Skip to main content

Posts

कविताको बिरुद्ध विद्रोह

  यति बेला म मेरै कविताको विरुद्ध  ब्रिद्रोहको घोषणा गर्दछु  आन्दोलनको घोषणा गर्दछु्  क्रान्तिको घोषणा गर्दछ्ु  यही सोंचेर कि  के काम छ मेरो कविताको के अर्थ छ मेरो  कविताको  मेरो कविता त फगत मेरो बिचार मात्र हो   मेरो कविता त फगत मेरो भावना मात्र हो  मेरो कविता त फगत मेरो कल्पना मात्र हो  मेरो कविता त फगत मेरो अनुभूति मात्र हो  मेरो कविता त फगत मेरो वेदना मात्र हो  मेरो कविता त फगत मेरो  क्रन्दन मात्र हो मेरो कविता त फगत मेरो अरण्य रोदन मात्र हो मेरो कविता त फगत मेरो  हृदयको उदुगार मात्र हो  मेरो कविता त फगत मेरो आवाज मात्र हो म मान्दछु मेरा कवितमा देशभक्तिका कुरा होलान्  तर जब यहाँ  देशभक्तिको बिचार  नै छैन भने मेरो कविताको के काम  म मान्दछु मेरो कवितामा आमूल परिवर्तनका कुरा होलान्  तर जब यहाँ आमूल परिवर्तनको भावना नै छैन भने मेरो कविताको के काम  म मान्दछु मेरो कवितामा समानताका कुरा होलान् तर जब यहाँ समानताको कल्पना नै छैन भने मेरो कविताको के काम  म मान्दछु मेरो कविता...

लेखन सामाग्री

  कुनै पनि लेखकलाई लेखन सामाग्री नभई नहुने कुरा हो । बिना लेखन सामाग्री कलम चलाउनु भनेको नमच्चिने पिङका सय झट्का जस्तै हो । अँध्यारोमा तिर चलाउनु जस्तै हो ।  हावामा खेती गर्नु जस्तै हो । कल्पनाको आकाशमा उडान भर्नु जस्तै हो । सपनाको संसारमा रमाउनु जस्तै हो । दूधको नदी बगाउँछु भन्नु जस्तै हो । स्वर्गमा जाने भराङ बनाउँछु भन्नु जस्तै हो । लेखकको लागि लेखन साम्राग्री समाजबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन । समाजमा घट्ने घटना परिघटना वा सामाजिक क्रियाकलापबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन । हाम्रो सामाजिक परिवेशबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन । हाम्रो संघर्षमय जीवनबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन ।  तर लेखकले समाजबाट उसको सामाजिक जीवनबाट प्राप्त गरेको अनुभव वा ऊ  आफू संलग्न रहेको वा साक्षात्कार  भएको वा साक्षी बनेको कुनै घटना परिघटना वा क्रियाकलाप त्यतिबेला उसको लागि मामूली कुरा हुन सक्दछ । सामान्य कुरा हुन सक्दछ । नगन्य कुरा हुन सक्दछ । महत्वहीन कुरा हुन सक्दछ । अर्थहीन कुरा हुन सक्दछ । लेखकलाई त्यतिबेला यो...

सृजनाकौ उर्जा

  मलाई  कति बेला के कुरा  अनुभूत हुन्छ भने मभित्र लेख्न पर्ने अथाह कुरा छ ।  मभित्र नयाँ नयाँ सृजनाको लागि अथाह सामाग्रीको भण्डार छ । अथाह खानी छ ।  जुन भण्डार जति खाली गरे पनि रित्तिन । सिद्धिन्न । जुन खानी जति उत्खनन् गरे पनि समाप्त हुँदैन । सकिदैन । कतिबेला त मभित्र गुम्सिएर बसेका अनुभूति, अनुभवm.., भावना ,कल्पना तथा विचार बर्षाको भेल जस्तै यसरी उर्लेर आउँछन् कि तिनको बेगलाई थम्थमाएर राख्न निकै कठिन हुन्छ । बाँध बाँधेर राख्न निकै कठिन हुन्छ । तिनको तीव्र गतिलाई रोक्न हम्मे हम्मे पर्दछ ।  कसलाई व्यक्त गर्ने कसलाई व्यक्त नगर्ने भन्ने समस्याले सताउन थाल्दछ । कसलाई राख्ने कसलाई फाल्ने भन्ने समस्याले सताउन थाल्दछ । एकै चोटि सबै विषयमा कलम चलाउन सकिने कुरा भएन । यसैले आफूभित्र टुसाउन थालेका कति अनुभूति, कति अनुभव , कति कोपिला हाल्न थालेका भावना, कल्पना तथा कति  फुल्न फल्न थालेका बिचार त्यत्तिकै ओइलिएर जान्छन् । त्यत्तिकै झरेर जान्छन् । त्यत्तिकै मरेर जान्छन् ।  गर्भावस्थामा नै तुहेर जान्छन् । फेरि कति अवस्थामा कलम कागज लिएर वा  कम्युटेर खोलेर के...

यात्रीप्रति

यात्रामा प्रस्थान गर्दा अगाडिको बाटो बन्द देखेर किन हिक्मत हार्दछौ यात्री किन हतोत्साहित हुन्छौ यात्री केवल तिमीमा साहस हुनु पर्दछ केवल तिमीमा आँट हुनु पर्दछ संसारमा लाखौं लाख बाटाहरू छन् यात्राका एउटा बाटो बन्द भए अर्को बाटो खुल्दछ एउटा दिशा गलत भए अर्को दिशातिर मोडिनु पर्दछ यात्रा त निरन्तर जारी राख्नु पर्दछ पूर्णविराम लाग्न दिनु हुन्न आफ्नो यात्रामा ओझेलमा पर्न हुँदैन आफ्नो यात्रालाई हिम्मत हारेर पछि हटियो भने निराश भएर यात्रालाई विश्राम दिइय ‍ ो भने कोही कहीं पुग्न सक्दैन यात्रा निरन्तर जारी राखिरहने कुरा हो यात्रा गन्तव्यमा पुग्नलाई हो यात्रा निरन्तर जारी नराखेको भए तेन्जिङ सगरमाथाको शिखरमा पुग्ने थिएनन् यात्रा निरन्तर जारी नराखेको भए बास्को डि गामाले इन्डिया पता लगाउन सक्ने थिएनन् यात्रा निरज्तर जारी नराखेको भए कोलम्बसले अमेरिकाको खोज गर्न सक्ने थिएनन् यात्रा निरन्तर जारी नराखेको भए नील आर्म स्ट्रन्गले चन्द्रमा पाइला टेक्न सक्ने थिएनन् यात्रा जारी नराखेक ‍ ो भए स ‍ ोक्रेटिज स ‍‍ ोक्रेटिज हुन सक्दैनथे यात्रा जारी नराखेको प्लेटो प्लेटो हुन सक्दैनथे एरिस्टोटल एरिस्टोटल हुन सक्दैनथे ...

नरबहादुर दाहालको सम्झनामा

  आजभन्दा लगभग तीन दशक अघि मेरो काठमाण्डौंमा लैनसिंह बाङदेलका उपन्यासमा विद्याबारिधि गर्न आएका सुरेन्द्र प्रधान ¬(  श्रेष्ठ ) सित भेट भएको थियो । मेरो दार्जीलिङतिरका साहित्यकारहरूसितको सम्पर्क टुटेको एक दशकभन्दा बढी समय भएको थियो । त्यतिबेला मैले दार्जीलिङतिरका साहित्यकारहरूका बारेमा सोधपुछ गर्दा उनले मलाई बताएका थिए  समालोचक र कवि गुमानसिंह चामलिङको मृत्यु भैसकेको छ ।  कवि भरत यादवको पनि मृत्यु भैसकेको छ । समालोचक  राम लाल अधिकारी बिमारी छन् । अधवैंशे साहित्यकार नरबहादुर दाहाल झन् युवक भएका छन् । यिनै अधबंैशे अवस्थामा पनि युवक भएका नरबहादुर दाहालको यस्तै सतासी वर्षको उमेरमा हालै मृत्यु भएको दुखद् खबर मैले सामाजिक संजालबाट चाल पाएको हु््ँ । नरबहादुर दाहालसित मेरो व्यक्तिगत परिचय थियो ।  तर म यतिबेला जति प्रयास गरे पनि के कुरा संझिन सकिरहेको छैन भने मेरो उनीसित कहाँ र कहिले परिचय भएको थियो । भेटघाट भएको थियो । मलाई उनीसित दार्जीलङमा भेट भए जस्तो लाग्दैन । १९७२ मा शिलाङबाट दार्जीलिङमा भएको बृहत साहित्य सेमिनारमा भाग लिन उनीसित भेट भएको जस्तो लाग्दैन । म पारसम...

सुकुम्बासी समस्या र समाधान

  यतिबेला मुलुकमा सुकुम्वासीका सम्बन्धमा व्यापक चर्चा भएको छ ।  यस चर्चामा भाग लिनेहरूमध्ये कतिले सुकुम्बासीप्रति आफ्नो भए भरको घृणा उपेक्षा तथा आक्रोश प्रकट गरेको छन् । उनीहरूलाई अवान्छित पात्र पात्राको रुपमा खडा गरेका छन् ।  तिनीह्रू सुक्ुम्वासी होइनन् । हुकु्मबासी हुन् पनि भनेका छन् । फेरि कतिले सुकुम्बासीप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् । उनीहरू दयनीय अवस्थाप्रति आफ्नो चिन्ता पनि जाहेर गरेका छन् ।  उनीहरूले सुकुम्बासीलाई मानवीय दुष्टिले हेरेका छन् । यसै सन्दर्भमा सामाजिक संजालहरूमा मनमोहन अधिकारीको पालामा बनेको सुकुम्बासी आयोगबाट विष्णु पौडेल , प्रदीप ज्ञवाली, सिद्धिनाथ ज्ञवाली, शिव सुवेदी र गोपीरमण उपाध्यायले सुकुम्बासीको नाममा जग्गा प्राप्त गरेको चर्चा पनि चलिरहेको छ । यी सब कुराल नेपालमा सुकुम्बासी शब्द कै विद्रु्पीकरण भएको जस्तो  देखिन्छ ।  यसैले पनि सुकुम्बासी को हुन् र नेपालमा सुकुम्बासी समस्याको समाधान के हो भन्ने सवालमा प्रश्न उठाउनु पर्ने भएको छ । इतिहासकारहरूले भनेका छन् भारत यस्तो धनी देश हो जहाँ गरीबहरू बस्दछन् । हुन पनि भारतमा नेपालका ...

नेपाली साहित्य परिषद्, शिलाङको स्वर्ण जयन्ती

       शिलाङको गोर्खा पाठशाला हाएर सेकेन्ड्री स्कूल मोप्रेम गाडीखानमा स्थित मणिसिंह गुरुङ सभागुहमा विभिन्न कार्यक्रम सहित यही नवम्बर ६ तारिक २०२२  (  २९ कार्तिक २०७९ ) का दिन नेपाली साहित्य परिषद् शिलाङको स्वर्ण जयन्ती समारोहको आयोजना गरिएको छ ।  यो नेपाली साहित्यिक पत्रिका मादलको पनि स्वर्ण जयन्ती बर्षको अवस्था हो ।  यसमा भाग लिन भनेर झण्डै ६ महिना अघिदखि मादलका सम्पादक तथा नेपाली साहित्य परिषद्का सचिव नरबहादुर राईले मलाई  धर्म भूसाल र दुर्गा प्रसाद अधिकारीलाई ईश्वर िप्रसाद खनाललाई समेत साथमा लिएर त्यस कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । जोर गरेका छन् र हामी सबैसित पटक पटक फोन सम्पर्क गरेका छन्  ।  हामी चारैजना कुनै न कुनै रुपमा नेपाली साहित्य परिषद् र मादलसित जोडिएका थियौं ।  शुरुमा दिनमा नेपाली साहित्य परिषद् र मादल पत्रिकामा क्रियाशील रहेका थियौं । यसैले त्यस कार्यक्रमा हामी उपस्थित हुन नसक्नु यसका आयोजकलाई मात्र होइन हामी निमन्त्रित चारै जनालाई खट्किने कुरा हो । दुखित हुने कुरा हो । पीडा हुने कुरा हो ।  फेरि पनि...