Skip to main content

Posts

Showing posts from February, 2025

नेपाली चेली प्रकृति लम्साल

   उडिसाको  कलिंग इन्सिचिट अफ इन्डिस्ट्रियल टेक्नोलिजी (  केआईआईटी ) विश्वविद्यालयमा अध्यनरत  भैरहवाकी छात्रा प्रकृति लम्सालले त्यही विश्वविद्यालयमा  अध्ययनरत लखनउको छात्र अद्विक श्रीवास्तवको  विविध प्रकारका प्रताडनाबाट पीडित बनेर आत्महत्या  गरेको वा उनको रहस्यमय तरिकाले हत्या भएको खबर बाहिरिए पछि म के निष्कर्षमा पुग्न वाध्य भएँ भने यति ठूलो  शैक्षिक संस्थाका संस्थापक , संचालक प्रोफेसर मनजुवा पाण्डे, प्रोफेसर जयन्तीनाथ लगायतका शिक्षित व्यक्तिहरू पनि विदेशी खास गरी नेपाली विद्यार्थीप्रति त्यति क्र्रुर बर्बर तथा निरंकुश , षडयन्त्रकारी , अराजकक तथा बेबिचारी पनि हुन सक्दारहेछन्  ? त्यति धेरै असभ्य पाशविक तथा अमानवीय पनि हुन सक्दारहेछन् ? निरिह प्रकृति लम्सालको प्राण रक्षाको लागि उनले गरेको रोदन क्रन्दन र हार गुहार  नसुन्ने मात्र होइन प्रकृति लम्सालको न्यायको लागि आवाज उठाउने १५०० भन्दा बढी नेपाली विद्यार्थीहरूदाई गुण्डाहरूको समेत प्रयोग गरी होस्टेलबाट लखेटी कटक रेलवे स्टेशनमा पुराई अलपत्र अवस्थामा छोड्न सक्दा रहेछन् । त्यसले गर्दा सम्बन...

काबुलीवाला

  उहिले गाउँघरमा भोटेहरू जम्बु ,कस्तुरी ,सियो आदि बिक्र्री गर्न डुल्ने गर्दथे । मान्छेहरू केटाकेटीलाई डर देखाउनु पर्दा भोटेले तँलाई लैजान्छ भन्दथे । यसरी नै भारतका शहर शहरमा नोकरी चाकरी गर्न होइन विभिन्न पेशा वा धन्दा गर्न काबुलवाट काबुलीवाला आउने गर्दछन् । त्यहाँ पनि बाबु आमाले केटाकेटीलाई डर देखाउन परे कावुुलीवालाले लैजान्छ भन्दछन् । काबुलीवाला भय र आतंकमा प्रतीक बनेका हुन्छन् । भारतमा विभिन्न शहरहरूमा काबुलीवाला विविध प्रकारको धन्दा चलाउने क्रममा प्रशस्त कावुलीवाला शिलाङको शहरमा पनि छप्छप्ती छापिएका हुन्छन् । छापिएका देखिन्छन् । शिलाङमा काबुलीवालाले शेक्सपियरको विश्व प्रसिद्ध नाटक मर्चेन्ट अफ वेनिशको खलनायक पात्र शाइलकले जस्तै  चर्को व्याजमा ऋण दिने गर्दछन् । व्याजमा पैसा लगाउने गर्दछन् । वास्तवमा कावुलीवाला हिंड्दा डुल्दा बैंक नै हुन् । यस्ता बैंक जो बिना कुनै धरौटी धितो जसलाई जति ऋण दिन परे पनि जतिबेला पनि दिन सक्दछन् । मैले बुझे अनुसार कार्यालयमा काम गर्ने अधिकांश बंगाली कर्मचारीहरूले काबुलीवालाहरूबाट ऋण लिने गर्दथे ।  काबुलीवालाहरूबाट ऋण लिए पछि भनेको बेलामा साउँ व...

मेरो संंस्कृत भाषा प्रेम

  शायद हाई  स्कुलमा पढ्ने बेलादेखि होला मेरो संस्कृत भाषाप्रति प्रेम भएकोले होला लोकराको चारदुवार अंग्रेजी हाई स्कुलमा कक्षा ९मा अध्ययन गर्दा मैले ऐच्छिक विषयमा संस्कृत भाषा रोजेको थिएँ ।  संस्कृत भाषाको सट्टामा वैकल्पिक हिन्दी वा स्वास्थ विज्ञान (  हाइजिन ) पनि लिन  सकिन्थ्यो । मेरा केही नेपाली सहपाठीले संस्कृतको सट्टा वैकल्पिक हिन्दी लिएका थिए भने कतिले हाईजिन पनि । स्कुलमा दुई किसिमका हिन्दी लिनु पर्दथ्यो । मेजर इन्डियन लङ्गुयजको रूपमा लिइने हिन्दी र संस्कृतको बदलामा लिन पाउने बैकल्पिक हिन्दी । संस्कृतको सट्टा लिने हिन्दी मेजर इन्डियन लङग्युज (  भारतीय प्रमृुख भाषा ) का तुलनामा केही सरल हुन्थ्यो । तर भारतीय प्रमुख भाषाका रूपमा समावेश गरिएको हिन्दी भने हिन्दी भाषी क्षेत्रको स्तरको हिन्दी थियो । त्यतिबेला असमको एजुकेशन बोर्डले नेपाली भाषालाई पनि मेजर इंडियन भाषाको रूपमा मान्यता दिएको भए पनि स्कुलमा नेपाली शिक्षक नभएको कारण देखाएर एक विषय नेपाली लिन पाइन्नथ्यो । यसैले मैले अध्ययन गरेको असमी स्कुलमा वाध्यतावस् हिन्दी लिन परेको थियो । मैले अध्ययन गरिरहेको...

बुबाको चश्मा

  चश्मा शौक, शान र फेसनको विषय पनि हो । चश्मा आवश्यकताको विषय पनि हो । मलाई भने चश्मा शौक, शान र फेसनको विषय होइन । आवश्यकताको विषय हो । पढ्ने बेलामा खास गरी कम उज्यालो भएको ठाउँमा मलाई चश्माको आवश्यकता पर्दछ । हो, म चश्मा लगाएर हिंडडुल गर्न मन पराउँदिनं । चश्मा लगाएर अध्यापन गर्न मन पराउँदिन ।  मलाई संझना छ , जब मैले बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गर्न पर्दथ्यो पछिल्ला वर्षहरूमा , खास गरी सायंकालंमा अंंग्रेजीका स्नातकोत्तरका कक्षा लिनु पर्दा,  म चश्मा लगाएर पढ्नु पर्ने कुरा पढ्दथें । चश्मा खोलेर विद्यार्थीहरूलाई स्पष्ट पार्नु पर्ने कुरा स्पष्ट पार्दथें । यसरी पटक पटक चश्मा लगाउँदा र चश्मा निकालेर अध्यापन गर्दा चश्मा छिटै टुटफुट हुने खतरा रहन्थ्यो । यसैले पनि मैले पटक पटक चश्मा किनिरहनु पर्दथ्यो । चश्मा फेरिरहनु पर्दथ्यो । सधैं चश्मा लगाइरहेमा त्यो छिटै टुट फुट हुने रहेनछ । पटक पटक चश्मा लगाउने र निकाल्ने गर्नाले चश्माको आयु घट्दो रहेछ । मैले सधैं चश्मा लगाउने बानी पार्न सकेको अवस्थामा मेरो बजेटको एउटा ठूलो अंश चश्मा फेर्नु वा किन्नुमा खर्च हुने थिएन । बरु चश्मा फेर्नु ...