Skip to main content

Posts

गजल १२

        दिनलाई रातले के टाल्न सक्थ्यो क्रान्तिलाई  भ्रान्तिले के ढाल्न सक्थयो आस्थाका फलामे किल्लालाई कायरका कोर्राले के गाल्न सक्थ्यो बढे पछि अग्रगामी नै अग्रगतिले प्रतिगामी पाइला के चाल्न सक्थ्यो निगाहामा बा“च्ने बबुरोले आखिर ज्यानै जोखिममा के हाल्न सक्थ्यो निभिसकेको अगुल्ठाका ठुठाले क्रान्तिको आगो के बाल्न सक्थ्यो प्रभूसितै घा“टी जोड्नेले आखिर नया“ युगको यात्रा के थाल्न सक्थ्यो २३–७–०६४ ९–११–२००७

जंगेहरू

कहाँ छ र चाकरीबाट मुक्त यो देश हिजो अस्तिदेखि चाकरीले चलेको छ यो देश आज पनि चाकरीले नै चल्देछ अस्ति जंगेहरू बेलायतका बादशाहहरूको चाकरी गर्दथे हिजो जंगेहरू नारायणहिटी दरबारका राजा महाराजाको चाकरी गर्दथे आज जंगेहरू दिल्ली दरबारका प्रुभुहरूको चाकरी गर्दछन् दुनियाँमा धेरै उथल पुथल भए पनि कहाँ फुकुवा भएका छन् र जंगेहरू चाकरीतन्त्रबाट अस्तिका  जंगहरूले त बरु चाकरी गरेरै भए पनि गोराहरूको गुमेको नयाँ मुलुक पनि फिर्ता गराएका  छन् आजका जंगेहरूले त चाकरी बजाउन कालाहरूको उल्टै कति पुराना मुलुकहरू समेत चुपचाप गुपसुप भेटी चढाएका छन् । १५–१०–२०७४ २९–१–२०१८

दिन

अहिले उनीहरूको दैलोमा लक्ष्मीको बास छ अहिले उनीहरूका आँगनमा सूर्यको प्रकाश छ  अहिले उनीहरूका गलामा फूलका मालाको पहाड छ अहिले उनीहरूका कदम कदममा प्रभुको आड छ अहिले उनीहरूको दिन आएको छ दिन सबैको आउँछ भन्छन् कुकुरको पनि दिन आउँछ (  Dog has its day ) कुकुर पूजालाई पनि कुकुरको दिन आएको भन्न सकिन्छ शायद कुनै नौलो कुरा भएन उनीहरूको दिन आउनु कुनै आश्चर्यको कुरा भएन उनीहरूको दिन आउनु हो दिन सबैको आउँछ ढिलो चाँडो समयको मात्र कुरा हो दिन उनीहरूको पनि आउँछ दिन हाम्रो पनि आउँछ हामी अस्वीकार गर्दैनौं दिन सबैको आउँछ भन्ने कुरालाई हामी अस्वीकार गर्दैनौं उनीहरूको दिन आउने कुरालाई आखिर उनीहरूको दिन आएकै छ लाखौं घरलाई सडकमा पुराएर भए पनि उनीहरूका दैलोमा लक्ष्मीको बास भएकै छ करोडौं आँगनलाई अन्धकार डुबाएर भए पनि उनीहरूका आँगनमा सूर्यको प्रकाश फैलिएकै छ उनीहरूको जस्तै हाम्रो पनि त आउला दिन एक दिन हामी पुरै विश्वस्त छौं उनीहरू नभए पनि उनीहरू कहिले पो विश्वस्त थिए र हाम्रो दिन आउने कुरामा पर्दैन उनीहरू विश्वस्त हुन पनि पक्कै हो अहिले उनीहरूको दिन आएको छ भोलि आउने ...

अणु कविता ३

विदेशी प्रभुहरूले कजाउन थाले भने के हुन्छ कुर्सीको किमत भजाउन थाले भने के हुन्छ भन्नै नपर्ने कुरा हो यो निरोहरूले बाँसुरी बजाउन थाले भने के हुन्छ । २६–९–०७३

अणु कविता

हुँदैन सबै जग्गा खेत हुन्छ कति त खरक हुँदैन सबै ठाउँ स्वर्ग हुन्छ कति त नरक  हुँदैन हेर्न हर चीजलाई  एउटै आँखाले हुँदैन सबै दिन एकै हुन्छ कति त फरक  । ११–३–०७१

बेचिएको कलम

भन्छन् कलम तलबारभन्दा धेरै शक्तिशाली हुन्छ तलबारले ढाल्न नसकेको दरबार कलमले ढाल्छ अस्वीकार गर्दिनं म यस उक्तिलाई अविश्वास गर्दिनं म यस अभिव्यक्तिलाई कलम भनेको कलम नै हो कलममा जति दम हुन्छ त्यति तलवारमा कहाँ हुन सक्छ कलम तलबारभन्दा हजारौं गुना बढी शक्तिशाली हुन्छ मार हान्न सक्छ कलम धरतीको एउटा कुृनादेखि अर्को कुनासम्म तल पातालदेखि माथि आकाशसम्म् बिगतदेखि बर्तमानसम्म बर्तमानदेखि भविष्यसम्म विश्वदेखि ब्रह्माण्डसम्म शायद यही भएर होला हिटलर पनि कलमको अघि थरिकम हुन्छ चंंगेज खाँको घोडाको टाप पनि कलमको पदचापले टक्क रोकिन्छ कलम फुलबारीमा सुन्दर फूल भएर फुले पनि कलम खेतबारीका गहुँका बाला भएर झुले पनि युद्धभूमिमा बम भएर बिष्फोट पनि हुृन सक्छ कलम क्षेप्यास्त्र भएर धरतीका पल्ला टुप्पासम्म पनि मार हान्न सक्छ कलम शायद यही भएर होला यतिबेला खुला बजारमा बेचिन्छ कलम पनि किनिन्छ कलम पनि हाताहात बिक्छ कलम हाट बजारमा हट केक भएको छ कलम यतिबेला सुपर मार्केटमा शायद यही भएर पनि होला कलमको खरीद बिक्रीको ग्राफ निकै माथि उठेको छ मालामाल भएका छन् यतिबेला कलमका व्यापारीहरू कलमका कारबारीह...

स्वतन्त्रता

मानवबधशालाबाट एउटा मानव अस्थिपंंजर जब फिजाउँछ कालोपट्टिभित्र कैद आँखा बाहिर सडकतिर राजमार्गतिर मान्छेहरूका हुल हिंडिरहेका साइकिलहरू चलिरहेका मोटर बाइकहरू कुँदिरहेका गाडीहरू गुडिरहेका धमिलो धमिलो दृश्य देख्दछ लाग्दछ उसलाई स्वतन्त्रताकी देवी आएर बास बसे जस्तो खुला सडकमा खुला आकाशमा स्वच्छन्द बतास जस्तै स्वच्छन्द चरा जस्तै बेरोकटोक निर्धक्क हिडडुल गरिरहेछन् उनीहरू खुला सडकमा सास फेरिरहेछन् उनीहरू खुला आकाशमा बाँचिरहेका छन् उनीहरू स्वतन्त्र जीवन उन्मुक्तिको जीवन कुनै हतकडी छैन उनीहरूका हातमा कुनै नेल छैन उनीहरूका खुट्टामा कुनै जंजीर छैन उनीहरूका शरीरमा कुनै कालोपट्टि छैन उनीहरूका आँखामा चाहे सिंगो  मुलुक नै किन बनेको  नहोस् एउटा विशाल कारागार एउटा विशाल मानवबधशाला एउटा ग्यास च्याम्बर मान्छे बेपत्ता पार्ने घनघोर जंगल जिउँदै मान्छे पुर्ने गहिरो खाडल जिउँदै मान्छे जलाउने गाउँ बस्ती लाग्दछ उसलाई स्वतन्त्रताको अर्थ त परतन्त्रमा बुझ्न सकिन्छ शायद जीवनको अर्थ त मानवबधशालामा अनुभूत गर्न सकिन्छ शायद बाँच्नुको अर्थ त ग्यास च्याम्बरमा बुृझ्न सकिन...