Skip to main content

Posts

सुकुम्बासी समस्या र समाधान

  यतिबेला मुलुकमा सुकुम्वासीका सम्बन्धमा व्यापक चर्चा भएको छ ।  यस चर्चामा भाग लिनेहरूमध्ये कतिले सुकुम्बासीप्रति आफ्नो भए भरको घृणा उपेक्षा तथा आक्रोश प्रकट गरेको छन् । उनीहरूलाई अवान्छित पात्र पात्राको रुपमा खडा गरेका छन् ।  तिनीह्रू सुक्ुम्वासी होइनन् । हुकु्मबासी हुन् पनि भनेका छन् । फेरि कतिले सुकुम्बासीप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् । उनीहरू दयनीय अवस्थाप्रति आफ्नो चिन्ता पनि जाहेर गरेका छन् ।  उनीहरूले सुकुम्बासीलाई मानवीय दुष्टिले हेरेका छन् । यसै सन्दर्भमा सामाजिक संजालहरूमा मनमोहन अधिकारीको पालामा बनेको सुकुम्बासी आयोगबाट विष्णु पौडेल , प्रदीप ज्ञवाली, सिद्धिनाथ ज्ञवाली, शिव सुवेदी र गोपीरमण उपाध्यायले सुकुम्बासीको नाममा जग्गा प्राप्त गरेको चर्चा पनि चलिरहेको छ । यी सब कुराल नेपालमा सुकुम्बासी शब्द कै विद्रु्पीकरण भएको जस्तो  देखिन्छ ।  यसैले पनि सुकुम्बासी को हुन् र नेपालमा सुकुम्बासी समस्याको समाधान के हो भन्ने सवालमा प्रश्न उठाउनु पर्ने भएको छ । इतिहासकारहरूले भनेका छन् भारत यस्तो धनी देश हो जहाँ गरीबहरू बस्दछन् । हुन पनि भारतमा नेपालका ...

नेपाली साहित्य परिषद्, शिलाङको स्वर्ण जयन्ती

       शिलाङको गोर्खा पाठशाला हाएर सेकेन्ड्री स्कूल मोप्रेम गाडीखानमा स्थित मणिसिंह गुरुङ सभागुहमा विभिन्न कार्यक्रम सहित यही नवम्बर ६ तारिक २०२२  (  २९ कार्तिक २०७९ ) का दिन नेपाली साहित्य परिषद् शिलाङको स्वर्ण जयन्ती समारोहको आयोजना गरिएको छ ।  यो नेपाली साहित्यिक पत्रिका मादलको पनि स्वर्ण जयन्ती बर्षको अवस्था हो ।  यसमा भाग लिन भनेर झण्डै ६ महिना अघिदखि मादलका सम्पादक तथा नेपाली साहित्य परिषद्का सचिव नरबहादुर राईले मलाई  धर्म भूसाल र दुर्गा प्रसाद अधिकारीलाई ईश्वर िप्रसाद खनाललाई समेत साथमा लिएर त्यस कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । जोर गरेका छन् र हामी सबैसित पटक पटक फोन सम्पर्क गरेका छन्  ।  हामी चारैजना कुनै न कुनै रुपमा नेपाली साहित्य परिषद् र मादलसित जोडिएका थियौं ।  शुरुमा दिनमा नेपाली साहित्य परिषद् र मादल पत्रिकामा क्रियाशील रहेका थियौं । यसैले त्यस कार्यक्रमा हामी उपस्थित हुन नसक्नु यसका आयोजकलाई मात्र होइन हामी निमन्त्रित चारै जनालाई खट्किने कुरा हो । दुखित हुने कुरा हो । पीडा हुने कुरा हो ।  फेरि पनि...

गल्कोट

  म सोंच्दछु  मलाई लाग्दछ  गल्कोट गल्कोटमा छैन  प्रथम विश्व युद्ध लडेको गल्कोट  द्वितीय विश्व युद्ध लडेको गल्कोट युद्ध लड्न जहाँ पनि पुगेको गल्कोट  युद्ध लडेर कहिले नथाकेको गल्कोट हिजो लाहुर जान्थ्यो गल्कोट  इंडिया बर्मा जान्थ्यो देहरादुन भाक्सु धर्मशाला अल्मोडा काश्मिर जान्थ्यो  जान त दिल्ली बम्बई मदरास पनि जान्थ्यो  काशी कलकत्ता कानपुर पनि जान्थ्यो  तर पनि बढी त  आसाम गुवाहाटी तिनसुकिया शिलाङ चिरापूंजी जान्थ्यो  नागालैण्ड मणिपुर ऐजल तृुरा जान्थ्यो हुँदा हुँदा गल्कोट मलाया हङकङ जान थाल्यो बेलायत जान थाल्यो अहिले त  गल्कोटका लागि कतार कुबेत साउदी दृुबईं  मलसिया जापान कोरिया सबै  पानी पधेरो भएको छ  अमेरिका क्यानाडा अस्ट्रेलिया युरोप  बसाइ सराइको नयाँ मुलुक भएको छ  पृथ्वीको  जुनसुकै कुनामा गए पनि गल्कोट भेटिने छ  गल्कोटको भ्रमण गर्न पाइने छ  गल्कोटको दर्शन गर्न पाइने छ  गल्कोट यत्र तत्र सर्वत्र छ  सर्वव्यापी छ  कहाँ छैन र गल्कोट सिर्फ गल्कोट गल्कोटमा छैन । ५–७–२०७९ २२–१०...

मेघालयका पृुलिसका फन्दामा पर्दा

  मेरो पुष्पलालको नेतृत्वको पार्टीका रहँदादेखि नै तिल कार्कीसित आत्मीय मित्रता भएको थियो ।  पछि तिल कार्कीको परिवारसित मेरो पारिवारिक सरहको सम्बन्ध पनि स्थापित हुन पुगेको थियो । पुष्पलालको पालादेखि स्थापित भएको तिल कार्कीको परिवारसितको मेरो गहिरो सम्बन्ध पछि नेकपा माले  कालमा पनि यथावत रहेको थियो ।  मैले शिलाङ छोडे पछि त्यहाँ गएर बस्ने घर नै तिल कार्कीको घर बनेको थियो । वास्तवमा शिलाङमा तिल कार्कीको घर उनको नीजी घर नभई  उनका बुबाले काम गर्ने क्रिश्चियन मिसनरीको स्वामित्वमा रहेको घर कम्पाउण्ड थियो ।  तिल कार्कीको बुबालाई बस्न खान काम गर्न दिएको घर एउटा सैनिक व्यारेक जस्तै थियो ।  लहरै कोठा कोठा भएको ।  ठूलो कम्पाउण्ड भएको प्रशस्त जमीन भएको । तिल कार्की त्यतिबेला नेकपा मालेसित सम्बन्धित प्रवासी नेपालीको संगठनको नेतृत्व गरिरहेका थिए । म शिलाङ पुग्दा दीपक विश्वकर्मा पनि शिलाङ पुगेका रहेछन् । तिल कार्की कै घरमा पुगेका रहेछन् । तिल कार्कीको घरमा नै हाम्रो भेट भयो ।  पोखरामा नेकपा मालेको रहेर काम गरिरहेका दीपक आफ्नो  बाबुले काम गरिरहेको मेघालयत...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

शंकरमानसितको झडप

  हुन त यस विषयमा कलम चलाउने मेरो कुनै उद्देश्य वा योजना थिएन । सोंच थिएन । तर  कहिले आफूले नसोचेको विषय पनि लेखको  विषय बन्दछ । आफूले  कहिले  नसोचेको विषयमा पनि कलम चलाइन्छ । यस लेखको सम्बन्धमा यस्तै भएको छ ।  पटक पटक मेरा मित्र ऋषिराम भुसालले म त साह नि को प्रसंग उठाइरहेको र हालसालै भेट हुँदा पनि उनले यस प्रसंगलाई कोट्याएको हुँदा  यस विषयमा पनि कलम चलाउने सोंच मेरो बन्यो । त्यसैको परिणाम यो लेख हो ।  म जब योगीकुटीतिर निस्किन तालिम केन्द्रको आड  हुँदै  कालिकानगरको बाटो हिंड्छु त्यहाँ एकजना  चिर परिचित व्यक्तिको नाम रहेको पथ जाने संकेतको  बोर्ड राखेको बाटो देख्दछु । त्यस बाटो वा पथतिर मेरो नजर पर्दछ ।  त्यो पथ हो शंकरमान पथ ।  शंकरमान पथ देख्नासाथ मेरो मनमा अनेक कुरा खेल्न थाल्दछन् । मेरो अगाडि एउटा सिंगो इतिहास उपस्थित भए जस्तो लाग्दछ ।  मेरो वा हाम्रो शंकरमान श्रेष्ठसित पहिलो र अन्तिम भेट राजमार्ग चौराहामा भएको थियो । त्यतिबेला म भैरहवा बहुमुखी क्याम्पसमा पढाउँथे । भैरहवामा नै बस्दथें ।  कुनि के कामका लागि...

निन्दकहरूको सही परिचालन

    कतिबला मान्छको गलत सोंच नै उसको दुृश्मन बनेको हुन सक्दछ । यसैले पनि हामीले आफ्नो सोचलाई पनि परिवर्तन गर्नु पर्ने आवश्यता पर्दछ । हामीले हाम्रै फायदाको लागि पनि हाम्रो सोंचमा परिवर्तन ल्याउन आवश्यक पर्दछ ।  हामीले जहिले पनि राम्रा मान्छेहरूले मात्र राम्रा काम गरेको कुरा सोंच्दछौं । हामी कहिले यो कुृरा सोच्दैनौं कि नराम्रा मान्छेले  पनि राम्रा काम गर्न सक्दछन् । नराम्रा मान्छेले पनि राम्रा काम गरेका छन् ।  खराब मान्छोमा पनि असल गुण हुन सक्दछ । रत्नाकार डाँकुको नाम हो । रत्नाकार  हत्यारा तथा लुटेराको नाम हो । तर रत्नाकार डाँकु पछि ठूला कवि भए । बाल्मिकी भए । रामायणका लेखक बने । सम्मानीत व्यक्तित्व बने । पुजनीय व्यक्ति बने ।  रावण खराब मान्छे थिए । अझ राक्षस थिए । तर उनले सीतालाई अपहरण गरे पनि ससम्मान राखे । सुरक्षित राखे । महिलाहरूकै संरक्षणमा राखे ।  रावण रामका दुश्मन थिए । तर रामले लक्ष्मणलाई भने जाऊ मृत्युको मुखमा पुगेका रावणबाट ज्ञान गुण तथा शिक्षाका कुरा लिएर आऊ । रावण खराब मान्छे थिए । तर उनले  सुनको लंका बनाएका थिए ।  उनले दूधका ...