हरेक व्यक्ति गौरवमय जीवन व्यतीत गर्न चाहन्छ । हरेक देश गौरवमय राष्ट्रको रुपमा चर्चित हुन चाहन्छ । विख्यात हुन चाहन्छ । हामी नेपालीलाई हाम्रो दश नेपाल हुनुमा गर्व छ । विश्वमा नेपाल धेरै कारणले चिनिन्छ ,। नेपाल बुद्धको देश भनेर चिनिन्छ । नेपाल सगरमाथाको देश भनेर चिनिन्छ । भलै हामी हाम्रो लुटिएको जमीन फिर्ता लिन असमर्थ देखिएका छौं तर पनि विश्वमा बीर गोरखालीको रुपमा बिख्यात छौं । भिक्टोरिया क्र्रस पाउने हाम्रै पुर्खा हुन् । बीर चक्र पाउने हाम्रै पुर्खा छन् । हाम्रो देश विश्वमा किन प्रख्यात छ भने संसारका १० अग्ला शिखरमध्ये ६ हाम्रै मुलुकमा छन् । संसारमा सबभन्दा बढी थरिका चरा पाउने मुलुक हाम्रै देश हो । संसारमा सबभन्दा बढी थरिका पुतलीहरूको निवास हाम्रै नेपाल हो । जरुवा पानीको लागि हाम्र्रै नामी हाम्रै देश नेपाल हो । सबभन्दा अग्ला ठाउँमा ताल पोखरी हाम्रै देशमा छन् । हिमाल पहाड र तराईको विविधता र विेशेषताले युक्त हाम्रै देश नेपाल हो । सबै प्रकारको जलबायु र मौसमले युृक्त नेपाल पृथ्वीको स्वर्ग जस्तै छ । नेपाल विश्वको दोस्रो जलस्रोतको धनी देश हो । नेपालमा साना ठूला गरेर ६०००जति नदी नाला खोल