Skip to main content

Posts

नेपाली चेली प्रकृति लम्साल

   उडिसाको  कलिंग इन्सिचिट अफ इन्डिस्ट्रियल टेक्नोलिजी (  केआईआईटी ) विश्वविद्यालयमा अध्यनरत  भैरहवाकी छात्रा प्रकृति लम्सालले त्यही विश्वविद्यालयमा  अध्ययनरत लखनउको छात्र अद्विक श्रीवास्तवको  विविध प्रकारका प्रताडनाबाट पीडित बनेर आत्महत्या  गरेको वा उनको रहस्यमय तरिकाले हत्या भएको खबर बाहिरिए पछि म के निष्कर्षमा पुग्न वाध्य भएँ भने यति ठूलो  शैक्षिक संस्थाका संस्थापक , संचालक प्रोफेसर मनजुवा पाण्डे, प्रोफेसर जयन्तीनाथ लगायतका शिक्षित व्यक्तिहरू पनि विदेशी खास गरी नेपाली विद्यार्थीप्रति त्यति क्र्रुर बर्बर तथा निरंकुश , षडयन्त्रकारी , अराजकक तथा बेबिचारी पनि हुन सक्दारहेछन्  ? त्यति धेरै असभ्य पाशविक तथा अमानवीय पनि हुन सक्दारहेछन् ? निरिह प्रकृति लम्सालको प्राण रक्षाको लागि उनले गरेको रोदन क्रन्दन र हार गुहार  नसुन्ने मात्र होइन प्रकृति लम्सालको न्यायको लागि आवाज उठाउने १५०० भन्दा बढी नेपाली विद्यार्थीहरूदाई गुण्डाहरूको समेत प्रयोग गरी होस्टेलबाट लखेटी कटक रेलवे स्टेशनमा पुराई अलपत्र अवस्थामा छोड्न सक्दा रहेछन् । त्यसले गर्दा सम्बन...
Recent posts

काबुलीवाला

  उहिले गाउँघरमा भोटेहरू जम्बु ,कस्तुरी ,सियो आदि बिक्र्री गर्न डुल्ने गर्दथे । मान्छेहरू केटाकेटीलाई डर देखाउनु पर्दा भोटेले तँलाई लैजान्छ भन्दथे । यसरी नै भारतका शहर शहरमा नोकरी चाकरी गर्न होइन विभिन्न पेशा वा धन्दा गर्न काबुलवाट काबुलीवाला आउने गर्दछन् । त्यहाँ पनि बाबु आमाले केटाकेटीलाई डर देखाउन परे कावुुलीवालाले लैजान्छ भन्दछन् । काबुलीवाला भय र आतंकमा प्रतीक बनेका हुन्छन् । भारतमा विभिन्न शहरहरूमा काबुलीवाला विविध प्रकारको धन्दा चलाउने क्रममा प्रशस्त कावुलीवाला शिलाङको शहरमा पनि छप्छप्ती छापिएका हुन्छन् । छापिएका देखिन्छन् । शिलाङमा काबुलीवालाले शेक्सपियरको विश्व प्रसिद्ध नाटक मर्चेन्ट अफ वेनिशको खलनायक पात्र शाइलकले जस्तै  चर्को व्याजमा ऋण दिने गर्दछन् । व्याजमा पैसा लगाउने गर्दछन् । वास्तवमा कावुलीवाला हिंड्दा डुल्दा बैंक नै हुन् । यस्ता बैंक जो बिना कुनै धरौटी धितो जसलाई जति ऋण दिन परे पनि जतिबेला पनि दिन सक्दछन् । मैले बुझे अनुसार कार्यालयमा काम गर्ने अधिकांश बंगाली कर्मचारीहरूले काबुलीवालाहरूबाट ऋण लिने गर्दथे ।  काबुलीवालाहरूबाट ऋण लिए पछि भनेको बेलामा साउँ व...

मेरो संंस्कृत भाषा प्रेम

  शायद हाई  स्कुलमा पढ्ने बेलादेखि होला मेरो संस्कृत भाषाप्रति प्रेम भएकोले होला लोकराको चारदुवार अंग्रेजी हाई स्कुलमा कक्षा ९मा अध्ययन गर्दा मैले ऐच्छिक विषयमा संस्कृत भाषा रोजेको थिएँ ।  संस्कृत भाषाको सट्टामा वैकल्पिक हिन्दी वा स्वास्थ विज्ञान (  हाइजिन ) पनि लिन  सकिन्थ्यो । मेरा केही नेपाली सहपाठीले संस्कृतको सट्टा वैकल्पिक हिन्दी लिएका थिए भने कतिले हाईजिन पनि । स्कुलमा दुई किसिमका हिन्दी लिनु पर्दथ्यो । मेजर इन्डियन लङ्गुयजको रूपमा लिइने हिन्दी र संस्कृतको बदलामा लिन पाउने बैकल्पिक हिन्दी । संस्कृतको सट्टा लिने हिन्दी मेजर इन्डियन लङग्युज (  भारतीय प्रमृुख भाषा ) का तुलनामा केही सरल हुन्थ्यो । तर भारतीय प्रमुख भाषाका रूपमा समावेश गरिएको हिन्दी भने हिन्दी भाषी क्षेत्रको स्तरको हिन्दी थियो । त्यतिबेला असमको एजुकेशन बोर्डले नेपाली भाषालाई पनि मेजर इंडियन भाषाको रूपमा मान्यता दिएको भए पनि स्कुलमा नेपाली शिक्षक नभएको कारण देखाएर एक विषय नेपाली लिन पाइन्नथ्यो । यसैले मैले अध्ययन गरेको असमी स्कुलमा वाध्यतावस् हिन्दी लिन परेको थियो । मैले अध्ययन गरिरहेको...

बुबाको चश्मा

  चश्मा शौक, शान र फेसनको विषय पनि हो । चश्मा आवश्यकताको विषय पनि हो । मलाई भने चश्मा शौक, शान र फेसनको विषय होइन । आवश्यकताको विषय हो । पढ्ने बेलामा खास गरी कम उज्यालो भएको ठाउँमा मलाई चश्माको आवश्यकता पर्दछ । हो, म चश्मा लगाएर हिंडडुल गर्न मन पराउँदिनं । चश्मा लगाएर अध्यापन गर्न मन पराउँदिन ।  मलाई संझना छ , जब मैले बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गर्न पर्दथ्यो पछिल्ला वर्षहरूमा , खास गरी सायंकालंमा अंंग्रेजीका स्नातकोत्तरका कक्षा लिनु पर्दा,  म चश्मा लगाएर पढ्नु पर्ने कुरा पढ्दथें । चश्मा खोलेर विद्यार्थीहरूलाई स्पष्ट पार्नु पर्ने कुरा स्पष्ट पार्दथें । यसरी पटक पटक चश्मा लगाउँदा र चश्मा निकालेर अध्यापन गर्दा चश्मा छिटै टुटफुट हुने खतरा रहन्थ्यो । यसैले पनि मैले पटक पटक चश्मा किनिरहनु पर्दथ्यो । चश्मा फेरिरहनु पर्दथ्यो । सधैं चश्मा लगाइरहेमा त्यो छिटै टुट फुट हुने रहेनछ । पटक पटक चश्मा लगाउने र निकाल्ने गर्नाले चश्माको आयु घट्दो रहेछ । मैले सधैं चश्मा लगाउने बानी पार्न सकेको अवस्थामा मेरो बजेटको एउटा ठूलो अंश चश्मा फेर्नु वा किन्नुमा खर्च हुने थिएन । बरु चश्मा फेर्नु ...

बुबाको. छाता

  बुबाको मृत्यु म सानो छँदा नै भएको हुनाले उहाँका बारेमा मैले जति कुरा जाने बुझें त्यो अरुका मुखबाट सुनेर हो । बुबाका बारेमा धेरै कुरा त मैले आमा कै मुखबाट सुनेको हूँ । जानेको हुँ । यहाँ नेर मैले आमाकै मुखबाट सुनेको एउटा घटनाको चर्चा गर्न चाहन्छु । घटना हो बुबाको छाताको बारेमा । बुबाको छाताको अदला बदली भएको बारेमा । अदला बदला गरिएको बारेमा । हेराफेरीको बारेमा । बुबा बराबर गल्कोटे राजाको संगतमा हुनुहुन्थ्यो । बुबा दरम (  हरिचौर ) का व्यापारी नेवार थकालीको संगतमा हुनुहुन्थ्यो । बुबा हटिया बजारका व्यापारी नेवार थकालीको संगतमा हुनुहुन्थ्यो । बुवा बाँसखोला बामिया र सर्दाखेतका ठकुरीहरूको संगतमा हुनुहुन्थ्यो । त्यतिबेला गल्कोटमा बन्द व्यापार गर्ने बाहुन क्षेत्री र गुरुंग मगर थिएनन् भन्दा पनि हुन्छ । यो कुरा बेग्लै हो कि म नजन्मिदै मेरा बुबाले जेठा बुवा कान्छा बुबा र डाँडाका भंडारीसित मिलेर पहिले सगरियामा (  पार्टंनरसिपमा )  र पछि एक्ला एक्लै व्यापार गर्न थाल्नु भएको थियो । गाउँबाट तल बाटामा झरेर पसल थाप्न थाल्नु भएको थियो । बुबा गाउँको मुखिया , एकजना भलाद्मी , व्यापारी आदि ...

सानामा मेरो पानी पिउने बानी

     डाक्टरहरूले धेरैभन्दा धेरै पानी पिउने सल्लाह दिन्छन् । पानी पिउनाले हामीलाई कुनै नोक्सान गर्दैन । बरु फाइदा नै फाइदा गर्दछ । स्वस्थ रहनको लागि हामीले जति सकदो पानी पिउनु पर्दछ । पानी त हामी पिउँछौं नै । तर पानी पिउनाले हामीलाई फाइदा हुन्छ भनेर पिउँदैनौं । डाक्टरहरूले पानी पिउने सल्लाह दिएका छन् भनेर पिउँदैनौं । बरु हामी तिर्खा लाग्दा पानी पिउने गर्दछौं ।  हाम्रो शरीरले पानी मागेमा हामी पानी पिउँछौं । आज भोलि मैले केही बढी पानी पिउन थालेको छु । म आफ्नो शरीरले मागेभन्दा पनि बढी पानी पिउने गर्दछु । आजभोलि म सुत्नेबेलामा हाइन बरु विहान जुरुक्क उठेर पान पिउन थालेको छु ।  शायद मैले हाम्रो शरीरलाई पानीको ठूलो आवश्यकता हुँदोरहेछ भन्ने वास्तविकतालाई बुझेर धेरै नै पानी पिउने गर्दछु । तिर्खा लाग्दा त म अवश्य पानी पिउँछु नै । तिर्खा नलागे पनि म पानी पिउँछु । फेरि पहिले पहिले मैले जुनसुकै पानी पनि पिउने गर्दथें ।  आजभोलि सकेसम्म म शुद्ध पानी पिउने प्रयास गर्दछु । म केटाकेटी छँदा मलाई पानीको महत्वबारे खासै कुनै ज्ञान थिएन । पानी हाम्रो शरीरको लागि कति आवश्यक हुन्छ भ...

राजाले आमालाई झुक्काए

   राजा महेद्रको पश्चिमा भ्रमण हुँदा म घरमा थिइनं । गल्कोटमा थिइनंं । उनी गल्कोटमा पुगे पछि मजुवाको फाँटमा क्याम्प राखेर बसेछन् । त्यहाँ उनले डकुमेन्टरी फिल्प पनि देखाएर निकै चहल पहल गरेछन् । भेष बदलेर घुमघाम गरी सर्व साधारण जनताको अवस्था बुझ्न पनि खोजेछन् । राजा महेन्द्रले गल्कोटमा शिकार खेल्न पनि पाइन्छ भन्ने कुरा पनि सुनेको रहेछन् । यसैले उनले                    घुम्टेबाट घोरल  मृग लखेट्दै तल झार्न लगाएर शिकार  खेलेछन् । राजा महेन्द्रले गल्कोटको दरमखोलामा असला माछा निकै प्रसिद्ध छन् भन्ने कुरा पनि सुनेको रहेछन् । यसैले दरमखोलामा दोहालो थुनेर  माछा  मार्न पनि लगाएका रहेछन् । तर मैले यहाँ विशेष चर्चा गर्न खोजेको कुरा राजा महेन्द्रको पश्चिम भ्रमणको सिलसिलाका भन्दा गल्कोट आउनुभन्दा अघि र पछिका हुन् ।   राजा महेन्द्रको गल्कोटमा भ्रमण हुने भए पछि त्यहाँका बाटाघाटा सडक चाक्ला पार्ने काम तुफानी गतिले अघि बढाइएछ । बाटो खन्ने काममा निकै तीव्रता ल्याइएछ । राजा महेन्द्रले पश्चिमतिरको भ्रमण गर्दा हाम्रो दोका...