मेरो देशको मानव अधिकारको नाल नातो डलरको खेतीसित जोडिएको छ भनिन्छ यो कुरा हो होइन म भन्न सक्दिनं तर म के देख्दछु भने जब सत्ता र शक्तिमा भएको मान्छेले मानव अधिकारको भकुण्डो खेल्दछ जब सत्ता र शक्ति भएको मान्छेले मानव अधिकारकारलाई गोलीले उडाउँछ फाँसीमा झुण्डाउँछ मानव अधिकारलाई बुट र बन्दुकले कुल्चिन्छ आफूलाई मानव अधिकारको ठेकदार सम्झिने मानव आँखा चिम्भ गरेर बस्दछ कान थुनेर बस्दछ े मुख सिएर बस्दछ कुम्भकरणको निंदमा सुत्दछ तर जब पीडित मान्छे आफ्नो लुटिएको मानव अधिकारको खोजीमा सडकमा उत्रिन्छ मानव अधिकारको ठेकदारको तेस्रो नेत्र खुल्दछ मानव अधिकारको हनन् भयो भन्दै तण्डव नृत्य गर्न थाल्दछ । १६–१० २०७६