Skip to main content

Posts

Showing posts from December, 2019

गुरु चेला संवाद

चेला प्रश्न  गर्दछन् कसुर उस्ते उस्तै छ गुरु एउटा सिधै जेल जान्छ अर्को बाइज्जत छुट्छ यो मत्स न्याय भएन र ? गुरु उवाच  न्याय न्याय नै हो जति अन्याय भए पनि मत्स न्याय भने पनि स्वच्छ न्याय भने पनि यो कुनै नौलोे र आश्चर्यको कुरा होइन बत्स यो सबै उपरवालाको इच्छा हो हामी सबैले बुझ्नै पर्ने कुरा हो यो उपरवालाको इच्छा नै न्याय सिद्धान्तकोे मूल स्रोत हो । १–१–२०२०

कुर्सी

बल्ल मेरो तेस्रो नेत्र खुल्यो बल्ल मेरो आङमा घाम ःलाग्यो बल्ल मेरो ध्यानले बोधिसत्व प्राप्त गर्यो हाम्रो खास दुश्मन त कुर्सी पो रहेछ हामीले पुज्ने गरेको कुसीै हामीले सलाम ठोक्ने गरेको कुर्सीं हामीले रगत बगाएर स्थापना गरेको कुर्सी होला हुन त हाम्रो दुश्मन बाहिर बाहिरबाट कुर्सीलाई चलाउनेवाला पनि बाहिर बाहिरबाट कुर्सीलाई हल्लाउनेबाला पनि बाहिर बाहिरबाट कुर्सीलाई ढलाउनेबाला पनि बाहिर बाहिरबाट कुर्सीमा आसीन गराउनेबाला पनि फेरि पनि हाम्रो खास दुश्मन त कुर्सी नै रहेछ कुर्सी जसले मुलुकका एक पछि अर्का नदी बेच्यो खोला बेच्यो नाला बेच्यो कुर्सी जसले मुलुकको जल जंगल जडीबुटी र जमीन बेच्यो कुर्सी  जसले मुलुकको स्वाधीनता बेच्यो मुलुकको स्वतन्त्रता बेच्यो मुलुुुुुुुुकको सार्वभौमिकता बेच्यो मुलुकको अस्मिता बेच्यो कुर्सी जसले मुलुकको बिगत  बेच्यो मुलुकको बर्तमान बेच्यो मुलुकको भविष्य बेच्यो कुर्सी  जसले मुलुकको गौरवमय इतिहास बेच्यो संस्कृति बेच्यो पहिचान बेच्यो कुर्सी जसले नागरिक बेच्यो नागरिकता बेच्यो कुर्सी जसले कुर्सी राख्ने जमीन पनि बेच्यो जसले मुलुकलाई कंंगाल

दर्शनको दर्शन

दर्शन के हो? दर्शन भनेको कुनै पनि कुरालाई हेर्ने वा बुझ्ने कुरा हो । हामी जब कुनै पनि कुरालाई हेर्दछौं वा बुझ्दछौं आ  आफ्नो आँखाले हेर्दछौं र आ आफ्नो मस्तिष्कले बुझ्दछा्रै । तर मेरो आँखाले हेरेर देखेको कुरा अरु कसैको आँखाले हेरेको र देखेको कुरा फरक फरक हुन सक्दछ । मेरो मस्तिष्कले बुझेको र अरु कसैको मस्तिष्कले बुझेको कुरा फरक फरक हुन सक्दछ । यसको खास कारण हो मैले जुन आँखाले हेर्दछु र देख्दछु अरु कसैले अर्कै आँखाले हेरेको र देखेको हुन सक्दछ । मैले जुन मस्तिष्कले कुनै कुरा बुझ्दछु अरु कसैले कुनै अर्कै मस्तिष्कले कुनै कुरा बुझेको हुनु पर्दछ । यसको अर्थ यही हुन्छ मेरो हेर्ने र देख्ने अथवा मेरो बुझ्ने तथा अरु कसैको हेर्ने र देख्ने दर्शन फरक फरक हुन सक्दछ । मेरो बुझ्ने र अरु कसैको बुझ्ने दर्शन फरक फरक हुन सक्दछ । कुरा के भने हामीले कुनै पनि कुरालाई एउटै दर्शनले पनि हेर्न र बुझ्न सक्दछौं र फरक फरक दर्शनले हेर्न र बुझ्न सक्दछौं । यस कुरालाई हामीले यसरी भन्न र व्याख्या गर्न पनि सक्दछौं हामी सबैको यस संसारलाई हेर्ने र बुझ्ने फरक फरक दर्शन वा दृष्टिकोण पनि हुन सक्दछ ।  यसको अर्थ यो पनि हुन सक्दछ

कालीभक्त पंत

मेरा कानमा गीत गाएको आवाज आयो । गीतको आवाजसित नै मैले हाम्री पाखरीकी काइली हजुर आमालाई देखें । मलाई भm्याउरे गीत गाइरहेको अवस्थामा कांइली हजुर आमादलाई देख्दा अनौठो र अचन्भको कुरा लाग्यो । यो कुनै तालमेल मिल्ने कुरा  थिएन । पछि मैले  चाल पाएँ म अर्ध निन्द्रामा रहेछु ,। मैले सपनामा अर्ध निन्द्राको अवस्थामा सुनेको गीत वास्तवमा कसैले बाहिर गाइरहेको रहेछ । म व्युँझिंदा पनि त्यो गीत मेरा कानमा गुंजिरहेको थियो । ठूलो कोट वा हटियोमा राम रमितामा गएर फर्किरहेका युवक युवतीहरू गीत गाउँदे मादल बजाउँदै हाम्रो दोकानको बाटो हुँदै फर्किन्थे ।  मैले सुने अनुसार हाम्रा साइली बुबा छविलाल सहिनी गीत गाउनमा नाच्नमा निकै सिपालु हुनुहुन्थ्यो रे  । उहाँ खेल ठट्टा गर्ने निकै रमाइलो युवक हुनुहुन्थ्यो रे । उहाँ सानै उमेरमा बर्मा जानु भएको कहिले फर्किनु भएन । मैले सुने अनुसार हाम्रो  गाउँतिर मनमाया भन्ने कुनै महिला थिइन् रे । उनी दोहोरी गीत गाउनमा निकै खप्पिस थिइन् रे । सात दिन सात  रातसम्म दोहोरी गीत  गाएर पनि उनी कत्ति थाक्दैन्थिइन् रे । पछि उनी बटौली झरेकी थिइन् भन्ने कुरा पनि मैले सुनेको हुँ । केटाकेटीमा रा

बुबाहरूले लगाएको पीपलको रुखनेर उभिंदा

  माथिको क्याप्सन दिएर मैले ज्ञानु के सी सहितको फोटो फेसबुकमा अपलोड गरे पछि  थुप्रै लाइकका साथसाथै थुप्रै आफन्त तथा आत्मीय जनबाट विभिन्न प्रकारका प्रतिक्रिया आए ।  सबै प्रतिक्रिया उल्लेखनीय थिए । मननीय थिए । पत्रकार मोहन चापागाईले भावनासित  जोडिएको ठाउँहरूको भ्रमण भने । निश्चित रुपमा यो भावनासित  जोडिएको ठाउँहरूको भ्रमणको श्रृखला थियो ।  सन्दर्भ कूलपूजा भए पनि । उसरी कूलपूजा पनि भावनासित जोडिएको कुरा नै हो । मलाई विशेष रुपले छोएको टिप्पणी भोजराज कडेलको थियो । उनले लेखेका थिए —आजभोलिका बाहरूले त  भाको पनि काटनुहुन्छ् । म ज्ञानु के सी र भाइ नरेश साहनी यस पीपलको रुखनेर उभिएर फोटो खिचाएको थियौ र फोटो खिचेका थिए छोरीहरूले । बुबाहरूका नातिनीहरूले । जुन नातिनीहरूलाई बुबाले कहिले देख्न पाउनुभएन । मैले जब छोरीलाई भने यो बुबाहरूले लगाएको पीपलको रुख हो उनीहरू निकै भाबुक भए ।  छोरी उत्कर्षाले बुबाहरूले लगाएको पीपलको पात टिपेर मलाई देखाउँदै साथमा राखिन् । अहिले ती पीपलका पात किताबको बीचमा राखेकी छन् ।  वास्तवमा भोजराज कडेलले भने जस्तै बुबाहरूले लगाएको यो पीपलको रुखले संरक्षक पाएन । अहिले यो रु

गजल ७१

गजल ७१ शीर छ गद्दारको सधैं ढलेको बोली छ दलालको सधैै गलेको मतियार बनेर अरु कसैको सिंगो राष्ट्रलाई छ सधै छलेको आफ्नो बुद्धिले के चल्न सक्थ्यो दास  अर्कैको बुद्धिले छ सधैै चलेको कालो पोतेको उसको  अनुहार कहाँ हुन्थ्यो धपक्क सधै बलेको बाहिर देखिए पनि हाँसे जस्तो भित्र भित्र  त  छ ऊ सधै जलेको । ५–६–०७१

गोपाल सिंह नेपाली भर्सेज गोपाल सिंह नेपाली

नेपाल वार एशोसिएशनको आयोजनमा १० र ११ दिसम्बरका दिन  बुटवलमा  चलेको मानव अधिकार  सम्मेलनमा तथा नेपाल बारको ४६ औं बैठकको अवसरमा आफ्नो मन्तत्व प्रकट गर्ने क्रममा एक जना बक्ता वरिष्ठ अधिवक्ता  तथा भूतपूर्व महाधिबकता लक्ष्मीबहादुर निरालाले एउटा कविता कण्ठ सुनाए जुन न्याय सम्पादनको यथार्थतासित सम्बन्धित थियो । उनले सुनाएको कविता मलाई यतिबेला स्मरण छैन । तर उनले त्यो कविताका रचयिता गोपाल सिह नेपाली बताए । त्यतिसम्म  भनेको भए म चुप रहन्थें । उनले गोपाल सिंह नेपालीको नाममा अरु कुनै हिन्दी कविको कविता सुनाएको भए पनि मैले होला भन्दथें होला । किनभने मैले हाई स्कूलमा हिन्दी विषय पढ्दा र गुवाहाटी र बर्धा समितिले संचालन गरेका हिन्दी भाषा साहित्यका परीक्षाहरू प्रवेशिका ,प्रवोध कोविद र राष्ट्रभाषा रत्न अध्ययन गर्दा र परीक्षा दिंदा गोपाल सिंह नेपालीका जति कविता पढेको थिएँ  होला नेपाल बारका बरिष्ठ अधिबक्ता निरालाले गोपाल सिह नेपालीका कविता भनेर सुनाएको त्यो कविता  पढे वा  सुने जस्तो लाग्दैन । तर उनले गोपाल सिंह नेपालीको कविता भनेर कविता सुनाउँदा मलाई लाग्यो बरिष्ठ अधिबक्ता निरालाको साहित्यिक ज्ञान पनि