Skip to main content

Posts

अणु कविता

हिजो  न्याय माग्ने मान्छे बहृुलाउँथ्यो  सतिले सरापेको यो देशमा आज न्याय खोज्ने मान्छे देखेर खुदै न्याय दिने मान्छे नै बहुलाउन थालेको छ सतिले सरापेको यो देशमा । २१–८–२०७५ ७–१२–२०१८

आॅखा

आॅखा हुन्  हर्षित पनि हुन सक्छन्  शोकाकुल पनि कठोर पनि हुन् सक्छन् द्रवित पनि आॅखा हुन मायालु पनि हुन सक्छन् क्रूर पनि चंचल पनि हुन् सक्छन्  अविचलित पनि आॅखा हून् संयमित पनि हुन् सक्छन् अधैर्य पनि तीक्ष्ण पनि हुन् सक्छन् क्षीण पनि चकित पनि हुन् सक्छन् थकित पनि आॅखा हुन् लजालु पनि हुन् सक्छन् तेजालु पनि सशंकित पनि हुन् सक्छन् भयभीत पनि बिस्मित पनि हुन् सक्छन् भ्रमित पनि आॅखा हुन् आक्रोशित पनि हुन् सक्छन् विनम्र पनि अशान्त पनि हुन् सक्छन् शान्त पनि निश्छल पनि हुन् सक्छन् निरिह पनि अबोध पनि हुन् सक्छन् प्रबुद्ध पनि ।  19-8-2075

अणु कविता

मालिक बर्गको शासन सत्ता मालिक बर्ग कै हातमा सरेको छ संकट मुलुकको खोई कहाँ टरेको छ समृद्धिको जति फलाके पनि चर्को नारा उसले हुम्ला जुम्लामा मान्छे सिटामल नपाई मरेको छ । २२–११–२०१८ ६–८–२०७५

दशै

दशैं आयो दशैं आयो भन्ने शब्द चारैतिर ध्वनित भएको हामी सुन्दछौं । दशै होइन दशा भनेको कुरा पनि हाम्रा कर्णकुंहरमा गुंजिन पुग्दछ । आजभोलि दशैंको बेलामा मान्छेहरूले तपाइंको दशैं छ कि छैन भनेर सोधेको पनि पाइन्छ । तपाइंको दशैं छ कि छैन भन्ने शब्द म पहिला पहिला सुन्दिनथे. । शायद यो नयाँ बिचारको अभिव्यक्ति हो । नयाँ संस्कारको कुरा हो । नयाँ संस्कृति र सभ्यताको कुरा हो । तपाइंको दशैं  छ कि छै्रन भन्ने सोध्ने मान्छेले साथसाथै हाम्रो दशैं छ वा छैन भन्ने कुरा पनि जनाउँछन् ।, घरमा वा आफ्नो नजिकको मान्छेको मृत्यु भयो भने त्यो बर्ष दशैं हुँदेन । कति मान्छेले कतै न कतै कसैको मृत्यु भएको हुनाले बषौं बर्षसम्म पनि दर्शै नमानेका हुन सक्दछन् । बर्षौ बर्षसम्म उनीहरूको दशैं नभएको हुन सक्दछ । यसरी हरेक बर्ष दशैं आए पनि कसैको दशैं हुन्छ । कसैको दशैं हुन्न । यसैले कसैको निम्ति दशैं निकै रमाइलो समय भए पनि कसैको निम्ति पीडाको विषय पनि बन्दछ । दशैं हिन्दुहरूको महान चाड मानिन्छ । तर पनि हिन्दुहरूले पनि दशैंलाई समान महत्व दिएको पाइन्न । जस्तै मारवाडीहरू दशैंलाई दिपावली भन्छन् । उनीहरू  दशैंलाईभन्दा बढी ...

आकाश सफा देख्दा

बादलिएको आकाश सफा देखिन्छ बेदाग देखिन्छ अदालतबाट सफाइ पाएको झगडिया जस्तो ढाकिएको छैन आकाश काला बादलका पर्दाले जुन तारा   घाम  छेक्ने गरी छैनन् कतै बादलका छिटा हो विल्कुल सफा छ आकाश हिउँचुलीको सेतो हिउँ जस्तो बृद्ध मान्छेका फुलेको सेतो कपाल जस्तो सुनिन्न कतै गड्यांग गुडुङ गर्जिन्न आकाश कानका जाली फुट्ने गरी चम्किन्न विजुली आँखा तिरमिराउने गरी खस्दैन इन्द्र बज्र धरती जोत्ने   गरी शान्त छ वातावरण चारैतिर श्मशान घाट जस्तै शान्ति छ चारैतिर महाभारतको युद्ध पछि छाएको शान्ति जस्तै कतै खोलो पहिरोको भय पनि छैन कतै  बाढीको प्रकोपको त्रास पनि छैन यतिबेला केवल एउटा प्रश्न मेरो मन मस्तिष्कमा  नाचिरहेछ कतै यो कुनै ठूलो आँधी आउनुभन्दा पहिले छाएको शान्ति त होइन कतै यो ठूलो उथलपुथलको पूर्व संकेत  त होइन कतै यो कुनै ठूलो आक्रमणको तयारीको लागि गरिएको अस्थायी सिज फायर त होइन प्रकृतिको भाषा बुझ्न गाह्रो छ तर असंभव छैन । २२–७–२०७५

रावण राज्य

न्याय नपाए गोरखा जानु भन्थे बुढापाकाहरू गोरखामा न्याय पाइन्थ्यो पाइन्नथ्यो मलाई थाहा  छैन तर अहिलेको गोरखा राज्यमा त न्याय मरेको छ बाँचेको छ त केवल अन्याय अन्यायको अगाडि अदालत पनि हारेको छ अदालतले पनि हात उठाएको छ मुर्खस्य ठिंगम् बलम भन्छन् कुरो त्यस्तै भएको छ अदालतको अवस्था पनि यतिबेला अन्यायी शरणाम गच्छामी कै जस्तो भएको छ  चाहेर पनि अदालत न्याय पार्न सक्दैन यस कारण कि अदालतले पारेको न्यायलाई पनि जोगीको भेषमा आएको रावण अपहरण गर्दछ यसैले यतिबेला न्याय बेपत्ता भएको छ जनयुद्धमा नेपाल आमाका असल छोरा छोरी बेपत्ता भए जस्तै रावणहरूका कब्जामा परेको अदालतले न्याय दिन नसके पनि यतिबेला सडकले न्याय दिन सक्दछ यत्ति हो सेलाएका सडक तात्न समय लाग्दछ स्वयं जनताले न्याय दिन सक्दछन् यत्ति हो जनताले दिनै न्यायको लागि त निकै लामो प्रतीक्षा गर्नु पर्ने हुन सक्दछ आखिर कुम्भकरणको निन्द्रामा सुतेका जनतालाई जगाउन पनि समय लाग्ने नै भयो तबसम्म रावणको राज्य कायम नै रहने भयो रावणको बर्बरता जारी रहने नै भयो रावणको क्रूरता प्रदर्शित भइरहने नै भयो तर पनि हामी सबै ढृुक्क हुने कुर...

अणु कविता

यो देशमा कुकुरले पुच्छर हल्लाउने होइन कि पुच्छरले कुकुर हल्लाउने यो देशमा जे पनि हुन सक्दछ कानूनको रक्षक नै कानूनका भक्षक हुन सक्दछ लोकतन्त्रको गर्भबाट नै हिटलर जम्मिन सक्दछ उसरी कुनै एक दिन सुनामी छाल उर्लेको बेला हिटलरको चिहान पनि नभेटिन सक्दछ । २–५–२०७५