Skip to main content

मेरो संंस्कृत भाषा प्रेम

 

शायद हाई  स्कुलमा पढ्ने बेलादेखि होला मेरो संस्कृत भाषाप्रति प्रेम भएकोले होला लोकराको चारदुवार अंग्रेजी हाई स्कुलमा कक्षा ९मा अध्ययन गर्दा मैले ऐच्छिक विषयमा संस्कृत भाषा रोजेको थिएँ ।  संस्कृत भाषाको सट्टामा वैकल्पिक हिन्दी वा स्वास्थ विज्ञान (  हाइजिन ) पनि लिन  सकिन्थ्यो । मेरा केही नेपाली सहपाठीले संस्कृतको सट्टा वैकल्पिक हिन्दी लिएका थिए भने कतिले हाईजिन पनि । स्कुलमा दुई किसिमका हिन्दी लिनु पर्दथ्यो । मेजर इन्डियन लङ्गुयजको रूपमा लिइने हिन्दी र संस्कृतको बदलामा लिन पाउने बैकल्पिक हिन्दी । संस्कृतको सट्टा लिने हिन्दी मेजर इन्डियन लङग्युज (  भारतीय प्रमृुख भाषा ) का तुलनामा केही सरल हुन्थ्यो । तर भारतीय प्रमुख भाषाका रूपमा समावेश गरिएको हिन्दी भने हिन्दी भाषी क्षेत्रको स्तरको हिन्दी थियो ।

त्यतिबेला असमको एजुकेशन बोर्डले नेपाली भाषालाई पनि मेजर इंडियन भाषाको रूपमा मान्यता दिएको भए पनि स्कुलमा नेपाली शिक्षक नभएको कारण देखाएर एक विषय नेपाली लिन पाइन्नथ्यो । यसैले मैले अध्ययन गरेको असमी स्कुलमा वाध्यतावस् हिन्दी लिन परेको थियो । मैले अध्ययन गरिरहेको  स्कुलमा दुई जना नेपाली शिक्षक पनि थिए । ताराकान्त उपाध्याय र नीलमणि उपाध्याय । निलमणि उपाध्यायले हामीलाई असमी भाषामा विज्ञान र गणित पढाउने गर्दथे ।  म भने आफै शिलाङको चपला बुक स्टलबाट अंग्रेजी भाषाका पाठ्य पुस्तक मगाएर घरमा अध्ययन गर्दथें । जाँच अंग्रेजीमा नै  दिने गर्दथें । स्कुलका हिन्दी शिक्षक ताराकान्त उपाध्यायले मुख्यत असम राष्ट्रभाषा हिन्दी  प्रचार समितिका  प्रथमा , प्रवेशिका  , प्रवोध अािदका पाठ्य पुस्तक अध्यापन गर्दथे ।  उनले मलाई भनेको थिए उनी हाई स्कुलका हिन्दी पढाउन सक्दैनन् । मैले आफै अध्ययन गर्नु पर्दछ ।  वास्तवमा  ताराकान्त उपाध्याय                                                                                                                                                                                                                                                                                                                                                        नौ दश कक्षालाई हिन्दी अध्यापन गर्न नियुक्त  भएका वी ए पास  शिक्षक पनि थिएनन् । फेरि नौ दशको हिन्दीका पाठ्य पुस्तक यु पी विहारका हिन्दी भाषी विद्यार्थीका लागि तयार पारिएका पाठ्य पुस्तक भएकाले पनि जटिल खालका थिए ।   मैले हिन्दी विषयका परीक्षा स्वाध्ययनका आधारमा नै दिनु परेको थियो । स्कुलमा मेजर हिन्दी विद्यार्थी म मात्र थिएँ । संस्कृतको पाठ्य पुस्तक देवनागरी  लिपिमा मुद्रित थियो । तर व्याकरण भने असमी लिपिमा प्रकाशित थियो । यसैले मलाई व्याकरण पढ्न केही गाह्रो भएको थियो । पाठ्ेय पुस्तकमा ठाउँ ठाउँ अंग्रेजी शब्द वा वाक्यांश पनि प्रयोग गरिएकाले पनि त्यसले मेरो अध्ययनलाई केही सजिलो पारेको थियो । हामीलाई संस्कुत पढाउने असमी शिक्षक संस्कृतका शास्त्री थिए । उनलाई हामी शास्त्री सर भन्दथ्यौं ।उनले अध्यापन गर्दा सामान्य अंग्रेजी भाषाको पनि प्रयोग गर्दथे ।

मैले नौ कक्षाको अर्धवार्षिक परीक्षामा संस्कृतको अनुवाद असमी भषाको सट्टा अंग्रेजीमा गरेको थिएँ । यसैले शास्त्री सरलाई मेरो कपी बुझ्न गाह्रो भएछ ।  उनले मलाई कक्षामा बोलाएर भने —तुमी संस्कृत भाषा अंग्रेजी भाषात अनुवाद करिसा ।  मई अंग्रेजी भाषा भाल करी बुझिपावलै नोवारुँ ।  तुमी असमिया भाषा तो बुझिवपारिसा ।  असमिया अखर शिकीपाले तुमी असमिया भाषात अनुवाद  करिब पारिवा । मई आशा करुँ जे तुमी वार्षिक परीक्षात असमिया भाषात अनुवाद  करिवा । मई कभो नोवारुँ तुमी किनेकुवा लिखिसा । गतिके मई तोमाके पास मार्क तीस दिसुँ । (  तिमीले  संस्कृत भाषालाई अंग्रेजीमा अनुवाद गरेका रहेछौ ।  मैले अंग्रेजी भाषा बुझ्दिन । तिमी असमी भाषा त बुझ्दछौ । असमी अक्षर सिके असमी भाषामा नै अनुवाद गर्न सक्दछौ । मैलै आशा गरेको छु कि तिमीले वार्षिक परीक्षामा असमी भाषामा नै अनुवाद गर्ने छौ ।  मलाई थाहा छैन तिमीले कस्तो लेखेका छां । अहिले मैले तिमीलाई पास मार्क तीस मात्र दिएको छु 

 । )

शास्त्री सरले भनको कुरालाई मैले स्वीकार गरें ।  अमसी भाषा त जनतन बोल्न सक्दथें । लेख्न पनि सिकें । 

कक्षा नौ को वार्षिक परीक्षाको बेलामा शास्त्री सर हाम्रो कोठामा गार्डको रूपमा उपस्थित थिए ।  मैले उनले भने अनुसार संस्कृत भाषालाई असमी भाषामा अनुवाद गर्ने प्रयास  गरिरहेको थिएँ ।  तर मेरा लेखाइको गति निकै धिमा भएको थियो ।  मलाई लाग्यो त्यस्तो मन्द गतिमा लेखेमा त मैले निधार्रित  समयमा उत्तर लेखेर भ्याउँदिनं । यसैले परीक्षा भवनको कोठाबाट उठेर मैले शास्त्री सरलाई भनें — सर मोक असमिया अखर त लिखिवलै वेसिकै समय लागिव । गतिके मई असमी भाषा देवनागरी लिपिते लिखिम् । ( सर मलाई असमी अक्षरमा लेख्दा ज्यादा समय लाग्न सक्दछ । त्यसैले मैले असमी भाषा र देवनागरी लिपिमा लेख्छु  । ं)  शास्त्री सरले खुशी हुँदै भने — हव  हव तेनेकुवा करा । (  हुन्छ हुन्छ त्यस्तै गर । ) 

वार्षिक परीक्षमा शास्त्री सरले मलाई कक्षामा संस्कृतमा सबभन्दा बढी नम्बर दिएका थिए । 

हाई स्कुलको फाइनल परीक्षाका लागि फर्म भर्दा संस्कुत भाषा अनुवादको भाषा उल्लेख गर्नु पर्दथ्यो । मेरो हाई स्कुलको परीक्षा अंग्रेजी माध्यममा दिने भएको भए पनि संस्कृत भाषा अनुवादको भाषा हिन्दी उल्लेख गरेको थिएँ । यसको कारण यो थियो कि संस्कृतका कति शब्द हिन्दीसित मिल्दा जुल्दा हुन हुनाले मलाई अनुवाद गर्न सहज हुन सक्दथ्यो ।

२५—९—२०६९


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...