Skip to main content

गुँड त काँचै रहेछ

 

मैले केटाकटीमा भनेको रहेछु — गुँड त काँचै रहेछ । मैले त्यसरी केटाकेटीमा भनेको कुरा पछिसम्म धेरैेले चर्चा गरेको सुन्दथें — यसले त सानोमा गुँड त काँचै रहेछ भन्दथ्यो । यद्पि मैले सानामा त्यसरी गुँड त काँचै रहेछ भनेको कुरा सम्झिन्न । सम्झिन सक्दिनं । संझिन्छु त यसले सानामा गुँड त काँचै रहेछ भन्थ्यो भन्ने कुरा । मैले सानामा भनेको यो कुरा एक कान दुई कान हुँदै मैदान भएको थियो । 

मेरा बुबा रविलाल साहनीले म जन्मिनुभन्दा अघिदेखि माथि गाउँ हुलुवाबाट तल बामियामा सगरिया  ( पार्टनरसिप ) मा दोकान गर्न थाल्नु भएको रहेछ । पार्टनर रहेछन् जेठा बुबा  हवल्दार करबीर साहनी, कान्छा बुबा दुर्ग सिंह साहनी तथा डाँडाका पूर्णबहादुर भण्डारी ।  पछि जेठा बुबाले दोकान गर्न छोड्नु भएछ । कान्छा बुबाले अलगै बामियामा हुलुवा खोलामाथि पाखमा दोकान गर्न थाल्ुनु भएछ । बुबाले आँगाखेतमा दोकान गर्न थाल्नु भएछ  । डाँडाका भण्डारीले बाँसखोलामा दोकान गर्न थाल्नु भएछ । 

बुबाले आँगाखेतको व्यापार गर्दा दोकानमा कपडा लत्ताको साथसाथै खिच्री मिच्री,  सिगरेट, मार्चिस, तमाखु,  चिनी, मिस्री , गडी , सुपारी ,सितल गेडी , गुँड आदि राख्नुहुन्थ्यो । उहाँले प्राय बुटवलतिरबाट माल सामान चलाउनुहुन्थ्यो । हाम्रो दोकानमा  गुल्मी थोर्गाको गुँड पनि राखिन्थ्यो ।

मलाई सानामा गुलियो चीज खान निकै मन पर्दथ्यो । पहाडमा गुलियो चीज भन्नु चिनी , मिस्री, शितल गेडी , गुँड आदि नै हुन्थे ।

आफ्नै दोकानमा बिक्रीको लागि टन्न गुँड राखिएको हुँदा मैले सानामा निकै धेरै गुँड खानु कुनै अनौठो कुरा भएन ।

गुँडको सम्बन्धमा मैले हाम्रो गाउँमा घटेको सत्य कथा पनि सुनको थिएँ । मैले सुने अनुसार मल्मका जिम्वालले आफ्नो छोरालाई हाम्रो दोकानमा एक रुपियाँको गुँड किन्न पठाएका रहेछन् । उनी एक रुपियाँको गुँड किनर आफ्नो घरतिर लागेछन् । बाटोमा हिंड्दै गर्दा उनले आफ्नो मन थाम्न सकेनछन् । यसैले उनले एक टुक्रो पारेर अलिकति गुँड खाएछन् । उनलाई गुँड निकै मीठो लागेछ । अझ खाउँ खाउँ जस्तो लागेछ । यसैले उनले फेरि सानो टुक्रो पारेर गुँड खाएछन् । उनलाई जति खायो उति गुँड मीठो लागेछ । उनलाई अझ गुँड खाउँ खाउँ जस्तो लाग्न थालेछ । गुँडको टुक्रो खाएर उनलाई आफ्नो मुखलाई जिस्काए जस्तो पनि लागेछ ।  उनले जति कोशिस गरे पनि आफ्नो मन थाम्न सकेनछन् । त्यसैले फेरि पनि उनले एक टुक्रो गुँड फोरेर खाएछन् । यसरी पटक पटक फोरेर खाँदा गुँडको डल्लो सानो हुन थालेछ । त्यसैले उनले आमाका कसम खाएर अब एक टुक्रा गुँड खाए पछि अरु थप गुँड त  खाँदै खान्न भनेछन् । उनले त्यसरी आमाको कसम खाएर अब अरु गुँड खाँदै खान्न भने पनि उनको मन फेरि पनि थामिन सकेनछ । उनलाई गुँड खाउँ खाउँ जस्तो लागेछ । उनले सोचेछन् मैले अब गुँड नखाने जति कडा कसम खाएको भए पनि मैले खाएको कसम कसैले सुनेको छैन । यसैले मैले अर्को टुक्रो गुँड भाँचेर खाए पनि मेरो सामुन्ने अंगुलो उठाउने कोही हुने छैन । उनले फेरि पनि कडा कसम खाँदै अब एक टुक्रो गुँड फोरेर खाए पछि अरु टुक्रो खाने छैन भनेछन् । त्यो टुक्रो गुँड खाए पछि  उनलाई फेरि अरु गुँड खाउँ खाउँ जस्तो लागेछ । मैले खाएको कसम कसैले सुनेको छैन भन्दै फेरि पनि उनले अर्को टुक्रा गुँड फोरेर खाएछन् । यसरी एक पछि अर्को टुक्रा गुँड फोर्दै खाँदै जाँदा माथि घर पुग्ने बेलासम्म गुँडको डल्लो नै सकिएछ । उनी रित्तै हात घर पुगेछन् । घरमा उनले गुँड खाएँ नभनेर पैसा हरायो भनेछन् ।

जे होस् ,बाटोमा मन थाम्न नसकेर मीठो मीठो गुँड भाच्दै खाँदा घरमा उनले बुबाको नमीठो झम्की खानु परेछ ।

एक दिन सानामा मैले निकै धेरै गुँड खाएको हुनाले होला मलाई अरु बढ्ना गुँड खाने इच्छा भएनछ । मलाई कता कता गुँड मीठो लाग्न छोडेछ । गुँड तीतो तीतो लाग्न थालेछ । मैले धेरै गुँड खाएर मलाई गुँड तीतो जस्तो लागेको हो भन्ने ज्ञान हुन सकेनछ । मैले सोंचेछु , गुँड राम्ररी नपाकेर नमीठो भएको हो ।  तीतो भएको हो । यसैले मैले खान थालेको गुँड फाल्दै भनेछु — म गुँड खान्न । गुँड त काँचै रहेछ ।

२६—९—२०६९


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...