Skip to main content

Posts

Showing posts from May, 2020

सलहको शिकार

म सलहको कुनै जानकार व्यक्ति होइन । मैले सलहको नाम केटाकेटीमा नै सुनेको र देखेको भए पनि यस बारे म कहिले गंभीर बनिन । म जीव विज्ञानको विद्यार्थीं भएको भए यस बारे धेरै कुरा चाल पाउँदो हो । हाल अफ्रिकाबाट अरब इरान हुँदै पाकिस्तान र भारतमा  पनि सलहको आक्रमण भएको छ भन्ने कुराको साथसाथै नेपालमा पनि सलहको आक्रममण हुन सक्दछ भन्ने कुरा  थाहा पाएर त्यसप्रति म गंभीर  भएको र सलह के हो भनेर त्यस बारे सोधखोज गर्न  थालेको हुँ । मलाई थाहा छ हाम्रो आकाश हुँदै बर्षेनी उड्ने मालचरा नेपालको चरा होइन । साइबेरियाको  चरा हो । त्यसरी नै बेला बखत नेपालमा पनि आक्रमण  गर्ने सलह हाम्रो देशको जीव जन्तु नभए पनि हाम्रो लागि नौलो कुरो भने अवश्य होइन । धेरै मान्छे वा अन्य कुनै जीव जन्तु्लाई देख्यौ भने हामी सलह जस्तो भन्दछौं । सलह नेपाली भाषामा उखान टुक्का सरह प्रयोग हुन्छ । सलह (  लकस्ट ) एक प्रकारको फटेंग्रा नै हो । तर फटेंग्राभन्दा खतनाक जीव । यसको बैज्ञानिक नाम हो स्चिस्टोसिरका ग्रेगेरिया । यसको बजन दुई ग्राम जति  हुन्छ । सलहको मातुभूमि अफ्रिका र अमेरिका रहेछ । सलह एशियाको ...

मदिसे सिउँडी

साहित्यमा क्याक्टसको निकै धेरै बर्णन पाइन्छ । बखान पाइन्छ । चर्चा पाइन्छ । क्याक्टस विश्व साहित्यमा पाइने एउटा जोरदार बिम्ब् हो । क्याक्टस सुन्दा निकै गह्र्ुगो शब्द जस्तो लाग्दछ । तर नेपालीमा यसलाई सिउँडी भन्दछन् । मलाई लाग्दछ नेपाली साहित्यमा सिउँडीको खासै कुनै महत्व छैन । चर्चा परिचर्चा छैन । अहिले आएर मैले थरि थरिका क्याक्टस देख्न पाएको छु । मैले कहिले सोचेको पनि थिइनं क्याक्टस यति धेरै प्रकारका हुन्छन् । मैले सानामा मेरै घर वरिपरि देखको सिउँडी मलाई सामान्य सिउँडी लाग्दथ्यो । तर अहिले आएर चाल पाएँ  सिउडी त थरि थरिका हुँदा रहेछन् । भनौं क्याक्टस त थरि थरिका हुँदा रहेछन् । अहिले मेरो घरमा दुई थरिका क्याक्टस छन् । एउटा त  उही हाम्रो गाउँ घरको सिउँडी भनिने क्याक्टस । अर्को हाम्रो गाउँ घरमा नहुने क्याक्टस । यो भूगोल जस्तो गोलो गोली हुन्छ र निकै सुन्दर देखिन्छ । मैले गल्कोटमा मेरै गाउँ  घरमा दुई किसिमका सिउँडी देखेको थिएँ  । मैले चर्चा गर्न खोजेको सिउँडी मैले गाउँ घरमा देखेको सिउंडी मध्ये दोस्रो खाल सिउँडी हो । पहिलो खालेको सिउँडी भने मेरो घरको नजिक बाटामाथि दाई ( जस...

कालापानीतिरका कुरा

मोदी सरकारको नाकाबन्दीको बेलामा कतिपय भारतीय पत्रकारले त्यतिबेलाका प्रधानमंत्री के पी ओलीलाई नेपालको सबभन्दा साहसी प्रधानमंत्रीको रुपमा चित्रण गरेका थिए । भारतको नाकाबन्दीको सामना गर्ने सवालमा पूर्व प्रधानमंत्री मरीचमान सिहले जति पनि   तत्कालीन प्रधानमंत्री के पी ओलीले दह्रो अडान लिन सकेका थिएनन् दह्रो कदम उठाउन सकेका थिएनन् । भए पनि उनको त्यस अडानलाई राष्ट्रवादी  अडान नै मानियो । जनताले त्यस कदमलाई त्यस रुपमा बुझे । उनलार्ई अत्यधिक मत दिएर जिताए पनि । मुलुकको अत्यधिक बहुमत भएको प्रधानमंत्री बनाए पनि । यद्पी संसदीय निर्वाचन खास गरी भारत र नेपालको संसदीय निर्वाचन जनमतले भन्दा पनि धनमतले जित्ने निर्वाचन हो भन्ने कुरामा मलाई रतिभर संदेह र्छैन । नेपालका चर्चित नेताहरूमा  चित्रबहादुर केसी पनि अत्यन्त स्वच्छ  छवि भएका इमान्दार नेता मानिन्छन् ।  तर उनले पनि एमालेको समर्थन बिना चुनाव जित्न सकेको कुनै  इतिहास छैन । यतिबेला के पी ओलीले नेपालको विस्तारवादी भारतद्वारा अधिक्रमित  नेपालको भूमि कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको नयाँ  नक्शामा समावे...

जीवराज आश्रितको सम्झनामा

जीवराज आश्रितसित मेरो सर्वप्रथम भेट बनारसमा भएको हो । त्यतिबेला हामी पुष्पलालको नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध थियौं । संगठित थियौं । उनी नेपालभित्र काभ गर्दथे । म नेपाल बाहिर ।  जीवराज आश्रित म किन नजकिएँ भने उनको घर गुल्मीको चन्द्रकोट हो भन्ने कुरा उनले मलाई बताएँ । मेरो घर बाग्लुङको गल्कोट । चन्द्रकोट र गल्कोट एउटा डाँडावारि र पारि पर्दथे । जोडिएका जिल्ला । जोडिएका ठाउँ । हुन सक्दछ जीवराज आश्रित पनि मसित मेरो घर गल्कोट भएको कारणले पनि नजकिए ।शुरु शुरुमा उनी मसित भेट हुँदा ठट्टा रमाइलोको भाषामा कुराकानी गर्दथे । म नेपालमा आए पछि त उनको र मेरो लगातार भेटघाट भइरहन्थ्यो । पार्टीले उनलाई कृुशल संगठक भन्दथ्यो । ठान्दथ्यो । हुन पनि संगठन गर्ने मामिलामा उनी निकै कृुशल थिए । दक्ष थिए । जीवरजा आश्रितको रुचि बिचारमा भन्दा पनि पार्टी संगठनलाई बिस्तार गर्नमा नै बढी केन्द्रित देखिन्थ्यो । मेरो बामदेव गौतमसित सर्वप्रथम परिचय गराउने व्यक्ति नै जीवराज आश्रित  हुन् । म त्यतिेबेला पोखराको पी एन क्याम्पसमा अग्रेजीको शिक्षकको रुपमा नियृुक्त भएको थिएँ । पी एन क्याम्पसमा म कम...

भारतीय अतिक्रमण

पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको  तरुल भने । शायद यसको अर्थ हामी दुबैतिरबाट मिचिन सक्दछौं भनेको होला । किचिन सक्दछौं भनेको होला । पृथ्वीनाराय(ा शाहकै उपमाको सिको गर्दै कसैले नेपाललाई दुई देशको सेतु भने । कसैले नेपालाई दुई देशबीचमा डाइनमाइट पनि भने । हुन त नेपाल दुई ठूला छिमकी देशबीचको सेतु भएको राम्रो हो । नेपालको चाहना पनि यही हो । तर दुई देशको बीचको सेतु हुने कुरा भएर नेपाललाई बाँच्न गाह्रो देखिन्छ । यसैले नेपाल दुई देशबीचको डाइनामाइट हुनु नै ठीक हो कि ? दुई देशबीचको एटम बम हुनु ठीक हो कि ? भारतको तुलनामा चीन नेपालको लागि खतरा होइन । तर आज आएर समय र परिस्थितिले चीन पनि नेपालको लागि खतरा हो कि भन्ने खालको भावना पनि जाग्न थालेको छ । बिचार पनि उठ्न थालेको छ । भावना वा विचार कपोल कल्पित कुरा होइन । यो भौतिक परिस्थितिले जन्माएको कुरा हो ।  २०७२ सालमा नेपालको कृषि मत्रालयको नापी शाखाले चीनले नेपालका  चार जिल्ला  हुम्ला,रसुवा सिन्धुपाल्चोक र संखुवासभाबाट ३६ हेक्टर जमीन नेपालको भूभाग कब्जा गरेको बताइएकोे कुरा  सरकारलाई सूचित गरेको रहेछ । यतिबेलाको चीन हि...

कोरोना प्रकोप

                      फैलिएको छ आज विश्वभरि नै कोरोनाको प्रकोप बनिसकेको  छैन नि अझैसम्म  यसको कुने खोप बनाउने पो हो कि यसले त प्राणी नै एक छोप हुने पो हो कि सारा जगबाट नै मानव कै  विलोप चिन्न पनि कति गाह्रो यसलाई  फेर्ने अनेक रुप कोरोनाको आतंक सहँदै हामी कति रहने चुप यसको उन्मुलनको लागि अब हालौं हामीले धुप झारिदिनु पर्छ हामी सबै मिली यसको सारा हुप जगाउनृु पर्ने भो सारा मान्छेमा  हामीले अब होप घर घर पुगी मान्छेका मान्छले  आशाको विउ रोप चलाउन परे चलाऊ यसको   बिरुद्धमा नै तोप झेल्न नपरोस् धरतीमा कसैले अब यसको कोप । २१–१–२०७७ ३–५–२०२०