Skip to main content

Posts

Showing posts from April, 2020

श्रीमतीको बेदना

मेरा प्यारा श्रीमान्को खोजीमा तिम्रा कुन ढोका घच्घचाइने र मैले तिम्रा कुन कैदखाना चाहारिन र मैले तिम्रा कुन मुकामहरूमा बिन्ती बिसाइन र मैले तर खोई त मैले केही अत्तोपत्तो पाएको तर खोई  त मैले मेरो गंभीर प्रश्नको कुनै एउटा चित्त बmुभ्दो जबाब पाएको ज्यृुँदै राखेका छौ कि  मेरा श्रीमानलाई कुनै काल कोठरीमा अझै मारेर फालिसक्यो कि कुनै अज्ञात ठाउँमा उहिले नै खोई त तिमीले मुख खोलेको खोई त कुरो के हो तिमीले मलाई भन्न सकेको बन्दुकको राजमा बन्दुको मात्र भाषा बुझ्ने भएर पो हो कि खाई  त तिमीले मेरो हार गुहार सुन्न सकेको भर्खर पाठशाला धाउन थालेको मेरो छोराले बा खोई भन्दा कुनै न कुनै एउष्टा जबाव त दिनै पर्दछ मैले भर्खर तोते बोली बोल्न थालेकी मेरी सानी छोरीले बाबा भन्दा कुनै न कुनै कुृरा त भन्नै पर्दछ मैले तिमीहरू जस्तै मुख भएर पनि म्क भएर त बस्न हुँदैन मैले तीमीहरू जस्तो कान भएर पनि बहिरो भएर त बस्न मिल्दैन मैले बन्दुक बोकेर पनि बहादुर होइन कायर बनेका बहादुरहरू हो साँचो कुरा बोल्ने हिम्मत  तिम्रो आखिर हुँदैन किन रहस्यै रहस्यको पर्दा खोल्ने साहस तिमो आखिर हुँदैन किन हे दु

कोरोनाको जमाना

कस्तो जमाना आयो यस्तो मान्छेसित  मान्छे डराउनु पर्ने मान्छेसित मान्छे तर्सिनु पर्ने मान्छेसित  मान्छे आतंकित हुनु पर्ने त्रसित हुनु पनेए भयभीत हुनु पर्ने मान्छेदेखि मान्छे पर पर भाग्नु पर्ने मान्छे समाजिक प्राणी भएर पनि मान्छेसित  मान्छे दूर दूर रहनु पर्ने मान्छे देखि मान्छृलाई भेट्न परे पनि निश्चित दुरी  कायम गर्नु पर्ने मान्छेले मान्छे भेट्दा गरम जोशीका साथमा हात मिलाउन नहुने गला मिलाउने नहुने आत्मीयता दर्शाउनु नपाउने परैबाट नमस्कार भनेर चित्त बुझाउनु पर्ने संतोष मान्नु पर्ने खुशी हुनु पर्ने कस्तो जमाना आयो यस्तो सचेत अचेत रुपमा मान्छे मान्छेको सम्पर्कमा आएको भएमा जान अन्जानमा मान्छेले मान्छेलाई स्पर्श गरेको भएमा अथवा स्पर्श गर्दै नगरेको  भए पनि स्पर्श गरेको जस्तो लागेको भएमा स्पर्श गरेको नगरेको यकीन हुन नसकेको भएमा शकै गर्नु पर्ने तर्सिनु पर्ने जान अन्जान यता उता कतै कतै कुनै कोरोना संक्रमित मान्छेसित छोइए कि भनेर सुन पानी छर्के पनि चोखो नहुने  ग्ांंगा जल  छर्के पनि पत्रित्र हुन नसक्ने जति गाईको गहत  छर्के पनि घर गाडी मान्छे जे होस् डिस्इन्फेक

शहीदका सपना

  कति कातर बन्यो बलियाको बनेको बलियो सरकार बलियाको बरु गर्दछ ऊ उद्धार   कम्जोरकै शिकार चाल्छ हर कदम ऊ बनी विदेशीं कै गुलाम मतियार कवि लेखकको कलम पनि ठान्छ ऊ धारिलो हतियार किसानको कुटो र कोदालोसित पनि कति धेरै तर्सिन्छ देखे कतै कसी मुठी श्रमिक उठेमा उनैमाथि बर्सिन्छ साचो कृुरा बोल्ने बुद्धिजीवीको मुखमा बाँधेर काला टाला लम्बाउन खोज्दछ आयु आफ्नो काढेर  बिरोधीका नै छाला लेखे पनि  स्वतन्त्रता र अधिकारका कुरा संविधानमा जति  बिरोधीे मतकोे सम्मान गर्ने धैर्यता छैन उसमा रति आस्थाका आधारमा बाँच्न पाउने हक खोई यहाँ व्यक्तिको कतिसम्म रहने हो मृुलुकमा रजाइ फासीवादी शक्तिको भाँचिएलान् नि कुनै दिन हान्ने मार्ने गोरुका पनि सिङ जति गरै पनि होक्का अहिले सिउरी  खेल्दै हाक्दै ठूलो डिङ विशाल विशाल साम्राज्य त ढले भने यिनको  त के कुरा ढिलो  वा चाँडो अवश्य हुन्छ शहीदको सपना सारा पृुरा । ७–१–२०७७        

कोरोनाको कष्ट

आतंकित छ आज सम्पूर्ण संसार नै  कोरोनाको भयले निराश बनेको छ मानव जाति आज मानिसको क्षयले दिन दुना रात चुगुना बढ्र्दे छ संख्या संक्रमित हुनेको बेहाल छ आज संसारमा मानिसको कोरोनाले  छुनेको प्रतिरोध शक्तिले जिते पनि धेरैले हार्नेहरू पनि छन् जानेर नजानेर भाइरस यसको सार्नेहरू पनि छन्  निगेजिभ पोजिटिभ जाँच्दा  कोेरोनाको कोरोना सर्ने डर शंका नलिई मनमा घरमा नै बस्दा  शकैले मर्ने डर बिरामीसत डाक्टर डराउनृु पर्ने डाक्टरदेखि रागी जोगीलाई देखेर भैंसी डराए जस्तै भैंसी देखेर जोगी कोरोनाको महामारी फैलिंदा विश्वमा ुहुने भो ठूला क्षति मानव सभ्यतालाई हुन गो कोरोना भयंकर चुनौती काम लागेन बर्तमान ञान विज्ञान अनुुसन्धान जारी बिजयी बनाउन मानव जातिलाई गरौं ठुलै तयारी एक्ला एक्लै होइन मिली लडेमा मात्र विजय हाम्रो हुन्छ कोरोना बिनाको मानज संसार बल्ल सुखी र राम्रो हुन्छ बाँचेकै छ मान्छे महामारीकै बीचमा बनी निकै जियालो हट्दै जान्छ तुँवालो आजको एक दिन फेरि हुन्छ उज्यालो । ५–१–२०७७

लोकतन्त्रको लीला

लोकतन्त्र भन्नु मात्र निरंकुश तन्त्र छ मुलुकमा हावी चल्दछन् शासक विदेशी कै गोटी बनी छैन हातमा चाबी मालिकका सामृु लम्पसार पर्छन् यिनी जनतामा दमन हुँदैन कहिले जंगली राजमा कुनै सुख चैन अमन ठूलालाई लाग्दैन कुनै पनि कानून सानालाई त ऐन न्याय निसाफ पनि मुलुकमा फरक समान किन छैन अपराधी हिंड्छन् सडकमा साँढे सरी निदोर्ष जति जेल झुठा मुद्दा लगार्ई दवाउने बिरोधी  उही पुरानो खेल आफूले त नमाने पनि हुने  आदेश अदालतको कुनै अदालतको आदेशले छुट्दा पनि त  बन्दी थुनेको थुनै फासीवाद यो मुलुकमा यसरी अब कति दिन चल्दछ बर्रबरताले नाघे पछि सीमा सब  आगो पक्का बल्दछ कलम कुची संगीत कलाका दुश्मन भजनेका त भक्त बचाउन आफ्नो जर्जर सत्ता पुरानो  बगाए कति रक्त    नदी नाला बेचेर खाए यिनले सबै आलो र पालो गरी कल कारखाना पनि बेची खाए सारा  आफ्नै बपौती सरी कालापानी लिपुलेक लिम्पिया धृुराको गाँठो खेोल्न नसक्ने सीमा साँध मिच्दा शत्रुले पाइलंै पछि किन बोल्न नसक्ने कस्ता शासक भए यिनीहरू देशका  साह्रै तल झरेका खाली नराखी अरुका लागि कुनै ठाउँ आफ्नै मान्छे भरेका जता हेर्यो उतै सबै यिनकै नाता गोता अरुको छ्रैन काम

कोरोना युद्ध

कोरानाको आक्रमणले मच्चाउन थाल्यो चौतर्फी हाहाकार गर्ने त होइन यसले कतै विश्वमा  ठूलै नर संहार ठुल्ठूला साम्राज्य समेत थाले हल्लिन सानाका के कुरा ह्ुँदैन थाहा कसलाई कहाँ कसरुी यसले हान्यो    छुरा फैलियो कोराना चारैतिर संसारमा  दावा अनल सरी लियो बरै अन्धा धुन्धा कति हो कतिको जीवन लीला हरी औषधि छैन बनिसकेको  अझै  कतै समय लाग्न सक्छ चलेमा हामी मानी नीित नियम सारा कोरोना भाग्न सक्छ दियो मानव सभ्यतालाई नै यसले निकै ठूलो चुनौती् चकित पार्दै सारा विश्वलाई यसले देखायो आफ्नोे शक्ति नआएका त कहाँ हुन् र पहिले पनि  दानबी महामारी बिजयी बनेकै हो मानव जाति अंततःसंकट ठला टारी अन्ध विश्वासले होइन बिज्ञानले मात्र चिर्न सक्छ तुँवालो अन्धकार फंैलिए पनि  जगमा आज भोलि हुन्छ उज्यालो । २–१–२०७७ (  १५–४–२०२० )

नयाँ बषैका शुभ कामना

आयो कस्तो यो जमाना यतिबला करोनाकै छ धावा करोनाकै   भयले भाको छ विश्व धेरै  हावा र कावा मान्छे भए कैद घरभित्रै आज  सुगा बरु आजाद छैन जगमा सुन्ने कोही पनि आज धरतीको आल्लाद मान्छेसिते मान्छे  डराउनु पर्ने कस्तो होला यो रोग खाने भो यसले बेसुर जगमा  मान्छेको धेरै भोग रोग लागे पनि चाल नपाइने करोना छ अदृश्य आफू बाँच्नु र विश्वलाई बचाउनु खतरा छ भविश्य मानव सभ्यतालाई नै चुनौती  गर्नै पर्ने सामना करोना मुक्त बनोस् सारा संसार यही गरौं कामना रोएर जाँदैन करोना कहिले सतर्क बने छुन्न कोरोनालाई हामीले कदापि कम्जोर  ठान्नु हुन्न कोरोनाका सामुन्ने नपरे मान्छे आफै अघि सर्दैन कोरोनादेखि परै बसेमा मान्छे कोरोनाले मर्दैन कोरेन्टाइनमा बसेर पनि त ज्यान जोगिन सक्छ आइसोलेसनले पनि कतिको प्राण धानिन सक्छ कोरोना आफै हिंडी कहिले पनि घर घर आउन्न सतर्क रहेमा  कोरोनादेखिे त्यत्तिके यो  लाउन्न बनेको छैन अझै औषधि कुनै कोरिना निको हुने बच्ने उपाय हो साबुन पानीले राम्ररी हात धुने कोरोाको भाइरस बस्ने कुरामा छुँदा पनि नछुने मुखमा सधै मास्क लगाई राख्ने भिडभाडमा जाँदा भाइरस फ्रि बनाउने हामीले  खाने कुर

नपढेका डाक्टर इन्जिनियरहरू

जतिबेला हाम्रा गाउँ घरमा पढेलेखेका डाक्टर र इजिनियरहरू थिएनन् त्यतिबेला त्यहाँ डाक्टर र इजिनियरको काम अनपढ मान्छेले गर्दथे । यो कुरा हामी सबैले आ आफ्नो गाउँ घरको इतिहास कोट्याउने हो भने राम्ररी बुझ्न सक्दछांै । म यस लेखमा हाम्रा गाउँका केही केही नपढेका डाक्टर र इजिनियरको चर्चां गर्ने जमकों गर्दैछु । म दाबी गर्दिनं कि यो नै मेरो हाम्रो गाउँ घरबारेको सिंगो अध्ययन अनुसन्धान हो । म सानो छँदा  हाम्रो गाउँमा कुनै अस्पताल थिएन । कुनै हेल्थ पोस्ट थिएन । कुृनै स्वास्थ चौकी थिएन । कुनै स्वास्थ कर्मी थिएन । कुनै डाक्टर थिएन । कुनै इन्जियिर थिएन । कुनै प्रसुति गुह थिएन । प्रत्येक व्यक्तिको घर नै त्यतिबेलाको प्रसुति गृह हुन्थ्यो । नर्स वा डाक्टरको काम सोडेनीले गर्दथे । कहाली लाग्दो अवस्थाबाट जनताको जीवन चलिरहेको थियो ।  त्यतिबेला कति धामी बैद्यले नै डाक्टरहरूको काम गरिरहेका थिए । त्यतिबेला कति दमै कामीले नै इन्जियिरको काम गरिरहेका थिए । हाम्रो घरमुन्तिर बाटोमाथि जेठाबुबाको घर थियो । उहाँको खास नाम के हो यतिबेला मलाई सम्झना छैन । उहाँलाई हामी बाटामाथिको जेठा बुबा भन्दथ्यौं. । उहाँ बेला बखतमा हाम

तेन्जिङ शेर्पासितको भेटबार्ता

  हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा गम्केर बज्यो खैजडी झम्केर नाच्यो मृुजुरा धर्मराजा थापाले गाएको यो गीत मैले सानैदेखि सुन्दै आएको हुृँ । २०१० साल १६ जेठमा  एडमण्ड हिलेरीसित  सगरमाथाको चुचुरोमा पुग्ने तेन्जिङ शेर्पालाई संसारको सबभन्दा ठूलो हिम चुचुरो सगरमाथा आरोहण गर्ने सौभाग्य मिलेको थियो । त्यतिबेला नै धर्मराजा थापाले तेन्जिङ  शेर्पाको प्रशंसामा यो गीत लेखेका थिए । गाएका थिए । त्यसमा नेपाली जातिको गौरव र खुशी प्रकट गरेका थिए । त्यतिबेला प्रख्यात व्यक्तित्वलाई भेट गर्ने मेरो अभिलाषा रहेको हुँदा १९७२ मा दार्जीलिङमा विराट साहित्य सेमिनारमा भाग लिन गएको सन्दर्भमा मैले केही आसाम मेघालयतिरबाट त्यहाँ भाग लिन गएका साहित्यिकार साथीहरूसित सामुहिक रुपमा तेन्जिङ शेर्पालाई भेट्ने प्रस्ताव राखें जसलाई उनीहरूले हार्दिकतापूवर्क स्वीकार गरे । हामीहरू दल बाँधेर तेन्जिङ शेर्पालाई भेट्न माउन्टिरिङ इन्सिच्युटमा पुग्यौं । त्यसरी दल बाँधर जानममा हामी धर्म भूसाल,ईश्वरी प्रसाद खनाल, गोपालबहादुर नेपाली, श्यामबहादुर लिवाङ आदि थियौं । हाम्रो अगाडि एउटा कृत्रिम अग्लो पहाड देखिन्थ्यो । आडमा तेन्