Skip to main content

Posts

हाम्रो संस्कृति

  हामी कुनै कुरालाई परिभाषाको सीमाभित्र ँधेर वा सीमित पारेर राख्न सक्दैनौं । यो आम धारणा हो । फेरि पनि हामीले कुनै पनि विषयलाई परिभाषित गर्ने कुरामा कुनै पर्खाल लगाउन सक्दैनौं । हामीले कुनै पनि कुराको सठीक परिभाषा गर्न नसके पनि त्यसलाई परिभाषित गर्ने जमर्को गर्दछौं । यसले गर्दा हामीले कुनै कुराको संतोषजनक परिभाषा दिन नसके पनि त्यसलाई छेउछाउबाट बुझ्ने मामिलामा केही सफलना प्राप्त गर्न सक्दछौं । संस्कृतिको विषयमा केही कोर्न परेमा हामी सामान्य अर्थमा त्यसको अर्थ लगाउँदै भन्न सक्दछौं संस्कृति भनेको हाम्रो जीवन पद्धति हो । जीवन शैली हो ।  माक्र्सवादी दर्शनको आधारमा संस्कृतिलाई चर्चा गर्दा यो समाजको आर्थिक आधारको उपरी संरचनाभित्र पर्ने कुरा हो । समाजको निणार्यक तत्व भनेकै आर्थिक आधार हो । खास आर्थिक आधारमा उपरी संरचनाभित्र दर्शन , बिचार , राजनीति संस्कृति साहित्य कला आदि कुरा पर्दछन् । यिनलाई हामी कुनै खास आर्थिक आधारका प्रतिबिम्ब पनि भन्न सक्दछौं । हरेक युगको आर्थिक आधार फरक फरक हुन्छ । युग परिवर्तनका साथसाथै त्यसको आर्थिक आधार फेरिएको सन्दर्भमा त्यस आर्थिक आधारसित सम्बन्धित उपरी सं...

हामीमाथि काठमाण्डौमा रहस्यमय हमला

  धेरै अघिको कुरा हो । त्यतिबेला म बुटबल बहुमुखी क्याम्पमा अध्यापन गर्दथें । त्यतिबेला तेजप्रसाद कडेल सर पनि बुटबल बहुमुखी क्याम्पसमा काम गर्दथे । हामीलाई त्रिभुवन युनिवर्सिटीको केन्द्रिय अंग्रेजी विभागले सेमिनारमा भाग लिन राजधानी बोलाएको थियो । म र  तेज प्रसाद कडेल प्रतिनिधिको रूपमा  राजधानी पुगेका थियौं । त्यतिबेला प्राध्यापकहरूको आवाश निर्माण बनिसकेको थिएन ।  यसैले हामी बागबजारको थकाली होटलमा बास बस्न पुग्यौं ।  हाम्रा साथमा एकजना रामापुरका व्यक्ति पनि थिए । उनको कुनै संभवत जमीन जग्गा सम्बन्धी मुद्दामा तेज प्रसाद कडेलले डिल गरेको अवस्था थियो । मुद्दा हेरिरहेको अवस्था थियो ।  पहिलो दिन हामी तिनै जना बागबजारको थकालीको होटलको माथिल्लो तलामा अगाडिपट्टिको कोठामा बसेका थियौं । अर्को दिन आफ्नो विशेष काम गरेर हाम्रा साथमा आएका व्यक्ति ( अहिले मैले उनको नाम स्मरण गर्न सकेको छैन ) बुटबल फर्केका थिए । यसैले हामीले अगाडिपट्टिको ठूलो कोठा छोडेर सानो दुई बेडको बीचको कोठा लिएका थियौं । एक छिन किताब पल्टाएर हेरे पछि तेज प्रसाद कडेल कुनातिरको कोठामा र म ठीक झ्याल मुनिको ...

दिलबहादुर नेवारबारे भ्रम

  दिलबहादुर नेवारको सम्बन्धमा ज्ञानबहादुर छेत्रीको एउटा अनुसन्धानात्मक लेख उत्तर पूर्वी भारतीय नेपाली निवन्धः एक संक्षिप्त रूपरेखा ( रचना वर्ष ५१, पूर्णांक ११२ बैशाख जेठ२०६८ ) शीर्षकमा प्रकाशित भएको थियो । यस लेखमा उनले दिलबहादुर नेवारको बिचारमा डुवेको मान्छे लेखको चर्चा गरेका छन् । उनले टिप्पणीमा भनेका छन् — उत्तर पूर्वी भारतको पहिलो निबन्ध कुन हो भन्ने कुरामा लेखकहरू एक मत भएका देखिंदैनन् । नेपाल साहित्य परिषद, असमको मुखपत्र परिषद पत्र ( पृ. १४३ ) मा दिलबहादुर नेवारको बिचारमा डुबेको मान्छेको प्रकाशन वर्ष वि. स. २०२७ देखाइएको छ । तदनुसार प्रा दुर्गा प्रसाद घिमिरेको साधना (  पृष्ठ ३४ ) मा उक्त ग्रन्थको प्रकाशनकाल सन् १९७० भनिएको छ । डा. भीमकान्त उपाध्यायको केही समीक्षात्मक निवन्धहरू शीर्षक ग्रन्थ (  पृ १ ) मा कृष्णप्रसाद ज्ञवालीको पीपलको  छहारीलाई उ. पूं भारतको पहिलो निबन्ध संकलन भन्ने उल्लेख पाइन्छ । मेघालयका शोधकर्ता गोविन्दसिंह रावतको शोधपत्र नेपाली साहित्यमा मेघालयको अवदान (  पृ ६३ ) मा विचारमा डुवेको मान्छेको मान्छेको प्रकाशन १९६० सन् उल्लेख छ तर त्यो ग्रन्...

जीवनका बाटाहरू रोज्ने निर्णय

मान्छेका जीवनका बाटाहरू एक होइन अनेक हुन्छन् । आफू कुन बाटो हिंड्ने त्यो कुरा मान्छेले आफै चुन्नु पर्ने हुन्छ । आफै तय गर्नु पर्ने हुन्छ ।  तर त्यसरी आफू हिंड्ने बाटो चुन्न त्यति सजिलो भने हुँदैन । त्यति सहज भने हुँदैन । फेरि पनि कति मान्छेले आफू हिंड्ने बाटो बडो सहज  तरिकाले नै चुन्छन् । तर कति मान्छेलाई आफू हिंड्ने बाटो चुन्न निकै कठिन हुन्छ । पहाड पल्टाउनु जस्तै हुन्छ । प्रशस्त समय लाग्दछ । त्यस अवस्थामा उनीहरू अरु कसैले चुनिदिएको बाटो हिंड्नु पर्ने पनि हुन सक्दछ । नेपालीमा एउटा उखान छ आफ्नो बुद्धिले बरु जोगी हुनु अर्कोको बुद्धिले राजा नहुनु । नेपालीमा यस्तो भनाइ पनि छ — सुन्नु सबैका कुरा तर चल्नु आफ्नो  हिसाबले । आफ्नो निर्णयले ।  आफ्नै बुद्धिले ।  कुरा यस्तो भए पनि साँचो कुरा त के हो भने कहिले आफ्नो बुद्धिले चल्दा पनि धोका पाइन्छ । फेरि कहिले अर्कोको बुद्धिमा चल्दा पनि सफलता प्राप्त गर्न सकिन्छ । कुरा जे भए पनि आफ्नो बुद्धिले चल्नु राम्रो कुरा हो । आफ्नो बुद्धिले चल्न मान्छेमा निर्णय गर्ने क्षमता चाहिन्छ । उसले कुनै पनि कुरामा तुरुन्त निर्णय लिन सक्ने क्षमत...

छोरीको प्रश्न

  बुबा एक किलो गहुँलाई कति पर्दछ  म छतमा चरालाई चारो हालिदिन्छु  म संझिन्छु  आमाले छतमा कौवालाई रोटी राखिदिनुहुन्थ्यो  जहाँ गएको भए पनि कौवा  रोटी खान आउँथ्यो  मैले छोरीलाई भने  मकै छन्  मकै राखिदेऊ  उत्कर्षा भन्दछे मकै भंगेराले चपाउन सक्दछ र  म भन्दछु  मकैको आटा होला  त्यही राखिदिनु  चामल राखिदिए पनि हुन्छ  म गंभीर भएको देखेर  छोरी प्रश्न गर्दछे  क सोंच्दै हुनुहुन्छ  म भन्दछु केही सोंचको छैन  सोंच्न त सोचिरहको छु  २०८१ साल लागिसक्यो  रविलाल अधिकारीको साहित्य सारथीमाथि टिप्पणी अलिकति त लेखेको छु  पुरा भएको छैन  उता काडमाण्डुबाट  मित्र कृष्णले एस एम एस गर्नु भएको थियो तपाईं दर्शन सम्बन्धि लेख आएन  अस्ति चैत मसान्तमा लेख पुरा गरेको थिएँ तर फेरि लेखमा केही थप्न मन लागेको छ  पुरा गरें भनेको लेख पनि पुरा भए जस्तो लागेको छैन  उता शिलाङबाट मित्र नरबहादुर राईले  फोन गरेको पनि महिना दिनभन्दा बढ्ता भयो भन्नु भएको थियो  मादल निस्किंदै छ  तपाईंका लेख ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...

पट्टुको संझनामा

  यस्तै ६ बजे म र ज्ञानु घुम्टे कानूनी सेवा फर्मबाट आफ्नो निवासमा आएका थियौं । छोरा छोरी सुभाष र उत्कर्षा डाइनिङ टेबलमा बसेर ६ महिना अघि विदेश गएकी दिदी ईप्सासित भिडियो कलमा कुराकानी गरिरहेका थिए । म र ज्ञानु पनि डाइनिङ टेबलमा कुर्सी तानेर बस्यौं । पट्टु् मतिर आएर कहिले मेरो कुम, कहिले पाखुरा त कहिले टाउकामा बसिरहेको थियो । तर पट्टु सधैंको जस्तो हो हल्ला गरिरहेको थिएन । बोली रहेको थिएन । मौन बसिरहेको थियो ।  छोरी उत्कर्षाले भनी आज पट्टुले एउटा कप खसालेर फुटालेको थियो । शायद डराएर होला चुपचाप बसेको छ । कसैसित बोलेको छैन । विदेशमा गएकी छोरी ईप्सासित कुराकानी गरिरहेको बेलामा हामीले मोवाइलमा उसको अनुहार देखाइदिंदा ऊ घोरिएर हेर्दथ्र्यो । कतिबेला मोवाइलको नजदिक गएर स्पर्श गर्दथ्यो । हामीबीच कुराकानी यही पट्ट्को सम्बन्धमा चलिरहेको थियो । हामीले एकसाथ एक्युरियममा माछा र पट्ट्ु पालेका थियौं । माछा चुपचाप एक्युरियममा बस्दथे । तर पट्टु पिंजडामा बस्न चाह्न्नथ्यो । पिंजडामा राखे हो हल्ला गर्न थाल्दथ्यो । शोर मच्चाउन थाल्दथ्यो । यसले हल्ला गरे पछि नानी बाबुले त्यसलाई पिंजडा खोलेर बाहिर निका...