Skip to main content

Posts

Showing posts from November, 2019

वार पारको यात्रा

बिस्तारवादले त  किन छोड्न खोज्थ्यो र सजिलै आफ्नो नक्शामा पारेको लिँिँँम्पयाधुरा लिपुलेक र कालापानी हामीले जबरजस्ती छोडाउन सक्नु पर्दछ एक दिन मात्र  होइन दुई दिन मात्र होेइन आवश्यक परे हजारबर्षसम्म पनि हामी लड्न भिड्न सक्नु पर्दछ बन्न खोेज्दछ यदि कोही तगारो भने हाम्रो बाटोमा हामीले उसको टाउको पनि गिड्न सक्नुपर्दछ यदि कोही बन्न खोज्दछ लेन्डुप दोर्जे भने                                            यस मुलुकमा पनि पाइताले कुल्चेर हामीले उसलाई अघि हिंड्न सक्नु पर्दछ मुलुक सानो छ भनेर हिक्मत हार्नु हुँदैन हामीले सकिन्न होला आफ्नो भूमि फर्काउन भनेर एक रति पनि आश मार्नु हुँदैन हामीले दुश्मन बलियो छ भनेर कत्ति पन तर्सनु हुँदैन हामी बीर पुर्खाका सन्तान हौं हामी भन्ने कुरा कत्ति पनि बिर्सनु हुँदेन हामी ठूला ठूला साम्राज्य पनि ढलेको इतिहास हामीले पढेका  छौं युद्ध जित्ने विश्वास भएर त ् हामी निरन्तर अघि बढेका छा्रै रोकिने छैन हाम्रो यो महान वार पारको यात्रा जबसम्म दुश्मनको करार पराजय र हाम्रो शानदार विजय हुँदैन । ११–८–२ं०७६

दक्षिणका वादशाह

भारतले कालापानी लुम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्शामा पारे पछि सरकार दरो गरी बोल्न नसके पनि नेपाली जनता  मोदी सरकारका कानका जाली फुट्ने गरी बोलेका छन् । भारतको बिरुद्धमा देशभक्त नेपालीहरूको अभूतपूर्व रुपमा राष्ट्रिय एकता प्रदर्शित भइरहेको छ । योे निकै सकारात्म्क कुरा हो । नेपाली जनता भन्न थालेका छन् सरकारले भारतीय फौजलाई नेपालको भूभागबाट हटाउन सक्दैन भने त्यो जिम्मा नेपाली जनताले लिनेछन् र उसलाई नेपालको भूभागबाट भगाउने छन् । जे हास् कालापानी लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो भन्ने कुरा इतिहासले साबित गरिसकेको छ । निश्चित रुपमा कालापानी नेपालले ढिलो चाँडो फिर्ता लिने छ । फेरि पनि के कुरा पनि निश्चित छ भने विस्तारवादी भारतले सजिलै कालापानी छोडेन भने हामीले त्यसलाई फिर्ता गराउने निके लामो लडाई लड्न  पर्ने हुन सक्दछ । आफ्नो मातूभूमिको लुटिएको वा जबरजस्ती कब्जा गरिस्एको जमीन फर्काउन  हामीले जस्तो सुकै कदम पनि चाल्नु पर्ने र चाल्नु सक्नु पर्ने अवस्था पनि आउन सक्दछ । हामी हर कुराको लागि सदा तयार रहन आवश्यक छ । भनिन्छ नेपालले भारतबाट कालापानीबाट त्यहाँ तैनाथ गरेका आफ्ना सेना  नहटाउञ

दुश्मन से बार्ता

बहुत ही चुप्पी साधी हमने कई बर्षौं से तुम्हारे हरकतो से मर्माहत हुते हुए भी तुम्हारे जुल्म से जलते हुअ‍ेी भी बात सही भी है तुम ताकतबर थे हमसे कही ज्यादा ताकतवरों से  तरस खाना स्वाभाविक ही था इतिहास हमेंं यही बताता है द्युनिया हमें यही जताती है हार माननी पडती है कमजोरों को ताकतवरोें के सामने तुमने हमारे नदियौं. पर कव्जे किए हम चुप रहे ्तुमने हमारे जमीनों पर कदम बढाये हम देखते रहे कुछ बोल न पाए कुछ कर न पाए सिर्फ इसलिए कि तुक ताकतबर थे हम काफी कमजोेर थे देखते देखते तुमने पशुपति नगरकी और पाव बढाया देखते देखते तुमने महेशपुर की ओर कदम बढाया देखते देखते तुमने सुस्ता पर धावा किया कालापानी कक्जा किया लिम्पियाधुर लिपुलेख पर हमला किया देखते देखत तुमने देश के हर जगह पर लक्ष्ममण रेखा पार किया तुमने जंगे पिलर उखाड फेंका  तुमने दिन  दहाडे इस पार  के गावों को तुमने उस पार का गाँव बनाया रातों  रात नेपाली नागरिक हो कर सोए हुए थे हम शाम कोे सुबह उठे तो हमने पाया हम इन्डिन हो गए थे                                      खो दिया था हमने अपना पहिचान खो दिया था हमने

कालापानी

होइनौं हामी छाती च्याती कवच दिने कर्ण जस्तै दानी            तोपदेखि तर्सेर तेरो छोडदैनौ हामी कदापि  कालापानी कोर्दैमा नक्शा नकली तैेंले हुँदैन कहिले यो धरती तेरो भित्राउँला भनेको होलास् लगाएर बन्दुकको  सात फेरो सुस्ता खाइस, लिपुलेक खाइस  खाइस तैले लिम्पियाधुरा मातृभूमिको मुटुमा  चलाइस तैंले  कति  हो कति छुरा कोशी खाइस् गण्डकी खाइसे खाइस कर्नाली महाकाली दुनियाँमा देखिन मैले कतै पनि तं जस्तो धुर्त महा जाली जंगे पिलर राता रात गायब पारिस तैंले कति हो कति अतिक्रमण गरी भूभागमाथि क्षति पुराइस्  कति हो कति दुनियाँका सामुन्ने नांगिदा पनि तेरो फिरेन कहिले मति            लुटनसम्म लुटिस तैले यो धरतीको रगत पसिना माटो पारिस् तैले मुटुभरि हाम्रो हेर कति कति हो कति खाटो  फेर्ने पर्ने हो अब हामीले हिंडेदै गरेको सारा पुरानो बाटो फेर्न पर्ने भो अब हामीले दुश्मनलाई धूलो चटाएर साटो धरतीमा बढे पछि दैत्य राजको असह्य अन्याय अत्याचार अनिवार्य हुन्छ  धरतीमा फेरि अर्को कुनै नरसिंह अवतार आवश्यक परे देशलार्ई लगाउनु पर्छ हामीले हँसियामा धार गर्नै पर्दछ दुश्मनको पंजाबाट अपहरित माटोको  उद्धार चला

जंगे पिलर २

जंगे पिलर त गायब गरेका थिए डाँकाहरूले त्यहाँ पनि यता उता त्यता जस्तै मध्यरातमा निल्नलाई मातृभूमिको माटो हडप्नलाई सीमावारिको भूभाग विस्तार गर्न आफ्नो साम्राज्य अमर शहीद गोविन्द गौतम तिमी आफै जंगे पिलर भएर खडा भयो  तिमी आफै भक्ति थापा भएर खडा भयो तिमी आफै भीमदत्त पंत भएर खडा भयो तिमी आफै देशको सिपाही भएर खडा भयो तिमी आफै देशको बीर योद्धा भएर खडा भयो तिमी आफै देशको सपुत भएर खडा भयो सीमाको सुरक्षा गर्न मातृभूमिको रक्षा गर्न आफ्नो माटोको हिफाजत गर्न सह्य भएन तिम्रो देशभक्ति अतिक्रमणकारी आक्रंंमणकारीहरूलाई सह्य भएन तिम्रो प्रतिरोध विस्तारवादी शैतानहरूलाई र दागे गोली दुश्मनहरूले तिम्रा छातीमा र ढाले अर्को भक्ति थापा अर्को भीमदत्त पंत अर्को जंगे पिलर सीमामा हिमाल जस्तै अडिग खडा जंगे पिलर दुश्मनले एउटा जंगे पिलर ढाले पनि लाखौं लाख जंगे पिलर लाइन लाएर खडा छन् सीमाना सीमानामा गौडा गौडामा मातृभुमिको पहरेदारी गर्न मातुभूमिको सुरक्षा गर्न चुप लागेृर बस्न सक्दछ मुर्दाहरूको संसद यो देशमा चूप लागेर बस्न सक्दछ मुर्दाहरूको सरकार यो देशमा चुप लागेर बस्न सक्दछ लेन्डुप

जंगे पिलर

चैत बैशाखको चर्को घाममा खल्खल्ती पसिना चुहाउँदै असार साहुनको बर्खे झरीमा लुछुप्प भिज्दैै पुष माघको चिसो सिरेटोमा कठाग्रिदै समयका अनेक  घात प्रतिघात बेहोर्दै झेल्दै खेप्दै बर्षौ वर्षदेखि अविराम अबिचल अडिग हाम्रो सिमानामा खडा रही दिन रात पहरा दिइरहेको जंगे पिलर सीमा रेखा कृुरिरहेको जंगे पिलर दिन दहाडै बेपत्ता पारिएको छ यतिबेला कुनै आततायी राज्यले निरिह नागरिक बेपत्ता पारे झैं र जंगे पिलरसितै नै हाम्रा वीर पुर्खाको रगतले कोरेकोे भूगोल बेपत्ता पारिएको छ हाम्रा वीर पुर्खाको रगतले लेखेको इतिहास बेपत्ता पारिएको छ र हाम्रो भूगोलसित नै हाम्रो इतिहाससित नै हाम्रो पहिचान बेपत्ता पारिएको छ हाम्रो अस्तित्व बेपत्ता पारिएको छ तर पनि हिजोदेखि नै मौन रहन अभ्यस्त हामी हिजोदेखि नै मौन रहन वाध्य हामी आज पनि मौन छौं हाम्रो यो मौनता शायद हाम्रो संस्कारको मौनता होला हाम्रो यो मौनता शायद हाम्रो संस्कृतिको मौनता होला हाम्रो यो मौनता शायद हाम्रो सभ्यताको मौनता होला हाम्रो यो मौनता शायद हाम्रो शिष्टताको मौनता होला हाम्रो यो मौनता शायद हाम्रो भद्रताको मौनता होला हाम्रो

बिर्सेका छैनौं

बिर्सन त हामीले कालापानी त के नालापानी पनि विर्सेका छैनौ बिर्सन त हामीले किल्ला कांगडा र टिस्टा पनि बिर्सेका छैनौं बिर्सन  त हामीले ग्रेटर नेपालको नक्शा पनि विर्सेका  छेनौं सपना पनि  विर्सेका छैनौं बिर्सन पनि कसरी बिर्सन सक्दथ्यौं हामी हाम्रा पुर्खाले रगतले लेखेको  गौरवशाली इतिहास विर्सन पनि कसरी बिर्सन सक्दथ्यौं हामी हाम्रा पुर्खाको गौरव गाथा र अद्भूत् अदम्य साहस काँप्दथे थर थर  साम्राज्यवादका तोप गोला पनि गोरखालीका हातमा नांगो खुकरी चम्किन थाल्दा बैरीको त  सातो नै जान्थ्यो युद्धको मैदानमा आयो गारखाली भन्दै हाम्फाल्दा हिजो सिंगो देश खाएर पनि भरिएनछ अझै अगस्तीको भूँडी खान खोज्दै छ मुख बाएर दैत्य हाम्रो स्वतन्त्र स्वाधीन र सार्वभौम भूमि पनि चुँडी चुँडी पशुपति नगर खायो महेशपुर खायो सुस्ता खायो खायो लिम्पियाधुरा  लिपुलेक कालापानी पाएर  नै हो कि लेन्डुपेहहरूको गुलियो बचन खाँदै छ हाम्रो जमीन दिन दिनै छिन छिनै झनै झनै शनै शनै एक्लो जगे पिलरले कति  गरोस् सुरक्षा यो देशको भूगोेलको बनेर सीमाकोे मुक  चौकीदार छैन बरा सुरक्षा खुदै जंगे पिलरको आफ्नै पनि देश कै सुरक्षाको

भ।रतको निर्लज्ज दादागिरी

भ।रतको निर्लज्ज दादागिरी हामी नेपाली भारतका शत्रु होइनौं । हामी कहिले पनि भारतको कुभलो चाहँदैनौं ।  तर भारत हामीलाई कहिले पनि गन्दैन । टेर्दैन । हामीप्रति शत्रुबत् व्यवहार गर्दछ । उसरी भारतको कुनै पनि छिमेकी मुलुकसित राम्रो सम्बन्ध छैन । अरु कुनै कारणले होइन । उसको विस्तवादी नीतिले । उसको अतिक्रमकारी चरित्रले । उसको दादागिरीले । उसको हेपाहा तथा मिचाहा प्रबुत्तिले । भारत आफ्ना      छिमेकी मुलुकलाई भूटानलाई जस्तै मुठीमा बन्द गरेर राख्न चाहन्छ या त्यसलाई सिक्किमलाई जस्तै क्वाप्प निल्न चाहन्छ । नेपाललाई  अर्को सिक्किम बनउन दाउ  हेरेर बसेको भारतीय विस्तारवाद चीनको कारणले पनि खुम्चिएर बसेको छ । यद्पि चीन माओको पालाको जस्तो छैन । तैपनि उसले नेपाल र नेपालीमाथि थिचो मिचो गरेको देखिन्न । भारतले सयौं  ठाउँमा हाम्रो भूभागमाथि अतिक्रमण गरेको छ । यो दुई कारणले गरेको छ । पहिलो कारण त भारतको दादागिरी हो । भारतको विस्तारवादी चरित्र हो । दोस्रो कारण हो हाम्रा सत्ताधारी दलको दलाली चरित्र । भारतलाई खुशी पारेर सत्तामा टिकिरहने लालसा । भारतका आशीर्वादले शासन सत्तामा पुगेका वा पुग्ने हैसियतमा भएका दलहर

गो व्याक इन्डिया

हाम्रो प्यारो कालापानी लिपुलेक लिम्पियाधुरा विस्तारवादले हान्यो हाम्रै मुटुमा हेर छुरा गरेकै थियो हाम्रो भूभाग पहिलेदेखि नै कब्जा भएन यसलाई लुट्न दिउँसै कत्ति पनि लज्जा आमामा छातीमाथि बजे पनि विदेशी ती बुट मच्चाए पनि मुलक भरि नै कति हो कति लुट नक्शामा त थियो  लेखेको  हाम्रै देशको नाम अहिले मानचित्र देशकंै चपाउने गर्यो काम उता देश उसको रक्षा गर्न हाम्रै मान्छे मर्ने  यता ऊ देश हाम्रो खानलाई अघि अधि सर्ने देश लुट्दा दुश्मनले कति हो चुप लागी बस्ने बलभद्रका सन्तान हामी कहिले कम्मर कस्ने अति भयो अति अभि भयो गो व्याक इन्डिया हाम्रो देशको भूभागबाट गो व्याक इन्डिया । ११–६–२०१९

देशको दण्डहिनताप्रति

हिसाब किताब धेरै छ मिलान गर्नु पर्ने पाई पाई  गनेर चुक्ता गर्नु पर्ने बर्षौ बर्षौदेखि च्यापेर राखेको बही खाता पल्टाउनु  पर्ने एक दिन धुलो झारी झारीे मुलतबीमा रहेको फायल खोल्नु पर्ने पाताल पुगेको भए पनि अपराधी जति सुरक्षित र संरक्षित रहे पनि अपराधी पता लगाएर उसलाई पाता कसेर पल्टाउनु पर्ने न्यायको कठघरामा खडा गर्नु पर्ने कसको कति त कसूर फैसला सुनाउनु पर्ने दण्ड सजाय तोक्नु पर्ने बिना मुलाहिजा उसलाई दण्डित गर्नु पर्ने हिसाब किताब धेरै छ मिलान गर्नु पर्ने   । १६–७–२०७६                                             

अनुभूति २

पंचायत गएर पनि फेरि फर्केर आए जस्तो छ जनताले हिजोभन्दा पनि आज झन् धेरै दुख पाए जस्तो छ लुटेराहरू मिलेर भित्रका र बाहिरका सबै देश नै लुटेर खाए जस्तो छ बाँकी नराखेर केही आन्द्रा भूँडी समेत चपाए जस्तो छ । १६–७–२०७६

अनुभूति

हेर्दै जाँदा बुझ्दै जाँदा फेरिन त धेरै कुरा फेरिए यहाँ तर खोई के कुरा फेरिए र मान्छे फेरिए तर मानसिकता फेरिएन नाम फेरिए तर काम फेरिएन मंत्र फेरिए तर तन्त्र फेरिएन भयो होला माथि माथिकालाई फेरिएको निकै धेरै अनुभूति तर सधैं तल परेकालाई त फेरिएको कुनै अनुभूति भएन । १६–७–२०७६