पंडित बाबुराम भट्टराई थनथनको लागि प्रसिद्ध छन् । उनका थनथन खलील जिब्रानका भन्दा सरल तर पनि चोटिला हुन्छन् । मलाई कार्टुन, व्यंग चित्र तथा पंडितजीको थनथन मन पर्दछ । म उहिले धर्मयुग पढ्दा ढब्बुजीको व्यंग चित्र पढ्ने गर्दथें । मन पराउ“थें । हालै मैले सैनामैनामा पंडित बाबुराम भट्टराईको थनथन पढें । त्यसमा उल्लेख गरिएको एउटा हिन्दी गीतले मलाई केही खल्लो गरायो । खल्लो गीत खल्लो भएर होइन पंडित बाबुराम भट्टराईले एउटा फिल्मको गीत अर्को फिल्मको गीत भनिदिएको हुनाले । हुन त –चल उड जा रे पंक्षी कि अब यह देश हुआ बेगाना ,खतम हुअे दिन उस डाली पर जिस पर तेरा बसेरा था – गीतलाई उनले शायद मुृगले आजमको गीत भनेर जोगिने अलिकति बाटो पनि बनाएका छन् । तर पनि उनले मुगले आजमको गीत हो कि भन्नुभन्दा मलाई एउटा हिन्दी फिल्मको गीतको संझना हुन्छ भनिदिएको भए आफूलाई कुनै गाल पर्ने कुरा हुने थिएन । जे होस्, पं बाबुराम भट्टराईले सबै कुरा जान्ने कुरा भएन । पंडित बाबुरामका के कुरा । कस्तै खू“खार पंडितले पनि सबै कुरा त जान्दै जान्दैनन् । जान्नै सक्दैनन् । प्राचीनकालमा प्रसिद्ध समालोचक होरेसले एक ठाउ“मा भनेका छन् –होमर प