श्ुारुमा जब म १९६३ को वरिपरि गुवाहाटीको रेलवे प्लेटफर्ममा जान्थें रेलमा छ्र्रयाप्त छ्याम्ति नेपालबाट त्यतातिर गएका नेपालीहरू देखिन्थे । त्यहाँ जान कुनै नेपालीलाई रोकावट थिएन । बाँधा बन्देज थिएन । नेपाली टोपी दौरा सुरवाल पुरुष र गुन्यो चोलो ढुंंगरी मुन्द्री लगाएका नेपाली महिला रेलबे स्टेशनमा थुप्रिएका हुन्थे । त्यतिबेला नेपाली ठेकदार सडक निर्माणको काम , लकडीको काम तथा कोयलाखानीमा काम गर्नलाई हुलका हुल नेपालीलाई आसाम उतार्थे । नेपालका नदेखेका नेपाली आसाममा देख्न पाइन्थ्यो । जता गयो उतै नेपाली । शिलाङमा झन् बाक्ला नेपाली । खसिनीका दोकानमा काम गर्ने नेपाली । गोरुको मासु बोक्ने नेपाली । सडकमा नाम्लो बोकेर हिंड्ने भारी बोक्ने नेपाली । गोठमा काम गर्ने नेपाली । घर घरमा दूध पुराउने नेपाली । बंगला र होटेलमा काम गर्ने नेपाली । सैनिक नेपाली । पुलिस नेपाली । १९५० को नेपाल भारतबीच भएको शान्ति तथा मैत्री सन्धिले गर्दा नेपाली नागरिक भारतमा घुम्न फिर्न गाई बस्तु पाल्न बन्द व्यापार गर्न खेती पाती गर्न नोकरी चाकरी गर्न मेहनत मजदुरी गर्न कुनै बाँधा बन्देज थिएन । तर सुस्त सुस्त पूर्वांचल भारत