Skip to main content

Posts

बुबाको. छाता

  बुबाको मृत्यु म सानो छँदा नै भएको हुनाले उहाँका बारेमा मैले जति कुरा जाने बुझें त्यो अरुका मुखबाट सुनेर हो । बुबाका बारेमा धेरै कुरा त मैले आमा कै मुखबाट सुनेको हूँ । जानेको हुँ । यहाँ नेर मैले आमाकै मुखबाट सुनेको एउटा घटनाको चर्चा गर्न चाहन्छु । घटना हो बुबाको छाताको बारेमा । बुबाको छाताको अदला बदली भएको बारेमा । अदला बदला गरिएको बारेमा । हेराफेरीको बारेमा । बुबा बराबर गल्कोटे राजाको संगतमा हुनुहुन्थ्यो । बुबा दरम (  हरिचौर ) का व्यापारी नेवार थकालीको संगतमा हुनुहुन्थ्यो । बुबा हटिया बजारका व्यापारी नेवार थकालीको संगतमा हुनुहुन्थ्यो । बुवा बाँसखोला बामिया र सर्दाखेतका ठकुरीहरूको संगतमा हुनुहुन्थ्यो । त्यतिबेला गल्कोटमा बन्द व्यापार गर्ने बाहुन क्षेत्री र गुरुंग मगर थिएनन् भन्दा पनि हुन्छ । यो कुरा बेग्लै हो कि म नजन्मिदै मेरा बुबाले जेठा बुवा कान्छा बुबा र डाँडाका भंडारीसित मिलेर पहिले सगरियामा (  पार्टंनरसिपमा )  र पछि एक्ला एक्लै व्यापार गर्न थाल्नु भएको थियो । गाउँबाट तल बाटामा झरेर पसल थाप्न थाल्नु भएको थियो । बुबा गाउँको मुखिया , एकजना भलाद्मी , व्यापारी आदि ...

सानामा मेरो पानी पिउने बानी

     डाक्टरहरूले धेरैभन्दा धेरै पानी पिउने सल्लाह दिन्छन् । पानी पिउनाले हामीलाई कुनै नोक्सान गर्दैन । बरु फाइदा नै फाइदा गर्दछ । स्वस्थ रहनको लागि हामीले जति सकदो पानी पिउनु पर्दछ । पानी त हामी पिउँछौं नै । तर पानी पिउनाले हामीलाई फाइदा हुन्छ भनेर पिउँदैनौं । डाक्टरहरूले पानी पिउने सल्लाह दिएका छन् भनेर पिउँदैनौं । बरु हामी तिर्खा लाग्दा पानी पिउने गर्दछौं ।  हाम्रो शरीरले पानी मागेमा हामी पानी पिउँछौं । आज भोलि मैले केही बढी पानी पिउन थालेको छु । म आफ्नो शरीरले मागेभन्दा पनि बढी पानी पिउने गर्दछु । आजभोलि म सुत्नेबेलामा हाइन बरु विहान जुरुक्क उठेर पान पिउन थालेको छु ।  शायद मैले हाम्रो शरीरलाई पानीको ठूलो आवश्यकता हुँदोरहेछ भन्ने वास्तविकतालाई बुझेर धेरै नै पानी पिउने गर्दछु । तिर्खा लाग्दा त म अवश्य पानी पिउँछु नै । तिर्खा नलागे पनि म पानी पिउँछु । फेरि पहिले पहिले मैले जुनसुकै पानी पनि पिउने गर्दथें ।  आजभोलि सकेसम्म म शुद्ध पानी पिउने प्रयास गर्दछु । म केटाकेटी छँदा मलाई पानीको महत्वबारे खासै कुनै ज्ञान थिएन । पानी हाम्रो शरीरको लागि कति आवश्यक हुन्छ भ...

राजाले आमालाई झुक्काए

   राजा महेद्रको पश्चिमा भ्रमण हुँदा म घरमा थिइनं । गल्कोटमा थिइनंं । उनी गल्कोटमा पुगे पछि मजुवाको फाँटमा क्याम्प राखेर बसेछन् । त्यहाँ उनले डकुमेन्टरी फिल्प पनि देखाएर निकै चहल पहल गरेछन् । भेष बदलेर घुमघाम गरी सर्व साधारण जनताको अवस्था बुझ्न पनि खोजेछन् । राजा महेन्द्रले गल्कोटमा शिकार खेल्न पनि पाइन्छ भन्ने कुरा पनि सुनेको रहेछन् । यसैले उनले                    घुम्टेबाट घोरल  मृग लखेट्दै तल झार्न लगाएर शिकार  खेलेछन् । राजा महेन्द्रले गल्कोटको दरमखोलामा असला माछा निकै प्रसिद्ध छन् भन्ने कुरा पनि सुनेको रहेछन् । यसैले दरमखोलामा दोहालो थुनेर  माछा  मार्न पनि लगाएका रहेछन् । तर मैले यहाँ विशेष चर्चा गर्न खोजेको कुरा राजा महेन्द्रको पश्चिम भ्रमणको सिलसिलाका भन्दा गल्कोट आउनुभन्दा अघि र पछिका हुन् ।   राजा महेन्द्रको गल्कोटमा भ्रमण हुने भए पछि त्यहाँका बाटाघाटा सडक चाक्ला पार्ने काम तुफानी गतिले अघि बढाइएछ । बाटो खन्ने काममा निकै तीव्रता ल्याइएछ । राजा महेन्द्रले पश्चिमतिरको भ्रमण गर्दा हाम्रो दोका...

भूत

      म सानैदेखि भूत प्रेतदेखि डराउने मान्छे थिएँ । डराउन दिनेदेखि डराउने मान्छे थिएँ । हाम्रो घरको मास्तिर एउटा पहरो थियो । आमा त्यस पहरोमा किचकिनी बस्दछे भन्नुहुन्थ्यो । यसैले म त्यस पहरोको वरपर जान डराउँथें । मैल हाम्रा गाउँमा एकजना युवकलाई भूतले एक महिना लुकाई राखेर छोडिदिएको थियो भन्ने कुरा पनि सुनेको थिएँ । उनलाई भूतले खाना खान दिंदा उल्टो हातले थाप्नु पर्दथ्यो भन्ने कुरा पनि सुनेको थिएँ । सुल्टो हातले खाना थापे भूतले गालामा थप्पड हान्दथ्यो भन्ने कुरा पनि सुनेको थिएँ । मैले के पनि सुनेको थिएँ भने भूतले खानलाई गडौला दिन्थ्यो । उसले उनलाई एक महिना लुकाई मंत्र सिकाएर आफ्नो चेलो बनाएको थियो  । उनलाई त्यसरी एक महिनासम्म लुकाएर राखी मंत्र सिकाएर चेला बनाए पछि मात्र लुकाएको ठाउँबाट बाहिर ल्याई छोडिदिएको थियो । मैले सुनेको यस कुराले पनि मलाई  सानामा भूत प्रेतसित डराउने बनाएको थियो ।  डराउन दिनेदेखि डराउने मान्छे बनाएको थियो । मैले सानामा के कुरा पनि सुनेको थिएँ भने एकपल्ट नुन, तेल , मर ,मसाला, सुर्ती, तमाखु ,लत्ता कपडा आदि लिन  जाने हाम्रा गाउँलेहरूसित ढ...

गुँड त काँचै रहेछ

  मैले केटाकटीमा भनेको रहेछु — गुँड त काँचै रहेछ । मैले त्यसरी केटाकेटीमा भनेको कुरा पछिसम्म धेरैेले चर्चा गरेको सुन्दथें — यसले त सानोमा गुँड त काँचै रहेछ भन्दथ्यो । यद्पि मैले सानामा त्यसरी गुँड त काँचै रहेछ भनेको कुरा सम्झिन्न । सम्झिन सक्दिनं । संझिन्छु त यसले सानामा गुँड त काँचै रहेछ भन्थ्यो भन्ने कुरा । मैले सानामा भनेको यो कुरा एक कान दुई कान हुँदै मैदान भएको थियो ।  मेरा बुबा रविलाल साहनीले म जन्मिनुभन्दा अघिदेखि माथि गाउँ हुलुवाबाट तल बामियामा सगरिया  ( पार्टनरसिप ) मा दोकान गर्न थाल्नु भएको रहेछ । पार्टनर रहेछन् जेठा बुबा  हवल्दार करबीर साहनी, कान्छा बुबा दुर्ग सिंह साहनी तथा डाँडाका पूर्णबहादुर भण्डारी ।  पछि जेठा बुबाले दोकान गर्न छोड्नु भएछ । कान्छा बुबाले अलगै बामियामा हुलुवा खोलामाथि पाखमा दोकान गर्न थाल्ुनु भएछ । बुबाले आँगाखेतमा दोकान गर्न थाल्नु भएछ  । डाँडाका भण्डारीले बाँसखोलामा दोकान गर्न थाल्नु भएछ ।  बुबाले आँगाखेतको व्यापार गर्दा दोकानमा कपडा लत्ताको साथसाथै खिच्री मिच्री,  सिगरेट, मार्चिस, तमाखु,  चिनी, मिस्री , गडी ,...

प्रो. होम चौधरीदेखि प्रो ए सिन्हासम्म

  १९६६ तिरको सेरोफेरोको कुरा हो । म त्यतिबेला सेन्ट एन्थनी कलेजमा पी युमा अध्ययन गर्दथें । त्यतिबेला हामीलाई अंग्रेजी पढाउने एकजना प्रोफेसर थिए — ए सिन्हा । सिन्हा पटना बिहारबाट आएर शिलाङको सेन्ट एन्थनी कलेजमा अंग्रेजीका प्रोफेसर बनेका थिए । त्यहाँ हामीलाई पी युमा अंग्रेजी पढाउने अर्का प्रोफेसर थिए — होम चौधरी । उनको उच्चाहरण आम प्राध्यापकको भन्दा फरक थियो । मैले उनले बोलेको कुरा राम्ररी बुझ्दा पनि बुझ्दैनथें । मेरा साथीहरू उनलाई बेलायतको गोल्ड मेडलिस्ट हुन भन्दथे ।  पछि मलाई थाहा भयो — कुरो त्यस्तो रहेनछ । मैले नर्थ इस्टर्न हिल युनिवर्सिटीमा अंग्रेजीमा एम ए अध्ययन गर्दा डा. होम चौधरी पनि त्यहाँ प्रोफेसरको पदमा नियुक्त भएका थिए । उनी पछि अंग्रेजी विभागका विभागीय प्रमुख पनि बने । त्यतिबेला मलाई थाहा भयो उनी अंग्रेजी भाषा साहित्यमा राम्रो दखल भएका त्यति दक्ष प्राध्यापक रहेछन् जति मैले सोंच्ने गरेको थिएँ । त्यतिबेलाका विभागीय प्रमुख प्रो. डा ए जर्ज, प्रो. डा.बृजराज सिंह, प्रो डा फान्सिस आदिको दाँजोमा उनी त केही पनि रहेनछन् । बिचरा रहेछन् । हामीलाई भाषा विज्ञान पढाउने हैदराबावद सि...

दौरामा डिमोसन

  हिजो दौरा सुरवाललाई राष्ट्रिय वा जातीय पोशाक मानिएको थियो । आज पनि दौरा सुरवालाई राष्ट्रिय वा जातीय पोशाक नै मानिएकै छ । यहाँ मैले दौरा सुरवालको चर्चा नगरेर दौराको मात्र चर्चा गर्दा कसैलाई अनौठो कुरो लाग्न सक्दछ । कसैलाई अपुरो कुरा पनि लाग्न सक्दछ । तर कुरो यसो होइन । यहाँ मैले दौराको मात्र कुरा गरेको एकपल्ट मैले दौरा मात्र गाएकोले हो । मैले सुरवालको कुरा नगरेर दौराको मात्र कुरा गर्नुको यो अर्थ होइन कि मैले कहिले सुरवाल लगाएको छैन । वास्तवमा जसरी मैले एकपल्ट ( शायद एकपल्ट ? )  मात्र दौरा लगाएको छु त्यसरी नै मैले एकपल्ट मात्र सुरवाल लगाएको छु । कुरा के भने एकपल्ट मैले दौरा बिनाको सुरवाल लगाएको छु । फेरि मैले एकपल्ट सुरवाल बिनाको दौरा लगाएको छु । उसरी हो, मैले दौरा र सुरवाल एक साथ पनि लगाएको छु । तर त्यसरी दौरा सुरवाल लगाएको कुनै सभा समारोह , विवाह वा आजा पुजामा उपस्थित हुँदा होइन मंचमा नाटकमा अभिनय गर्दा ।  म अझसम्म दौरा सुरवाल लगाएर सार्वजनिक स्थलमा ृउपस्थित भएको छैन । सार्वजनिक स्थलमा उपस्थित भएको छु भने पनि नाटकमा उपस्थित भएको छु । मेैले दौरा सुरवाललाई आफ्नो पहिरनको प...