Skip to main content

Posts

पुष्पलाल मेघालयमा

  पुष्पलाल बनारसमा नै स्थायी रूपले बस्दथे । बनारसको दशपुत्र गल्लीमा स्थित पार्टी कार्यालयमा बस्दथे । पार्टी कार्यालय नजिक नेपाली धर्मशाला थियो । नजिकै नेपाली जगदम्बा पुस्तकालय पनि थियो । बनारसमा त्यतिबेला बलराम उपाध्याय (बराउती ), गोविन्द ज्ञवाली, मोदनाथ प्रश्रित, मोहन चापागाई, गोपी रमण उपाध्याय, शान्ता मानवी आदि पनि स्थायी रूपमा नै डेरा गरी बस्दथे । बलराम उपाध्याय तथा गोविन्द ज्ञवालीले जति बेला पनि पुष्पलाललाई घेरिरहको हुन्थे । गोपीरमण उपाध्यायको उपस्थिति पनि पार्टी कार्यालयमा नै हुन्थ्यो । नेपालबाट वा अन्य कुनै ठाउँबाट पार्टी सम्पर्कमा आउने व्यक्तिहरू पुष्पलाललाई पार्टी कार्यालयमा नै भेट्दथे । पार्टी गरीब भएको हुनाले पार्टी कार्यालयको किराया तिर्न पनि निकै सकस हुन्थ्यो । कहिलेकाहीं खाने खर्चो नहुँदा भोक भोकै वा आधा पेट खाएर पनि बस्नु पर्ने हुन्थ्यो । पुष्पलाल चियाका निकै शौकिन थिए । बनारसको गल्लीमा पुष्पलालले चिया पिउने एउटा स्पेशल चिया पसल थियो ।  उसको चिया पसल पुष्पलालको लागि अति प्रिय चिया पसल थियो । सारा बनारसमा सबभन्दा असल चिया बनाउने पसल यही थियो ।  पुष्पलाल बनारस...

पुष्पलाल

                 जब हामी नेपाली भाषा साहित्यको चर्चा परिचर्चा गर्न थाल्छौं हामीले सर्वप्रथम लिने नाम हो भानुभक्त आचार्य । भानुभक्त आचार्यको नाम नलिई हाम्रो नेपाली भाषा साहित्य सम्बन्धको चर्चा परिचर्चाले पूर्णता पाएको मान्न सकिन्न । पूर्णता हुँदैन । ठीक त्यसरी नै जब हामी नेपाल कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनको चर्चा परिचर्चा गर्न थाल्छौं त्यतिबेला  हामीले अनिवार्य रूपमा सर्वप्रथम लिने नाम हो पुष्पलाल । पुष्पलालको नाम नलिई हाम्रो नेपाल कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनको चर्चा परिचर्चाले पूर्णता पाएको मान्न सकिन्न । पूर्णता हुँदैन ।   पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक हुन् । उनको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पुष्पलाललाई नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने दौरानमा उनलाई बंगाली कम्युनिष्ट नेता नृपेण चक्रवर्तीले ठूलो प्रेरणा दिएका थिए । कालान्तरमा नृपेण चक्रवर्ती उत्तर पूर्वी भारत त्रिपुराको मुख्य मंत्री भएका थिए । पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सचिव वा नेता ...

सत्यबारे सत्य

      सत्य सितिमिती हजम हुन नसक्ने कुरा हो । पच्न नसक्ने कुरा हो । यद्पि यसलाई अन्ततः हजम नगरी सुख छैन ।  स्वीकार नगरी पन्छिन मिल्दैन । झुठ टिक्दैन । सत्य डग्दैन । संसारमा जति सत्य कुरा छन् ती असत्य कुरासित ठूलो संघर्ष गरेर मात्र स्थापित भएका छन् । ठूला लडाईं लडेर मात्र  स्थापित हुँदै गइरहेका छन् । यद्पि यो कुरा पनि सत्य हो । सत्य निरपेक्ष हुँदैन । सापेक्ष हुन्छ । सत्य देश काल परिस्थिति सापेक्ष हुन्छ । जुन कुरा हिजो सत्य थियो आज त्यो सत्य नहुन पनि सक्दछ । जुन कुरा आज सत्य छ त्यो भोलि असत्य पनि हुन सक्दछ । हिजो सूर्य पृथ्वीको वरिपरि घुम्दछ भन्ने कुरा सत्य थियो । आज पृथ्वी सूर्यको वरिपरि घुम्दछ भन्ने कुरा सत्य हो ।  जुन कुरा नेपालको लागि सत्य छ त्यो अमेरिकाको लागि सत्य नहुन सक्दछ । नेपालमा दिन हुँदा अमेरिकामा रात हुन सक्दछ ।  सत्यलाई सम्पूर्ण रूपमा पनि देख्न पर्ने हुन्छ । अंशलाई देखेर पूर्ण देखेको दाबी गर्नु हुँदैन । संत्यलाई एक पक्षीय रूपमा हेर्न हुँदैन । निश्चित रूपमा त्यसलाई सम्पूर्णतामा  देख्न पर्ने हुन्छ । सम्पूर्णतामा बुझ्न पर्ने हुन्छ । यद्पि...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

लेखक पाठक प्रकाशक तथा राज्य १

  भन्न त कतिपय साहित्यकारले आफूले स्वान्त सुखाय लेखेको कुरा पनि गर्दछन् । तर यस कुरामा त्यति सत्यता छैन । हुँदैन । यथार्थमा जुनसुकै साहित्यकारले आफूले लेखेका कुरा पाठक समक्ष  पुराउन खोज्दछन् । जनताका बीचमा पुराउन चाहन्छन् । यो साहित्यकारहरूमा रहेको आम प्रवुत्ति नै हो । साहित्यकारले आफ्ना कुरा कुनै माध्ययमद्वारा व्यक्त गरेर संतुष्टि प्राप्त गर्ने कुरा त छँदै छ । उनीहरूले प्राप्त गर्ने अर्को संतुष्टि उनका अभिव्यक्ति पाठकसामु पुराउनु नै  हो । हुन त साहित्य सृजना नै साहित्यकारको प्रमुख लक्ष्य हो । यस अर्थमा आफ्ना सृजना पाठकसामु पराउने कुरा तपसिलमा पर्दछन् । लेखक कवि वा साहित्यकारले परस्परमा आफ्ना सृजना पढेर सुनाएर पनि एक प्रकमारले पाठकसम्म आफ्ना रचना पुगेको अनुभूति लिन सक्दछन् । संतुष्टि लिन सक्दछन् । यसबाट उनीहरूलाई के पनि अतिरिक्त लाभ हुन सक्दछ भने  यसबाट उनीहरू परस्परमा फिड व्याक प्राप्त गर्न सक्दछन् । आफ्ना रचनालाई परिमार्जित गर्न आवश्यक सुझाव सल्लाह प्राप्त गर्न सक्दछन् ।  सामान्य लेख रचना त पत्र पत्रिकामा प्रकाशित गरेर पनि पाठकसामु आफ्ना सृजना पठाउन सकिन्छ । त...

आसामको लोकरामा भानु सालिक

       लेखक बिक्रमबीर थापाले फेसबुकमा लेखेछन् —  हिजो २० मई २०२४ मा लोकराको भानुचोकमा प्रवचनवाचिका राधिका दासीले भानुभक्त आचार्यको अर्ध सालिकमा दीप प्रजलन गरेर माल्यार्पण गरेकी भिडियो समाचार  ध्बय ब्ककबm न्यचपजबष् ि चेनलले फेस बुकमा दिएको थियो । उनले के पनि लेखेका रहेछन् भने आसाम राइफल्सका भूतपूर्व सुवेदार लिलहाङ लिम्बू  (  लियानी ) ले आफ्नी स्वर्गीया धर्मपत्नी श्रीमती  दुर्गमाया लियानीको चिर स्मृतिमा भानुको अर्ध सालिक निर्माण गरेर ३० मई २००३ का दिन तेजपुरका तत्कालीन जिल्ला अधीक्षक डा. अरिज अहमदको बाहुलीबाट भानुको अर्ध सालिक अनावरण गराए पछि यस ठाउँको नाउँ भानुचोक भएको हो । यही भानुचोकबाट चारदुवार र सोनाईनेपाली ( सुनाइपाम ) जाने बाटो छुट्टिएको छ । उनका यस सूचनाले मलाई अत्यन्त खुशी किन गरायो भने यो ठाउँसित म निकै नै परिचित थिएँ । यस ठाउँमा मैले लगभग तीन वर्ष बिताएको थिएँ । यस ठाउँसित मेरो गहिरो सम्बन्ध हुन पुगेको थियो । अर्को कुरा यस ठाउँमा बसोबासो गर्दा म यस ठाउँको  सामाजिक तथा साहित्यिक गतिविधिमा संलग्न रहेको थिएँ । सहभागी भएको थिएँ । म ...

धर्मराज थापालाई भेट्दा

  चोर पनि होइनौ तिमी डाँकुु पनि होइनौं सामन्तको बीचमा नाच्ने पनि होइनौं  कहाँ गयौ बीर के आई सिंह जेलखाना तोडेर  धर्मरजा थापाले गाएका थिए यो गीत डाँडा काँडा थर्काउने गरी कुनै दिन । धुरु धुरु नरोऊ आमा तिम्रो आँशु पुछेर छाडौला ......... निकै चर्चित थियो  यो गीत कुनै दिन धर्मराज थापाले गाएको । धेरैका मुख मुखमा हुन्थ्यो यो गीत त्यतिबेला ।  नेपालीले माया मार्यौ बरिलै  जन्मेको देशलाई नेपाली भषलाई नेपालीले माया मार्यौ बरिलै  कुनै दिन नेपालका डाँडा काँडा बन जंगल भीर पाखामा गुन्जिन्थ्यो यो गीत पनि । यो गीत आजभोलि कतै गाइन्न । कतै गुन्जिन्न । तर हिजोभन्दा आज यो गीत अझ बढी सान्दर्भिक होला जस्तो अवस्था सृजित भएको छ यो देशमा । हरियो डाँडामाथि....... जस्ता निकै चर्चित लोकगीत गएका थिए धर्मराज थापाले कुनै दिन आफ्नो सुमधुर स्वरमा ।  आज मादल बज्यो किन .....यो पनि धर्मराजाको निकै लोकप्रिय चर्चित गीत थियो । धेरै मन पराइएको गीत थियो धर्मराज थापाको कुनै दिन ।  घर सम्झी रोएको होला डाँडा काटी  गएको .नेपाली धर्मराज  थापाले गाएको यो गीतले पनि तहल्का मच्चाएको ...