Skip to main content

Posts

पूर्वोत्तर भारतका नेपालीको समस्या

  म आसाम मेघालयमा छँदा भारतमा विधिबत नागरिकलाई नागरिकता दिने चलन थिएन । तिरो तिरेको रसीद, जग्गा जमीनको पट्टा, स्कूलको प्रमाण पत्र, कतै जागीर खाएको परिचय पत्र, पेन्सन पट्टा  मतदाता सूचिमा नाम।े, रासन कार्ड आदिलाई भारतको नागरिक भएको ठानिन्थ्यो । हाल आएर आधार कार्डलाई नागरिकता सरह मानिन थालिएको बृुझिन्छ । त्यतिबेला कर्सैले कतै जागिर खान परेमा मजिस्ट्र्ेटबाट फलानो फलानो ठाउँमा बस्ने स्थायी बासिन्दा हो भने कागज प्रस्तुत गरे पुग्दथ्यो । तर अहिले यो अवस्था कायम रहेको छैन । कसैको भोटर लिस्टमा नाम हुनु ऊ त्यहाँको नागरिक मानिए पनि भोटर लिस्टमा नाम हुनुको कुनै भरोसा भने थिएन । यस कारणले कि कुनै बर्ष कुनै नेतालाई आफ्नो भोटर लिस्ट बढाउन परेमा धेरैभन्दा धेरै नेपालीहरूको नाम भोटर लिस्टमा समावेश गरिन्थ्यो । फेरि कुनै अर्को बर्ष कुनै नेता वा पार्टीलाई हराउन वा जिताउन परेमा अघिल्लो पल्ट भोटर लिस्टमा नाम भएका नेपालीहरूका नाम हटाइन्थ्यो । यसैले पनि भोटर लिस्टमा नाम हुनु नै भारतको नागरिक भएको खास पहिचान हुन सक्दैनथ्यो । निश्चित रुपमा पूर्वोत्तर भारतमा बस्ने भारतीय नेपाली वा गोर्खाली निकै असुरक्षित...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

पुर्वोत्तर भारतमा नेपाली ( २ )

  श्ुारुमा जब म १९६३ को वरिपरि गुवाहाटीको रेलवे प्लेटफर्ममा जान्थें  रेलमा छ्र्रयाप्त छ्याम्ति नेपालबाट त्यतातिर गएका नेपालीहरू देखिन्थे । त्यहाँ जान कुनै  नेपालीलाई रोकावट थिएन । बाँधा बन्देज थिएन । नेपाली टोपी दौरा सुरवाल पुरुष र गुन्यो चोलो ढुंंगरी मुन्द्री लगाएका नेपाली महिला रेलबे स्टेशनमा थुप्रिएका हुन्थे ।  त्यतिबेला नेपाली ठेकदार सडक निर्माणको काम , लकडीको  काम तथा कोयलाखानीमा काम गर्नलाई हुलका हुल नेपालीलाई आसाम उतार्थे । नेपालका नदेखेका नेपाली आसाममा देख्न पाइन्थ्यो । जता गयो उतै नेपाली ।  शिलाङमा झन् बाक्ला नेपाली । खसिनीका दोकानमा काम गर्ने नेपाली । गोरुको मासु बोक्ने नेपाली । सडकमा नाम्लो बोकेर हिंड्ने भारी बोक्ने नेपाली । गोठमा काम  गर्ने नेपाली ।  घर घरमा दूध पुराउने नेपाली । बंगला र होटेलमा काम गर्ने नेपाली । सैनिक नेपाली । पुलिस नेपाली  ।  १९५० को नेपाल भारतबीच भएको शान्ति तथा मैत्री सन्धिले गर्दा नेपाली नागरिक भारतमा घुम्न फिर्न गाई बस्तु पाल्न  बन्द व्यापार  गर्न खेती पाती गर्न नोकरी चाकरी गर्न मेहनत मजदुरी ग...

पुष्पलाल बिरोधी नै पुष्पलालका अनुयायी

    नेपाल कम्युनिष्ट पार्टीको जन्म २००६ सालमा ५ जनाको उपस्थितिमा पुष्पलालको नेतृत्वमा कलकत्तामा गठन भएको हो । यसका संस्थापक सदस्यहरू थिए पुष्पलाल, नरबहादुृर कर्माचार्य, निरंजन गोविन्द बैद्य, नारायण विलास जोशी  तथा दुर्गा देबी । नेपाल कम्युनिष्ट पार्टीको गठन गर्नमा भारतीय कम्युनिष्ट पार्टीका नेता निरपेन चक्रवर्तीले सहयोग गरेका थिए । निरपेन चक्रवर्ती पछि भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका तर्फबाट त्रिपुराका मुख्य मंत्री भए । अहिलेसम्म भारतमा तीन राज्यमा भारतीय कम्युनिष्टको सरकार बनेको छ । केरला बंगाल र त्रिपुरा ।  पहिला कांग्रेस पार्टीमा रहेर काम गरेका पुष्पलालले कांग्रेस पार्टीले नेपालमा क्रान्ति गर्ने कुरामा विश्वास नगरेर नै नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् ।  २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो संमेलन                                                                    ...

नेपाली कि गोर्खार्ली १

   भनिन्छ भारतमा एक करोड नेपाली बस्दछन् । एक करोड नेपाली भनेको भारतीय नेपाली । यसमा भारतमा विभिन्न काम वा पेशामा रहेका नेपालका नेपाली पर्दैनन् । भारतीय नेपालीलाई आजभोलि गोर्खाली भन्दछन् । म संझिन्छु  हाम्रो विद्यार्थी प्रतिनिधि मंडलले नेपाली र खास गरी नेपाली विद्यार्थीका समस्यालाई लिएर  तत्कालीन भारतमा उप राष्ट्रपति गोपाल स्वरुप पाठकलाई  १९७३ तिर शिलाङ स्थित गवर्नर हाउसमा भेटेको थियो । उनले हामीसित कुरा गर्दा नेपालीहरू दुई किसिमका हुन्छन् भनेका थिए । सेनामा भर्ती हुने गोर्खाली हुन् । राणा जस्ता शासकबर्ग नेपाली हुन् । हामीले उनलाई यो कुरा  स्पष्ट पार्दै भनेका थियौं जसरी इंडियन हिन्दुस्थानी भारतीय भन्नु एउटै कुरा हो त्यसरी नै नेपाली र गोर्खाली भन्नु एउटै कुरा हो । म आसाम मेघालयमा बस्दा त्यहाँका रैथाने नेपालीले आफूलाई प्रवासी नेपाली भन्न रुचाउँदैनथे । जबकि आसास डिग्बोईका कवि हरिभक्त कटुवालले नेपाल आउनुभन्दा अघि आफ्नो नामसित प्रवासी शब्द जोड्ने गर्दथे । कालिंपोङमा मैले पारसमणि प्रधानसित अन्तरवार्ता लिंदैं प्रवासी नेपाली कसलाई भन्ने प्रश्न गर्दा उनले मलाई जबाब द...

जय खोप

   कोविद १९ को महामारीले यो सारा विश्व नै पीडित छ । यस महामारीबाट बच्न लक डाउनका अतिरिक्त सर्तकताको विशेष उपाय अवलम्बन गर्नु पर्ने आवश्यकता भयो । यसलाई हामी सबैले कम बेसी मात्रामा पालन गर्यौं । दुखको साथमा भन्नु पर्दछ जनताको स्वास्थ जस्तो अत्यन्त गंभीर र संवेदनशील सवालमा पनि सरकार त्यति जिम्वेबार बनेन । औषधि वा आवश्यक उपकरण मगाउने सवालमा पनि सरकारले कमीसनको खेल खेल्यो जसले गर्दा कति निदोर्ष नागरिकले अकालमा नै ज्यान गुमाउनु पर्यो । आइसियुको अभावमा कतिले ज्यान गुमाए । भ्यान्टिलेटरको अभावमा कतिले ज्यान गुमाए । अक्सिजनको अभावमा कतिले ज्यान गुमाए । बेडका अभावमा कतिले ज्यान गुमाए । एम्वुलेन्सको अभावमा कतिले ज्यान गुमाए । जबकि समयले हामीलाई पूर्व तयारीको लागि प्रयाप्त मौका नदिएको भने होइन । फेरि विश्व स्वास्थ संगठनले हामीलाई पटक पटक खबरदारी नगरेको पनि होइन । सरकारले आवश्यक कदम नचाल्दा पनि कति नागरिकले अकालमा ज्यान गुमाउनु परेको कुरा जग जाहेर छ । जे होस्, पहिलो र दोस्रो लहर काटेर वा काट्दै गरेर अब हामी कोविद १९ को तेस्रो लहरको खतराको नजिक छौं । थाहा छैन सरकारले यसको प्रतिरक्षा कसरी गर...

पछिल्तिर फेर्केर हेर्दा

   जीवनमा आफूले देखेका जानेको भोगेका अनुभव गरेका हरेक कुरा लेखनका सामाग्री हुँदा रहेछन् । मात्र हामी कलम समातेर लेख्न बस्नु पर्दोरहेछ । यस्तो अनुभूति वा बोध मलाई हुन थालेको छ । साथै मलाई के पनि अनुभूति  वा बोध भएको छ भने आफूले देखेका जानेका भोगेका कुरा बेलामा नै लिपिवद्ध गर्ने होइन भने ती विष्मृतिको गर्भमा बिलाउन जाँदा रहेछन् । गायब हुन पुग्दारहेछन् । म शिलाङमा छँदा त्यहाँ दिल्ली कलकत्ता तथा गुवाहाटीबाट प्रकाशित हुने अंग्रेजी भाषाका समाचार पत्र उपलब्ध हुन्ेथे ।  कलकत्ताबाट आउने अमृतबजार पत्रिका, दिल्लीबाट आउने   द स्टेटस्म्यान अफ इंडिया र द इन्डियन एक्सप्रेस तथा गुवाहाटीबाट आउने आसाम ट्रिबअन आदि प्रमुख थिए । बाहिरबाट आउने हिन्दी भाषाको समाचार पत्र सन्मार्ग थियो । मैले पढ्न नभ्याए पनि प्राय सबै अंग्रेजीका दैनिक समाचार पत्र किन्ने गर्दथें । बाहिरबाट आउने पत्रिका बेलुकीसम्म पुलिसबजारको न्युज कर्नरमा आइपुग्थे । त्यतिबेला समाचारपत्र किन्नेहरूको जात्रा लाग्दथ्यो । आसाम ट्रिबुअन भने बिहानै नै आउँथ्यो ।  आसाम ट्रिबुअन आसामी मालिकहरूले  प्रकाशित गर्दथे । आ...