन्ने सोंचेर त्यसको चौकीदारी पनि गरिरहेको थिएँ । मैले.  मेरो नजर पालीमा झुण्डाएको मेरो छातामा पुराइरहेको थिएँ । आँखा झिमिक्क पनि नगरी छातातिर हेरिरहेको थिएँ ।  चिया पिएर पैसा दिनलाई मैले एक सेकेण्ड साहुतिर नजर लगाउनासाथ मेरो पालीमा झुण्डाएको. छाता गायब भएछ । बेपत्ता भएछ । चियाको पैसा बुझाएर छातातिर नजर लगाउँदा छाता छैन । मेरो छाता हेर्दा हेर्दै गायब भएको कुरा मैले तुरुन्त चिया पसलेलाई सुनाएँ । शिकायात गरें । रिपोर्ट गरें । उनले भने बाहिर फलाना फलाना उभिएका थिए । तिनले नै उडाए होलान् । साहु फुत्त बाटोमा निस्के र चिच्चाएर छाता ओढेर परै पुगेका मान्छेलाई सम्बोधन गर्दै भने ए फलाना तिमीहरू कसको छाता लिएर हिंडेका छौं । उनको कुरा सुन्नसाथ दुईजनामध्ये एकजना पानीमा भिज्दै परै बस्यो । एकजना मान्छे फरक्क फर्की मेरो नजिक आएर मलाई छाता दिंदै भन्यो – मैले मेरो साथीको छाता भनेर पो ओडेर हिंडेको हजुर । तपाईंको रहेछ । लिनुहोस् । मैले केही भनिनँ । आफ्नो छाता फिर्ता दिलाइदिएकोमा मैले मन मनै चिया पसलेलाई धन्यवाद दिएँ । झण्डै गायब हुनुबाट मेरो छाता बच्यो । भनौं मेरो छाता गायब हुनबाट बाल बाल बच्यो । मैले त्यतिबेला मेरो बुबाको नयाँ छाता साइला थकालीले उडाइदिएको प्रसंग सम्झें । अनि सम्झें मेरा बुबाले आफ्नो छाता कुनै अर्को सन्दर्भमा फिर्ता लिएको ।

मेरा बुबाको छाता पानी नपरेको बेलामा गायब भएको थियो । फेरि पानी नपरेकै बेलामा फिर्ता भएको थियो । तर मेरा बुबालाई गायब भएको छाता फिर्ता गराउन महिनौं पर्खिन पर्यो होला । मेरो छाता भने पानी परेको बेलामा गायब भएको थियो । फेरि पानी परेकै बेलामा फिर्ता भएको थियो । मेरो छाता गायब हुन एक मिनटको पनि समय लागेन । फेरि मेरो छाता प्राप्त हुन पनि एक मिनटको पनि समय लागेन । मेरो छाता तुरुन्त हरायो पनि । तुरुन्त भेटियो पनि ।

मान्छे भन्छन् पानी परेको बेलामा छाता हराउन सक्दछन् । होशियार रहनु पर्दछ । यो कुरा ठीक नै हो । मेरै निजी अनुभवले पनि यो कुरा पुष्टि गर्दछ । तर छाता पानी नपरेको बेला पनि हराउन सक्दछ । गायव हुन सक्दछ । यो कुरा मेरा बुबाको अनुभवले बताउँछ । पुष्टि  गर्दछ ।

२०–५–२०७४


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...