Skip to main content

नेपाली चेली प्रकृति लम्साल

 


 उडिसाको  कलिंग इन्सिचिट अफ इन्डिस्ट्रियल टेक्नोलिजी (  केआईआईटी ) विश्वविद्यालयमा अध्यनरत  भैरहवाकी छात्रा प्रकृति लम्सालले त्यही विश्वविद्यालयमा  अध्ययनरत लखनउको छात्र अद्विक श्रीवास्तवको  विविध प्रकारका प्रताडनाबाट पीडित बनेर आत्महत्या  गरेको वा उनको रहस्यमय तरिकाले हत्या भएको खबर बाहिरिए पछि म के निष्कर्षमा पुग्न वाध्य भएँ भने यति ठूलो  शैक्षिक संस्थाका संस्थापक , संचालक प्रोफेसर मनजुवा पाण्डे, प्रोफेसर जयन्तीनाथ लगायतका शिक्षित व्यक्तिहरू पनि विदेशी खास गरी नेपाली विद्यार्थीप्रति त्यति क्र्रुर बर्बर तथा निरंकुश , षडयन्त्रकारी , अराजकक तथा बेबिचारी पनि हुन सक्दारहेछन्  ? त्यति धेरै असभ्य पाशविक तथा अमानवीय पनि हुन सक्दारहेछन् ? निरिह प्रकृति लम्सालको प्राण रक्षाको लागि उनले गरेको रोदन क्रन्दन र हार गुहार  नसुन्ने मात्र होइन प्रकृति लम्सालको न्यायको लागि आवाज उठाउने १५०० भन्दा बढी नेपाली विद्यार्थीहरूदाई गुण्डाहरूको समेत प्रयोग गरी होस्टेलबाट लखेटी कटक रेलवे स्टेशनमा पुराई अलपत्र अवस्थामा छोड्न सक्दा रहेछन् । त्यसले गर्दा सम्बन्धित शैक्षिक संस्थाको मात्र होइन त्यस देशको समेत अन्तराष्ट्रिय छविमा आँच आउन सक्दछ भन्ने कुृराको हेक्का पनि राख्दा रहेनछन् ? यहाँसम्म कि नेपाललाई हेपेर यस मुलुकको बजेटभन्दा आफनो संस्थाको बजेट ठूलो छ समेत भन्ने धाक समेत लगाउन पुग्दारहेछन् ?  देश ठूलो हुन सक्दछ । देश सानो हुन सक्दछ । देश धनी हुन सक्दछ । देश गरीब हुन सक्दछ । तर देशको रूपमा सबै देशको हैसियत समान हुन्छ भन्ने सर्वमान्य मान्यताको समेत वोध गर्न सक्दारहेनछन्  ? यिनीहरूमा यस्ता कुरा नेपाल र नेपालीले मात्र होइन , अन्तराष्ट्रिय जगतले मात्र होइन , आफ्रनै देश भारतका सचेत, संवेदनशील, शिष्ट र सभ्य नागरिकहरूले समेत अशोभनीय मान्न सक्दछन् भन्ने कुराको पनि चेत हुन सक्दोरहेनछ ? ज्ञान हुन सक्दोरहेनछ ।

यस घटनाले मलाई वीर खडकबहादुर सिंह विष्टको पनि स्मरण गराउँछ । 

भारतमा व्रिटिशको शासनकालमा कलकत्तामा एकजना नेपाली चेली राजकुमारीलाई एकजना सेठले बन्दी बनाई राखी उनको शोषण गरिरहेको अवस्थामा उनले उनको उद्धारको लागि अनुरोध गरेको चिर्कटो देहरादुनबाट  कलकत्तामा गई कानून पढेका  वीर खडकबहादुर सिंह विष्ट हिंडिरहेको बाटोमा खसालिदिए पछि उनले ट्याप्प सिरुपाते खुकुरी टिपेर सेठको कोठामा प्रवेश गरी उसको गर्दन छम्काइदिएर छिनाली  नेपाली चेलीको उद्धार गरेका थिए र रगतसितैको खुकुरी बोकेर सिधै पुलिस थानामा हाजिर हुन पुगेका थिए ।  उनलाई व्रिटिश सरकारले जेल चलान  गरेको  थियो । महिला जातिको अस्मिता रक्षाको लागि लड्ने वीर खडकबहादुर सिंह विष्टको रिहाईको माग गर्दै कलकत्ता लगायत भारतवर्षभरि हजारौं हजारौं महिलाहरूले सडकमा उत्रेर सशक्त आन्दोलन संचालन गर्न थालेपछि वाध्य भएर सरकारले वीर खडकबहादुर सिंह विष्टलाई  दुईवर्षमा नै रिहा गरिदिएको थियो । जेलमुक्त गरिदिएको थियो । 

यसै घटनाको सन्दर्भमा मैले धनबहादुृर सुनारको स्मरण गर्दछु । नागालैण्डमा जन्मेका र दोस्रो विश्वयुद्धमा इन्टेलीजन्ट अफिसरको रूपमा युद्धमा भाग लिएका धनबहादुर सुनार असमी, नागा, अंग्रेजी तथा नेपाली भाषाका चर्चित लेखक हुन् । उनी असम साहित्य सभाबाट पनि सम्मानित व्यक्ति हुन् ।  उनले आफनो आत्मा कथामा लेखेका छन् — शुरुमा जब उनले एउटा स्कुलमा अध्यापन गर्दथे त्यतिबेला केही नेपाली अभिभावकहरूले त्यस स्कुलका असमी हेडमास्टरलाई भेटेर गुनासो गर्दै  हाम्रा बच्चा बच्ची पढ्ने यस स्कुलबाट धनबहादुर सोनार जस्तो अछुत शिक्षकलाई निकालदिनु पर्ेयो भने पछि उनले जबाब दिएछन् — म को छुत को अछुत केही जान्दिनं । धनबहादुर सुनार एक योग्य शिक्षक हुन् । त्यस्ता योग्य असल शिक्षकलाई म स्कुलबाट कसरी हटाउन सक्दछु । कसरी निकाल्न सक्दछु ।  बरु तपाईहरू स्कुलको ट्रान्सफर सर्टिफिकेट लिएर आप्mना् बच्चा बच्चहरूलाई अन्य स्कुलमा पढाउन सक्नुहुन्छ ।

यसै सन्दर्भमा म शिलाङको असमी कलेज शंकरदेव कलेजमा घटेको घटनाको संस्मरण गर्न चाहन्छु जसमा मेरो पनि संलग्नता रहेको थियो । शिलाङको असमी जातिको बाहुल्यता भएको विष्णुपुरमा असमीहरूले उनका धर्मगुरु शंकरदेवको नाममा शंकरदेव कलेजको स्थापना गरेका थिए र त्यसलाई संचालन गर्न सेन्ट एन्थनी कलेजका अंग्रेजीका प्रोफेसर आर एन उपाध्यायलाई प्रिन्सिपलको रूपमा नियुक्त गरेका थिए । आर एन उपाध्यायको पुर्खौली घर युपीमा थियो ।

एकपल्ट शंकरदेव कलेजका शंकरदेव कलेजको प्राङ्गणमा भएको हलमा सांस्कृतिक कार्यक्रम संचालन गर्ने दोरानमा असमी प्रोफेसरले   त्यहाँ मंचन गर्ने नाटकमा एउटा  कान्छी पात्रको पनि चित्रण गरेका रहेछन् ।   शिलाङमा कान्छी भनेको असमी बंगाली आदिको बंगलमा भाँडा माझेर जीविका चलाउने गरीब महिला भन्ने बुझिन्छ । गरीव नेपाली महिला भनेर बुझिन्छ । यसैले शिलाङमा कान्छी शब्दलाई हेय दुष्टिले हेरिन्छ । यहाँ नेपालीको सम्मानित शब्द पनि अपमानित हुन पुगेको छ ।  असमी प्रोफेसरले जुनसुकै रूपमार अर्थमा कान्छी पात्रको चित्रण गरेको भए पनि कान्छी भनेर नेपाली जातिकै वेदनाम गर्न खोज्यो भन्ने कुरा सोंचेर शंकरदेव कलेजमा पढ्ने छात्राहरू खास गरी विष्णु क्षेत्रीले शिलाङभरिका नेपाली विद्यार्थीहरू असमी प्रोफेसरको विरोधमा भाग लिन आह्वान गरेकी थिइन् । खबर गरेकी थिइन् ।  त्यस विरोध कार्यक्रममा भाग लिन  म केही अबेरमा पुगेको थिएँ । साँझको बेला थियो । हलमा सांस्कृतिक कार्यक्रम चल्दै थियो । त्यहाँ भेला भएका नेपाली विद्यार्थीहरूले पुलिस अफिसरलाई भित्र स्टेजबाट असमी प्रोफेसरलाई वाहिर बोलाइदिने माग गरिरहेका थिए । तर पुलिस अफिसरले हुन्छ हुन्छ भने पनि बाहिर ल्याउन सकेको स्थिति थिएन । त्यतिबेला पुलिस अफिसरले रोक्दा रोक्दै पनि म जबरजस्ती बाहिरी ढोकाबाट मंचमा प्रवेश गरें । मेरो साथमा अन्य नेपाली विद्यार्थीहरू पनि भित्र पसे ।  पुलिस अफिसरले रोक्न सकेन । स्टेजमा पर्दा लागेको थियो । माइक नेपाली विद्यार्थीहरूले आफ्नो कब्जामा थिए । स्टेजमा मुख्य अतिथिको रूपमा बसेका असमका शिक्षा मंंत्री हजगेर बसेको ठाउँबाट जुरुक्क उठेर असमी भाषामा के भयो के भयो भनेर सोधे । मैले उनलाई असमी भाषा नै सबै कुरा विस्तारपूर्वक बताइदिएँ । त्यतिबेला नै हाम्रो सामुन्ने असमी प्रोफेसर खडा भएर माफी माग्छु भने । हामीले माइक उनको हातमा थमाइदियौं ।  उनले माइस समातेर  कान्छी शब्दको सम्बन्धमा क्षमा मागे । हामीहरू आफ्नो माग पुरा भएकोमा खुशी भयौं । स्टेजबाट वाहिर निस्क्यौं । नेपाली विद्यार्थीहरूले बाटोमा म यस घटनाको नेता नभए पनि मलाई नै नेता मानेर मेरो नाम लिंदै जिन्दावाद भने । उनीहरू रेलीबुङसम्म पुगेका थिए ।

पर्दाभित्र स्टेजमा के के भयो दर्शक र श्रोताहरूलाई केही जानकारी भएन । उनीहरूले एकाएक असमी प्रोफेसरले  माफी मागेको भने सुने । सबै कुरा बुझे पछि त्यहाँका असमीहरूले आफ्नो जातिको ठूलो अपमान भएको ठानेछन् । शंकरदेव कलेजका असमी विद्यार्थीले त्यहाँका प्रिन्सिपल आर एन उपाध्यायालाई भेटेर शंकरदेव कलेजमा अध्ययन गर्ने सबै नेपाली विद्यार्थीहरूलाई  शंकरदेव कलेजबाट निस्काशन गर्ने दबाब दिएछन् ।  निस्काशन गर्नु पर्ने मांग राखेछन् । त्यतिबेला प्रिन्सिपल आए एन उपाध्यायले असमी विद्यार्थीहरूलाई भनेछन् — मेरा लागि सबै विद्यार्थीहरू समान हुन् । म कसरी नेपाली विद्यार्थीलाई कलेजबाट निस्काशन गर्न सक्दछु ? तपाईंहरूले मलाई नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकाल्ने दबाब दिनुहुन्छ भने मैले प्रिन्सिपलको पदबाट नै राजीनामा दिन्छु । प्रिन्सिपल आर एन उपाध्यायको यस्तो कुरा सुने पछि असमी विद्यार्थीहरूले भनेछन् — हामी तपाईंलाई राजीनामा दिनु पर्ने अवस्थामा पुराउन चाहन्नौं  । बरु हामीले नेपाली विद्यार्थीहरूलाई शैकरदेव कलेजबाट निस्काशन गर्ने भन्ने हाम्रो मागलाई फिर्ता लिन्छौं ।

९—११—२०८१

२१—२—२०२५



Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...