Skip to main content

Posts

पंचायत गएर के भो ?

पंचायत गयो त के भो नाम फेरे पनि काम नफेरी पंचायत फेरि फर्कैको छ देशै बेचेर भए पनि लेन्डुपे खान खुृब पल्केको छ अरु त के कुरा गरौं खोई विरोधको स्वरैबाट थर्केको छ  कुशासन भएर  त होला मुलुकमा जताततै आन्दोलन  चर्केको छ । ४–२–२०७६

इतिहासमा नै कमजोर बनेको देश

मैले कुनै आदर्श कम्युनिष्ट नेताको कुरा  गरेको होइन । मैले कुरा गरिरहेको छु भारतका कांग्रेसी नेता लालबहादुर शास्त्रीको । लालबहादुर शास्त्री कुनै धनी बाबु आमाका छोरा होइनन् । गरीब कै छोरा हुन् । उनी डुंगामा चढ्ने पैसा नभएर गंगा नदीमा पौडेर  पाठशालामा पढ्न जान्थे । यिनै लालबहादुर  शास्त्री भारतको दोस्रो प्रधानमंत्री भए । उनको मृत्यु हुँदा उनको परिवार ऋणमा डुवेको थियो । गुलजारीलाल नन्दा कांग्रेसका ठूलै नेता मानिन्थे । उनको घर थिएन । उनले आफ्नो घर बनाएनन् ।  नेपालमा पनि कांग्रेसी नेता साधु सन्त फकीर जस्ता देखिन्छन् । कृष्ण पं्रसाद भट्टराई त्यसका एक उदाहरण हुन् । उनी नेपालका प्रधानमंत्री भए । उनको सम्पति भनेको छाता र सुराही हो ।  उनले कहिले सम्पति थुपार्ने मामिलामा हात हालेनन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले भोक भोकै बसेर भए पनि नेपालमा सशस्त्र क्रान्ति गर्ने कुरा गरे ।जीवन त्यसैमा होमे ।   तर आज हिजो पुष्पलाललाई ससोधनवादी वा गद्दार भन्नेहरू आज आफै  गद्दारीको बाटोमा हिंड्दैछनु । आफै संसोधनवादका भासमा शिरदेखि टाउकासम्म डुविरहेका छन् ।...

कालो झण्डा

साराका सारा सज्जन मान्छेको बीचमा साराका सारा भद्र मान्छेको बीचमा साराका सारा सभ्य  मान्छेको बीचमा साराका सारा शिष्ट मान्छेको बीचमा साराका सारा बौद्धिक मान्छेको बीचमा साराका सारा देशभक्त मान्छेको बीचमा कुनि कताबाट एकाएक एउटा दुर्जन मान्छे निस्केछ एउटा अभद्र मान्छे निस्केछ एउटा असभ्य मान्छे निस्केछ एउटा अशिष्ट मान्छे  निस्केछ एउटा मुर्ख मान्छे निस्केछ एउटा गद्दार मान्छे निस्केछ एउटा बौलाहा मान्छे निस्केछ जसले छलेर आँखा दुनियाँका जसले तोडेर  घेरा शान्ति सुरक्षाका आफ्नो रौद्र रुप देखाएछ आफ्नो उग्र रुप देखाएछ कर्नेल उजीरसिंहको कुशल नेतृत्वमा हाम्रा बीर  पुर्खाहरूले देखाएर अपूर्व वीरता दिएर आफ्नो प्राणको आहुति लखेटेर अंग्रेज आक्रमारीहरूलाई जीत हासिल गरेको जीतगढीमा त्यसैको संझनामा आयोलित बिजय दिवसको सुअवसरमा आफ्नो जीतको झण्डा फरफराउन स्वयं प्रधानमंत्री हेलीकोप्टर चढेर पाउकष्ट गर्नु भएकोमा उहाँकै अगाडि ड्याम्मै खडा भएर उफ्री उफ्री जीतगढी जिन्दावाद भनेछ उजीर सिंह जिन्दावाद भनेछ प्रधानमंत्रीतिरै फर्केर कालो झण्डा देखाएछ । ८–१–२०१९

लेन्डुपेहरूका अभिनय

देशको माटो बेचेर दुश्मनलाई यो मुलुकका लन्डुपेहरू मंचित गरिरहे्का छन् देशभक्तिका नाटकहरू मनाइरहेका छन् पुरखाका वीरताका उत्सवहरू सुनाइरहेका छन् शौर्यका गाथाहरू गाइरहेका छन् राष्ट्रियता गीतहरू सच्चा देशभक्तहरू सच्चा राष्ट्रवादीहरू हैरान परिशान छन् लेन्डुपेहरूको खेल तमाशा देखेर लेन्डुपेहरूको अभिनय देखेर चर्तीकला देखेर वास्तवमा लेन्डुपेहरूको विद्रूप रुप देखेर र प्रश्न गरिरहेका छन् कति दिन चल्ने होला यस मुलुकमा यिनीहरूको यस्तो खेल तमाशा यस्तो उद्योग धन्दा । ७–१–२०७६

पुरस्कार

पाउनै पर्ने मान्छले पुरस्कार पाएनछ भनेर गुनासो गरेको पनि सुनियो पाउनै नपर्ने मान्छेले पुरस्कार पाएछ भन्ने गुनासो गरेको पनि सुनियो होला कति पाउनै पर्ने मान्छेले पुरस्कार पाएन पनि होलान् होला कति  पाउनै नपर्ने मान्छेले पनि पुरस्कार पाए होलान् पुरस्कृत पात्र उपहासका पात्र पनि भए होलान् पुरस्कृत पात्र सम्मानका पात्र पनि भए होलान् हो हुन त पुरस्कार दिने पात्र को हो त्यसमाथि पनि बिचार पुराउन पर्दछ होला हो पुरस्कार पाउने पात्रको योग्यता के हो त्यसमाथि पनि नजर पुराउनै पर्दछ होला खुदै पुरस्कार कस्तो हो त्यसमाथि पनि विचार पुराउनु पर्दछ होला पुरस्कार मात्र भनेर भएन पुरस्कार मान्छेको बजन बढाउने  खालतको पनि हुन सक्दछ पुरस्कार मान्छे्को बजन घटाउने खालको पनि हुन सक्दछ पुरस्कृत व्यक्ति भनेर मात्र भएन पुस्कृत व्यक्ति महान पनि हुन सक्दछ पुरस्कृत व्यक्ति  पतित पनि हुन सक्दछ हो कुनै पुरस्कार पाउनु पर्ने दष्डित पनि हुृन सक्दछ हो कुनै दष्ण्डित हुनु पर्ने मान्छे पुरस्कृत पनि हुन सक्दछ यसैले पनि पुरस्कारलाई विवादको विषय बनाउनु व्यर्थ छ  जब कि पुरस्कर जहिले पनि विवादको व...

अणु कविता १ बैशाक २०७६

के बाँकी राख्दथे शैतानले देश नै लुटिसके सपुत सन्तान देशका यिनले गोली नै भुटिसके दाल के गल्दथ्यो यिनको आखिर जनता नै जुटिसके १ वैशास २०७६

देशका कुरा

नेताले आफ्ना चेला बिगारेको देखें आफ्ना चेलाले आफ्ना नेता बिगारेको देखें भ्रम पनि हुन सक्दछ यो मेरो अन्तरमनको तर मैले कुनि किन नेताले आफ्ना चेला बिगारेको देखें आफ्ना चेलाले आफ्ना नेता  बिगारेको देखें हुन त हो नबिग्रिन पनि सक्दछ नेता आफ्ना चेला जति विग्रे पनि हुन त हो नबिग्रिन सक्दछ चेला आफ्ना नेता जति विग्रे पनि यो मेरो दृष्टि दोष हो कि मेरो  दृष्टिकोण कै दोष मैले त स्पष्ट नेताले चेला विगारेको देखें चेलाले नेता विगारेको देखें हुन त म यो पनि सोच्दछु गहिरिएर नेता नबिग्रेको भए चेला बिग्रिने थिएन होला शायद फेरि चेला नबिग्रेको भए नेता विग्रिने थिएन होला शायद यथार्थ कुरा गर्ने हो भने मलाई त यो देशमा नेताले चेला बिगारेको जस्तो लाग्दछ चेलाले नेता विगारेको जस्तो लाग्दछ फेरि म कता कता यस्तो पनि सोंच्न पुग्दछु बिग्रे विग्रिन्थे नेता जति बिग्रे पनि विग्रे बिग्रिन्थे चेला जति बिग्रे पनि तर के गर्नु बिग्रेका नेताले देश नै बिगार्ने भए विग्रेका चेलाले देश नै बिगार्ने भए शायद यही भएर यो देशलाई आज जसले जति विगार्न खोजे पनि नबिग्रिने सक्षम नेतृत्व चाहिएको हो जसले ज...