नेताले आफ्ना चेला बिगारेको देखें आफ्ना चेलाले आफ्ना नेता बिगारेको देखें भ्रम पनि हुन सक्दछ यो मेरो अन्तरमनको तर मैले कुनि किन नेताले आफ्ना चेला बिगारेको देखें आफ्ना चेलाले आफ्ना नेता बिगारेको देखें हुन त हो नबिग्रिन पनि सक्दछ नेता आफ्ना चेला जति विग्रे पनि हुन त हो नबिग्रिन सक्दछ चेला आफ्ना नेता जति विग्रे पनि यो मेरो दृष्टि दोष हो कि मेरो दृष्टिकोण कै दोष मैले त स्पष्ट नेताले चेला विगारेको देखें चेलाले नेता विगारेको देखें हुन त म यो पनि सोच्दछु गहिरिएर नेता नबिग्रेको भए चेला बिग्रिने थिएन होला शायद फेरि चेला नबिग्रेको भए नेता विग्रिने थिएन होला शायद यथार्थ कुरा गर्ने हो भने मलाई त यो देशमा नेताले चेला बिगारेको जस्तो लाग्दछ चेलाले नेता विगारेको जस्तो लाग्दछ फेरि म कता कता यस्तो पनि सोंच्न पुग्दछु बिग्रे विग्रिन्थे नेता जति बिग्रे पनि विग्रे बिग्रिन्थे चेला जति बिग्रे पनि तर के गर्नु बिग्रेका नेताले देश नै बिगार्ने भए विग्रेका चेलाले देश नै बिगार्ने भए शायद यही भएर यो देशलाई आज जसले जति विगार्न खोजे पनि नबिग्रिने सक्षम नेतृत्व चाहिएको हो जसले जति विगार्