Skip to main content

Posts

Showing posts from May, 2021

चोर बाटो

  साधु सज्जनहरू पो शहर बाटो हिंंड्छन् मूल बाटो हिंड्छन्  छाती फुृलाएर हिंड्छन्््् शिर ठाडो पारेर  हिंड्छन्  दिनको उज्यालोमा हिंड्छन् बिना शंका उपशंका  ढुक्कसित हिंड्छन् निडर भएर  हिंड्छन् चोर तस्कर र डाँकू पो दिनको उज्यालोमा होइन रातको अँध्यारोमा हिंड्छन्  अझ मध्यरातमा हिंड्छन्   कृुनै राष्ट्रघाती जनघाती सन्धि संझौतमा सही धस्काउने हाम्रै सरकार जस्तै कुनै राष्ट्रघाती जनघाती अध्यादेशमा सही धस्काउने हाम्र्रै सरकार जस्तै् चोर बाटो हुँदै हिंड्छन् चोर बाटो खोज्दै हिंड्छन् चोर बाटो रोज्दै हिंड्छन्  मानिलिउँ कि  युृद्धकालमा कुनै ठूलै दुश्मनले जस्ते मूल बाटो जोड्ने सारा पुलहरू कसैले भत्काइदिएको होस्  मूल बाटो हिंंड्ने सारा पुलहरू कसैले बम हानेर उडाइदिएको होस्  हा,े चार बाटो छोटो पनि हुन्छ  सजिलो पनि हुृन्छ् छिटो छरितो पनि हुन्छ सुरक्षित अवतरणको लागि  निष्कंंंटंक पनि  अवरोधविहिन पनि  निर्विरोध पनि । १२–२–२०७८                                                                                                                                                                                              

भाकल

  हे राम म तिम्रो चरण कमलमा  दिन रात दण्डवत गर्दछु म प्रतिज्ञा गर्दछु त्यो पर्दैन भन्दै भन्दिनं  तिम्रो नाममा ठोरीमा डारीले नापी नापी एउटा अति विशाल राममंदिर बनाइदिउँला तिमी भारतीय नागरिक रहेछौ भने पनि केही छैन म तिमीलाई नागरिकता सम्बन्धी अध्यादेश ल्याएर भए पनि रातारात नेपाली नागरिकता बनाइदिउँला  तिमीले माग गरे  म तिम्रा सन्तति लब कुशहरूलाई पनि  सभक्ति नेपाली नागरिकता दिलाइदिउँला  म तिम्रा सारा शाखा सन्तानलाई समेत  नेृपाली नागरिकताको ढोका खोलिदिउँला म माथि दया गर  म माथि कृपा गर  मेरो कल्याण गर  मेरो  पुकार सुनेर  मेरो उपकार गर मेरो प्रिय कुर्सीमाथिआँखा लगाएका रावणहरूबाट  अपहरणकारीहरूबाट                         मेरो कुर्सी बचाइदेऊ जोगाइदेऊ सुरक्षित राखिदेऊ कुर्सी छ त म छु  कुृसीृ छैन त म पनि  छैन            कुर्सी बिना मेरो अस्तित्व नै कहाँ रहन्थ्यो र कुर्सी बिना म कहाँ हुन्थें र  कुर्सी मेरो आइसियु हो  कुृर्सी मेरो मरो भेन्टिलेटर हो  कुर्सी मेरो आक्सिजन हो  कुर्सी मेरो कोरोना १९ बिरुद्धको भ्याक्सिन हो कुर्सीको लागि जुनसुकै कुर्वानी गर्न पनि म तयार छु हे राम  तिमी मलाई कुर्सी देऊ  म ति

मदन भण्डारी मेरो नजरमा

मदन भण्डारी मेरो नजरमा  मंैले मदन भण्डारीलाई सर्वप्रथम २०२९ सालतिर बनारसमा नेकपाका महासचिवको पुष्पलालको पार्टी कार्यालयमा देखेको  थिएँ । हामीबीच उनको परिचय मोदनाथ प्रश्रितले गराएका हुन् । त्यतिबेला मदन भण्डारी बनारसमा संस्कृत भाषामा आचार्य गर्दै थिए । मोदनाथ प्रश्रितले हामीलाई मदन भण्डारीलाई एकजना प्रखर कान्तिकारी कविको रुपमा चिनाएका थिए ।  यस पछि जहाँसम्म मलाई संझना छ मेरो मदन भण्डारीसित पुष्पलालको नेतृत्वमा आयोजित नेपाली क्रान्तिकारी सांस्कृतिक सघको गठनकालमा भएको थियो । बनारसमा भूमिगत रुपमा भएको सांस्कृतिक संघमा पुप्पलालले हाम्रो सांस्कृतिक क्रान्तिको कार्यक्रम पेश गरेका थिए ।  यस संमेलनले शुरुमा ५ जनाको नेतृत्वको चयन गरेको थियो । त्यसको अध्यक्ष चुनिएका थिए युद्धप्रसाद मिश्र । यसको सचिव थिए राजेन्द्र थापा (  मोदनाथ प्रश्रित ) , सदस्यहरूमा थिए बिदुर ( जीवराज आश्रित  ), झपट सिंह (  रामचन्द्र भट्टराई ) र कपिल (  दिल साहनी ) । पछि केन्द्रिय समितिमा मदन भण्डारी लगायत अन्य साहित्यकारहरू पनि थपिएका थिए ।  यही क्रान्तिकारी सांस्कृतिक संंघले यसको मुखपत्रको रुपमा मुक्ति मोर्चा प्रकाशित गरेको थ

स्वीकारोक्ति

  संसदीय फोहोरी खेलको आहालमा  कुर्सीको लुछाचुँडीमा कुर्सीको लडाईमा नढाँटी भन्ने हो भने कमरेड तिमीले हारे हुन्थ्यो भन्ने नै चाहन्थें म तर पनि तिमीले जित्यौ मेरो इच्छा विपरीत बधाइ छ  मलाई थाहा थियो जसले जिते पनि कुनै दूधमा नुहाएको मान्छेले त जित्ने थिएन  जसले जिते पनि यहाँ कुनै ठूलो उथलपुथल हुने त थिएन कुर्सीको लुछाचुँडीमा कुर्सीको लडाईमा मलाई थाहा नभएको कुरा त अवश्य होइन यो  दलालीमा टिकेको संसदीय राजनीतिको खेलमा                                           जित्ने भनेकै एउटा दलालको सट्टा कुनेै अर्को दलाल नै हो  फेरि पनि  एउटा दलालभन्दा अर्को दलाल केही फरक हृुन्छ कि भन्ने सोंच त आखिर हुने नै भयो                                         एउटा दलालले भन्दा अर्को दलालले केही कम हानि नोक्सानी गर्दछ कि भन्ने सोंच त राख्नै पर्ने भयो जे होस् कमरेड मैले साहसपूर्वक भन्नै पर्दछ  मैले मेरो स्वीकारोक्ति प्रकट गर्नै पर्दछ म तिम्रो बिजयमा तिम्रा भक्तजनले जस्तै खुशीयाली मनाउन सक्दिनं म तिम्रा दिवाना अनुयायीहरू जस्तै तिम्रो हर्ष बडाइमा सामेल हुन सक्दिन  ं  यस कारण कि मलाई राम्ररी थाहा छ  तिम्रो हरेक जीतमा देश

बिषयः आक्सिनका लागि अर्जी

  तिमीले जति प्रसंशनीय काम गरेको भए पनि  तिमीले जति निन्दनीय काम गरको भए  पनि तिमीेले  देश र जनताप्रति अति बफादारी देखाएको भए पनि  तिमीले देश र जनताप्रति ठूलो गद्दारी गरेको भए पनि  तिमी भक्ति थापाको असल सन्तान भएको भए पनि तिमी लेन्डुप दोर्जेको अर्को अवतार भएको भए पनि  तिमी देशका दलालहरूका अत्यन्त पुजनीय सरदार भएको भए पनि  ठूलै ठेकदार भएको भए पनि  यसको चर्चा परिचर्चा गर्ने समय छैन यतिबेला हामीसित त्यसको लेखा जोखा गर्ने समय छैन यतिबेला हामीसित ढिलो चाँडो  त्यसकोे मूल्याँकन इतिहासले गर्दैजाला त्यसका हिसाब किताब भविष्यले गर्दै रहला तिमीलाई पुरस्कृत गरे पनि गर्ला  तिमीलाई दण्डित गरे पनि गर्ला यतिबेला तिमीले जसरी भए पनि  जसकै कृपा वा आशीवार्दले गर्दा भए पनि  ठूलै चक्रव्यूह रचेरै भए पनि  तिम्रा सारा दुश्मनहरूलाई ठेगान लगाएका छौ उनीहरूलाई नराम्ररी पराजित पारेका छौ यतिबेला तिमीले बाजी मारेका  छौ यतिबेला तिमीले युद्ध जितेका छौ यतिबेला  तिमी विजयी बनेका छौं यतिबेला तिमीले बिजयको माला पहिरहेका छौ  यतिबेला तिमी बिजय उत्सव मनाइरहेका छौ  रमाउनसम्म रमाइरहेछौ  बधाइ छ तिम्रा यस्तो अपूर्व सफलताप्रति     

निरोको अवतार

  बिचरा सरकार कुर्सीको लागि लड्दै छ  ज्यान फालेर लड्दैे छ  दारा किटेर लड्दै छ  पाखुृरा सुर्केर लड्दै छ  मुठ्ठी उजाएर लड्दै छ  न्वारानदेखिका बल लगाई लड्दै छ साम दाम दण्ड भेदका सबै हतियार उठाएर लड्दै छ  विपक्षीले आफ्नो प्राण प्रिय कुृसीैै फुत्काउँछन् कि भन्ने भय छ सरकारलार्इं  आफ्नै आँतका भाइले लात हान्छन् कि भन्ने भय छ सरकारलाई  आफ्नै बर्गबन्धुले खुट्टा  तान्छन् कि भन्ने भय छ सरकारलाई जसरी भए पनि आफ्नो पल्ला भारी गराउन  कुर्सी जोगाउन किन्न पाइन्न कि भेडा बाख्रा भन्ने भय छ सरकारलाई गुप्तवासमा संरक्षित राख्न सकिन्न कि खजाना भन्ने डर छ सरकारलाई  आफ्नो प्राण प्रिय कुसीै आजीवन सृुरक्षित राख्न सकन्न कि भन्ने भय छ सरकारलाई आफू ढल्न तयार छ सरकार बरु तर दशवासीको आवाजको अघि गल्न तयार छैन      विदेशी प्रभूहरू गोडा मल्न तयार छ सरकार बरु  तर ऐत कानून नीति नियम मानेर चल्न तयार छैन  आफैले बनाएको संविधानका धारा उपधारा मानेर चल्न तयार छैन  कुनै मूल्य  मान्यता  नैतिकता मानेर चल्न तयार छैन  देश र जनतालाई सकेसम्म छल्न तयार छ बरु  आफूलाई बदल्न तयार छैन  आशा र भरोसाको उज्यालो बत्ती भइे बल्न तयार छै्रन मरे मर

मेरो पुस्तक प्रेम यात्रा २

१९६३ मा आसामको गुवाहाटीमा काका के बी साहनीसित रेलवे क्वार्टरमा बस्दथेंं । नर्थ स्टर्न रेलवेको मालिगाउँ हेडक्वार्टरमा काम गर्ने काकाले मलाई गुवाहाटीका प्राय सबै ठाउँमा डुलाउनु भएको थियो । यहाँसम्म कि त्यहाँको चिडिया खानामा समेत पुराउनु भएको थियो । यसैबीचमा उहाँले मलाई शिलाङ पनि पुराउनु भएको थियो । लोकरा चार दुवार पनि पुराउनृु भएको थियो । शिलाङ गुवाहाटीबाट बसका ३ घण्टाको बाटोमा पर्दछ । लोकरा चारदुवार बस वा रेल जेमा गए पनि एक रात वा एक दिनको बाटोमा पर्दछ । जे होस्, गुवाहाटीमा बस्दा  मैले किताब किन्न र पढ्न पाइनं । बरु दशैंको बेलामा निकै दिनसम्म बंगाली ऐतिहासिक नाटक हेरेको थिएँ ।  सांस्केृतिक कार्यक्रम हेरेको थिएँ । सांस्कृतिक कार्यक्रमा एकजना नेपाली युवती लक्ष्मी शर्माको नृत्य पनि मैले देखेको थिएँ । उनको नृत्य कला उत्कृष्ट थियो । गुवाहाटी शहरमा नै बस्नै लक्ष्मी शर्मा को हुन् तिनको बारेमा खासै मैले कुृनै जानकारी पाइनंं ।  त्यतिबेला गुवाहाटी मालिगाउँ रेलवे क्वार्टरमा बस्दा मैले निकै कविता कोरेको थिएँ एउटा कपीमा । ती कविता अझ पनि मसित सृुरक्षित नै छन् । ती मेरा शुरु अवस्थाका कविता भएका हुनाल