Skip to main content

Posts

मेरो पढाइको दुरुपयोग

    मेरा बुबाले मलाई पिटी पिटी पढाउन थाल्दा भन्नु हुन्थ्यो उहाँले लेखपढ गर्न रुखको ठुटोमा लेखेर सिक्नु भएको हो । वास्तवमा त्यतिबेला बच्चा बच्चीहरूलाई लेख  पढ गर्न कुनै स्कुल खुलेकै थिएन ।  कुनै स्कुल बनेकै थिएन । त्यसैले बुबाले स्कुली शिक्षा प्राप्त गर्न सक्ने कुरो भएन । तर जब म केटाकेटी थिएँ गल्कोटमा दुईवटा मिडिल स्कुल खुलेका थिए । हरिचौर ( पुरानो नाम दरम ) मा गल्कोटे राजा रानीको नाममा भरत चैतन्य मिडिल स्कुल । हटिया बजारमा गौमुखी मिडिल स्कुल । अहिले यी दुबै स्कुल अस्तित्वमा छैनन् । यिनको नाम निशान समेत मेटिएको छ ।  गोठ जाँदा रुखको ठुटामा लेखपढ गर्न सिक्नु भएको बुवा रविलाल साहनीले मलाई निकै धेरै पढाउने इच्छा राख्नु हुन्थ्यो र त्यसको लागि निकै प्रयास गर्नु पनि भएको थियो । उहाँ हाम्रो आँगाखेत स्थित दोकानको लागि माल समान लिन बटौली जाँदा  डोकामा ठूलो वर्णमाला बोकाएर ल्याउनु हुन्थ्यो र मलाई त्यही ठूलो वर्णमालाबाट कख बारखरी आदि बढाउन शुरु गर्नु भएको थियो । उहाँ मलाई पिटी पिटी पढाउन खोज्नुहुन्थ्यो । बुवाले आजभोलि जस्तो रुसोको जस्तो प्रेमले पढाउने अवधारणाले दिग्द्र...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...

कविको खोजी

    कवि कहाँ भेटिन्छ  जहाँ तहाँ खोज तलाश गरेर  कवि कहाँ भेटिन्छ  सूचना पाटीमा हराएको सूचना टाँसेर  कवि कहाँ भेटिन्छ  सामाजिक संजालमा हराएको सूचना प्रकाशित गरेर कवि कहाँ भेटिन्छ कुनै गलीमा खोज तलाश गरेर कवि कहाँ भेटिन्छ कुनै गाउँ शहरमा चाहरेर  कवि कहाँ भेटिन्छ कुनै वन जंगलको परिक्रमा  गरेर     कवि त कहिले कविता खोज्न कल्पनाको आकाशमा पखेटा हालेर उडिरहेको पनि हुन सक्दछ कवि त कहिले कविताको खोजिमा विचारको सागरमा डुबुल्की लगाइरहेको पनि हुन सक्दछ  कवि त कतै कविताको वर प्राप्तिको लागि घरघोर तपस्यामा लीन भएको पनि हुन सक्दछ  कवि  त कुनै कुनामा बसेर कविता कोरली रहेको  पनि हुन सक्दछ कवि त कतै कविताको सृजनाको प्रसव पीडामा छटपटाइरहेको पनि हुन सक्दछ  कवि त कतै सभा गोष्ठीमा कविता वाचन  गरिरहेको पनि हुन सक्दछ कविको अर्कै संसार हुन पनि सक्दछ   कवि त कविताको संसारमा हराइरहेको पनि हुन सक्दछ वास्तवमा कविलाई खोज्नु नै छ भने  कविको कवितामा नै खोज्नु पर्दछ  कवि त कविको कवितामा नै भेटिन सक्दछ  कविस...

पुष्पलाल मेघालयमा

  पुष्पलाल बनारसमा नै स्थायी रूपले बस्दथे । बनारसको दशपुत्र गल्लीमा स्थित पार्टी कार्यालयमा बस्दथे । पार्टी कार्यालय नजिक नेपाली धर्मशाला थियो । नजिकै नेपाली जगदम्बा पुस्तकालय पनि थियो । बनारसमा त्यतिबेला बलराम उपाध्याय (बराउती ), गोविन्द ज्ञवाली, मोदनाथ प्रश्रित, मोहन चापागाई, गोपी रमण उपाध्याय, शान्ता मानवी आदि पनि स्थायी रूपमा नै डेरा गरी बस्दथे । बलराम उपाध्याय तथा गोविन्द ज्ञवालीले जति बेला पनि पुष्पलाललाई घेरिरहको हुन्थे । गोपीरमण उपाध्यायको उपस्थिति पनि पार्टी कार्यालयमा नै हुन्थ्यो । नेपालबाट वा अन्य कुनै ठाउँबाट पार्टी सम्पर्कमा आउने व्यक्तिहरू पुष्पलाललाई पार्टी कार्यालयमा नै भेट्दथे । पार्टी गरीब भएको हुनाले पार्टी कार्यालयको किराया तिर्न पनि निकै सकस हुन्थ्यो । कहिलेकाहीं खाने खर्चो नहुँदा भोक भोकै वा आधा पेट खाएर पनि बस्नु पर्ने हुन्थ्यो । पुष्पलाल चियाका निकै शौकिन थिए । बनारसको गल्लीमा पुष्पलालले चिया पिउने एउटा स्पेशल चिया पसल थियो ।  उसको चिया पसल पुष्पलालको लागि अति प्रिय चिया पसल थियो । सारा बनारसमा सबभन्दा असल चिया बनाउने पसल यही थियो ।  पुष्पलाल बनारस...

पुष्पलाल

                 जब हामी नेपाली भाषा साहित्यको चर्चा परिचर्चा गर्न थाल्छौं हामीले सर्वप्रथम लिने नाम हो भानुभक्त आचार्य । भानुभक्त आचार्यको नाम नलिई हाम्रो नेपाली भाषा साहित्य सम्बन्धको चर्चा परिचर्चाले पूर्णता पाएको मान्न सकिन्न । पूर्णता हुँदैन । ठीक त्यसरी नै जब हामी नेपाल कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनको चर्चा परिचर्चा गर्न थाल्छौं त्यतिबेला  हामीले अनिवार्य रूपमा सर्वप्रथम लिने नाम हो पुष्पलाल । पुष्पलालको नाम नलिई हाम्रो नेपाल कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनको चर्चा परिचर्चाले पूर्णता पाएको मान्न सकिन्न । पूर्णता हुँदैन ।   पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक हुन् । उनको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पुष्पलाललाई नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने दौरानमा उनलाई बंगाली कम्युनिष्ट नेता नृपेण चक्रवर्तीले ठूलो प्रेरणा दिएका थिए । कालान्तरमा नृपेण चक्रवर्ती उत्तर पूर्वी भारत त्रिपुराको मुख्य मंत्री भएका थिए । पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सचिव वा नेता ...

सत्यबारे सत्य

      सत्य सितिमिती हजम हुन नसक्ने कुरा हो । पच्न नसक्ने कुरा हो । यद्पि यसलाई अन्ततः हजम नगरी सुख छैन ।  स्वीकार नगरी पन्छिन मिल्दैन । झुठ टिक्दैन । सत्य डग्दैन । संसारमा जति सत्य कुरा छन् ती असत्य कुरासित ठूलो संघर्ष गरेर मात्र स्थापित भएका छन् । ठूला लडाईं लडेर मात्र  स्थापित हुँदै गइरहेका छन् । यद्पि यो कुरा पनि सत्य हो । सत्य निरपेक्ष हुँदैन । सापेक्ष हुन्छ । सत्य देश काल परिस्थिति सापेक्ष हुन्छ । जुन कुरा हिजो सत्य थियो आज त्यो सत्य नहुन पनि सक्दछ । जुन कुरा आज सत्य छ त्यो भोलि असत्य पनि हुन सक्दछ । हिजो सूर्य पृथ्वीको वरिपरि घुम्दछ भन्ने कुरा सत्य थियो । आज पृथ्वी सूर्यको वरिपरि घुम्दछ भन्ने कुरा सत्य हो ।  जुन कुरा नेपालको लागि सत्य छ त्यो अमेरिकाको लागि सत्य नहुन सक्दछ । नेपालमा दिन हुँदा अमेरिकामा रात हुन सक्दछ ।  सत्यलाई सम्पूर्ण रूपमा पनि देख्न पर्ने हुन्छ । अंशलाई देखेर पूर्ण देखेको दाबी गर्नु हुँदैन । संत्यलाई एक पक्षीय रूपमा हेर्न हुँदैन । निश्चित रूपमा त्यसलाई सम्पूर्णतामा  देख्न पर्ने हुन्छ । सम्पूर्णतामा बुझ्न पर्ने हुन्छ । यद्पि...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...