Skip to main content

Posts

संसद पुराण

बखान गरिन्छ बेलायत संसदीय लोकतन्त्रको जननी हो  बखान गरिन्छ  बेलायतको संसदले महिलालाई पुरष बनाउन सक्दैन  पुरुषलाई महिला बनाउन सक्दैन  अरु जे पनि गर्न सक्दछ  भन्न  त संसद अरु केही होइन  गफ गर्ने थलो हो पनि भनिन्छ बेलायती लेखक एम फोस्टरले भनका छन्े  समाजवादको तुलनामा उनलाई  संसदीय लोकतन्त्र किन मन पर्दछ भने  संसदीय लोकतन्त्रमा बोल्न पाइन्छ  संसदीय लोकतन्त्रमा मनका कुरा खोल्न पाइन्छ  लेनिनले भने  संसद सुंगुरहरूकै खोर भए पनि  कम्यृुनिष्टहरू त्यहाँ जान सक्दछन् संसदमा गएर संसदको धज्जी उडाउन सक्दछन्   संसदमा गएर संसदको भण्डाफोर गर्न सक्दछन् संसदमा गएर संसदको जग नै हल्लाउन सक्दछन् भत्काउन सक्दछन्  क्षत विक्षत पार्न सक्दछन्  ध्वस्त पार्न सक्दछन्  माओले.भने  संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो तर आज कति लेनिन र माओका  असली चेला हौं भन्नेहरूले हाम्रै मुलुकका कति कमरेडहरूले   संसद भनको सुखी र समृद्ध देश बनाउने कारखाना हो भनेका छन् संसद भनेको समाजवादमा पुग्ने म...

जनताको शत्रु

  पहिले नाटक पद्यमा लेख्ने चलन थियो । शेक्सपियरले ३७ बटा नाटक लेखे । उनले पद्यमा नाटक लेखे । कालीदासले अभिज्ञान शाकुन्तलम् नाटक पद्यमा लेखेका थिए ।  उहिलेका ग्रिक नाटककार सोफोकिल्ज एक्सिलस ये्ुरोपिडिस आदिले पनि गद्यमा नै नाटक लेखेका थिए । सोफोक्लिजको संसारकै अत्यन्त  दुखान्त  नाटक भनेर चिनिने नाटक किंग इडिपस पनि पद्यमा नै लेखिएको थियो । नेपालका शेक्सपियर भनेर चिनिने बालकृष्ण समले मुकुन्द इन्दिरा भक्त प्रह्mाद आदि जस्ता नाटक पनि पद्यमा नै लेखे । गद्यमा पनि नाटक लेख्न सकिन्छ र प्रभावशाली नाटक लेख्न सकिन्छ भनेर अघि सर्ने नाटककार हुन् नर्वेका हेनरिक इब्सन (  १८२८–१९०६ ) । भनिन्छ गोपाल प्रसाद रिमालमा हेनरिक इब्सनको ठूलो प्रभाव परेको थियो । हेनरिक इब्सनको निकै चर्चित नाटक डल्स हाउस ( पुतली घर ) हो । यसले महिलालाई विद्रोहको लागि सडकमा उतारेको छ । हेनरिक इब्सनको अर्को प्रसिद्ध नाटक हो एनेमी अफ द पिपुल ं ( जनताको शत्रु ं) । यस नाटकलाई आनन्द देव भट्टले नपाली भाषामा अनुवाद गरेका थिए जसलाई प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको थियो । तर यहाँ म नाट्य साहित्यको चर्चा परिचर्चा ग...

ओलीको प्रतिगमनले दिएको संंकेत

      मैले बुझे अनुृसार के पी ओली हिजो नेकपा मालेका कुनै ठूला नेता होइनन् । थिएनन् । कुनै शक्तिशाली तथा प्रभावशाली नेता होइनन् । थिएनन् । तथापि राष्ट्रघाती महाकाली सन्धि पास गर्नलाई शेरबहादुर देउवासित हातमा हात र काँधमा काँध मिलाएर विस्तारवादी भारतलाई साथ दिए पछि यिनी बलिया हुँदै गए । कसैको आड लिए पछि वा कसैको आड पाए पछि एउटा छेस्को पनि सतीसाल जस्तो देखिदो रहेछ । आफू नजिकैको कुरा गर्ने हा भने हिजो पंचायतकालमा दीपक बोहरा कति शक्तिशाली थिए भन्ने कुरा जग जाहेर छ । तर पंचायत ढले पछि दीपक बोहरा चाउरिएको मरीज जस्ता भए । भोलि के पी ओलीको हालत पनि त्यही हुने हो । त्यो भन्दा अझ बदतर हुने हो ।  उनको हालत दीपक बोहराको भन्दा हजार गुना कमजोर हुने हो । यतिबेला देशी विदेशी शक्तिको साथसाथै अवसरवादी झुण्डको साथ मिलेको हुनाले यिनी हिटलर जस्तै बलिया देखिन पुगेका छन् । तर दुनियाँलाई थाहा छ संसार हल्लाउने हिटलरको चिहान पनि भेटिएको होइन । कुनै दिन फिलीपिन्सका शासक मार्कोसले पनि हिटलर बन्न खोज्दै विपक्षीमाथि आक्रोश पोख्ने गरेका थिए । उनले निर्वाचनमा ९० प्रतिशलभन्दा बढी मत पाएर आफूलाई विजयी...

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।...

मणिराम भट्टराईको संझनामा

एक बिहान मैले आफ्नो फेसबुक हेर्न थालें ।  त्यहाँ शुरुमा नै मणिराम भट्टराईको ठूलो फोटो देखा पर्यो । मैल सोंचे मेरो फेसबुकसित मणिराम भट्टराई जोडिएका छैनन् । कसरी उनको फोटो मेरो फेसबुकमा देखा पर्यो । मणिराम भट्टराइको फोटो तल लेखिएका शब्दहरू पढ्दै जाँदा पो मलाई थाहा भयो यो त  उनीप्रति श्रद्धांजली व्यक्त गर्न राखिएको फोटो रहेछ । म छाँगाबाट खसे जस्तो भएँ । यो मेरो लागि अत्यन्त अकल्पनीय कुरो थियो । म मर्माहत भएँ । मैले फेसबुक बन्द गरें । त्यतिबेला नै पोखराबाट प्राध्यापक यमबहादुर क्षेत्रीको फोन आयो । उनले दुखद समाचार सुनाउँदै भने मणिराम भट्टराईको दुखद मृत्युको खबर दिन मैले तपाइंलाई फोन गरेको हुँ । मैले भने मैले फेसबुकबाट भर्खर मणिराम भट्टराईको मृत्यु भएको खबर थाहा पाएको छु । यमबहादुर क्षेत्री त मणिराम भट्टराईबीच चिनजानी आसामको हाप्फलुंगमा भएको थियो । हाफलुग पहाडी जिल्ला हो । ब्रिटिशले रेल पुराएको पहाडी जिल्ला । मणिराम भट्टराई र यमबहादुर क्षेत्री दुबैले हाफ्लुंग कलेजमा अध्ययन गरेर गुवाहाटी विश्वविद्यायलबाट वी ए पास गरेका थिए ।   यमबहादुर क्षेत्रीले केही दिन भैरहवा क्याम्पसमा ...

रुप कार्कीको सम्झनामा

       पmेस बुकमा पढें । काठमाण्डौ आउँदै गर्दा भारोत्तलनका विश्व विजेता रुप कार्कीको बाटामा नै मुत्यु । निश्चित रुपमा यो अत्यन्त  दुखद खबर थियो । मैले सोंचे रुप कार्कीको मृत्यु अमेरिकाबाट नेपाल आउँदा बाटोमा नै भएको होला । तर  पूरा कुरा पढे पछि मलाई थाहा भयो – रुप कार्कीको रुपन्देहीबाट उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको रहेछ । मलाई के पनि थाहा भयो भने रुप कार्की हाल नेपालमा नै रहेछन् । रुपन्देहीमा नै रहेछन् । नेपालमा भएको अवस्थामा नै उनको मृत्यु भएको रहेछ ।  म रुप कार्कीलाई चिन्दैनथे । उनीसित मेरो भेटघाट चिनाजानी केही थिएन । उनी मेरा लागि शत प्रतिशत अपरिचित व्यक्ति थिए ।  यस्तै केही महिना वा बर्ष अघि होला एक दिन मलाई फोन गर्दै बसन्त  पोखरेलले भनेका थिए – भारोत्तलनका विश्व विजेता रुप कार्की अमेरिकाबाट आएर रुपन्देहीमा कतै बस्दारहेछन् । उनी गल्कोट बांग्लुङका मान्छे रहेछन् । तपाइंका गाउँले । उनलाई भेटेर लेख लेख्नु भए राम्रो हुन्थ्यो । मलाई बसन्त पोखरेलको सल्लाह सुझाव मन परेको थियो ।  कुनै न कुनै क्षेत्रमा चर्चित बनेका व्य...

जनार्दन आचार्यको संझनामा

  त्यतिबेला मेरो मित्र दुर्गा प्रसाद अधिकारी बाबु मणिसिंह गुरुङको जीवनी लेख्ने कार्यमा लागेका र त्यसको आवश्यक सामाग्री जुटाउँदै थिए । यसै सन्दर्भमा हामीले मदन पुरस्कार पुस्तकालयबाट मणिसिंह गुूरुङले १९३६ तिर शिलाङबाट प्रकाशित  र सम्पादित गरेको पत्रिका गोर्खा सेवकका प्रतिहरू प्राप्त गर्न सकिन्छ कि भनेर त्यसका हर्ता कर्ता कमल मणि दीक्षितलाई भेट्न पुलचौक पुगेका थियौं । हामीले त्यस दिन कमल मणि दीक्षित जनार्दन आचार्यले सम्पादन गरेको साप्ताहिक समाचारपत्र साप्ताहिक समाकालीनमा मैले गुवाहाटीका प्रेमसिंह सुवेदीका सम्बन्धमा लेखेको लेख पढ्दै रहेछन् । उनले हामीले भेट्नासाथ मलाई भने म तपाइंले साप्ताहिक समकालीनमा गुवाहाटीका प्रेमसिंह सुवेदीका बारेमा लेखेको लेख अध्ययन गर्दै थिएँ । तपाइंंले आसामतिरका साहित्यकारहरूका बारेमा कलम चलाएर निकै महत्वपूर्ण काम गर्नु भएको छ ।  तपाइंले माओवादीका सम्बन्धमा  पनि लेख लेख्नु हुने रहेछ । ती लेखतिर मेरो खासै चासो छैन । तर तपाइंले  आसामतिरका साहित्यकारहरूका बारेमा लेख लेखेर हामीलाई महत्वपूर्ण सूचना उपलब्ध गराउनृु भएको छ । पछि तपाइंले यसलाई पुस्तक...