Skip to main content

Posts

Showing posts from February, 2024

शिलाङका दुई बिक्रम थापाहरू

  साठौं दशकको समयमा शिलाङ लेखनको क्षेत्रमा निकै सक्रिय रहेको थियो । त्यतिबेला मुख्यत गोरखा पाठशाला वा नेपाली कन्या पाठशालामा निरन्तर साहित्य गोष्ठी भइरहन्थे । साहित्य गोष्ठीमा विशेष गरी सहभागी हुनेहरूमा अर्जुन निरौला, जंग बहादुर थापा, दुर्गा प्रसाद अधिकारी, बिक्रम ( वीर ) थापा आदि हुन्थे । यी सबै लेखकहरूले मुख्यत कथा लेख्ने गर्दथे । त्यतिबेला शिलाङमा कथा लेख्न महिला लेखिकामा माया ठकुरी निकै अघि  थिइन् । निकै सक्रिय थिइन् । तर शिलाङमा हुने साहित्य गोष्ठीमा उनको उपस्थिति हुँदैनथ्यो । उनको सहभागिता रहन्नथ्यो । उनको उपस्थिति शिलाङबाट प्रकाशित हुने पत्र पत्रिकामा हुने गर्दथ्यो ।  हामीले सम्पादन गर्ने पत्रिकामा उनी कथा लेख्थिइन् । यसरी साहित्य गोष्ठीमा कथा वाचन गर्ने  विक्रम (  वीर ) थापा अचानक हाई स्कुलमा पढ्दा पढ्दै शिलाङबाट गायव भएका थिए । उनी पल्टनमा भर्ती भएका थिए  उनी लाहुरे भएका थिए । लाहुरे भए पछि उनी कार्गिलको लडाईमा पनि परेका रहेछन् । युद्धको मोर्चामा पनि खटेका रहेछन् । लाहुरे भए पनि उनले आफ्नो कलमलाई कहिल्यै विश्राम दिएनन् । आफ्नो कलमलाई सुस्ताउन दिएनन् । आफ्नो लेखन धर्मलाई परित्य

शिलाङका डी आर सुब्बाका संझनामा

म लोकरा चारदुवारबाट आसाम सरकारले संचालन गरेको गाडी चढेर लोकराबाट तेजपुर गएको थिएँ । लोकराबाट तेजपुर पुग्न यस्तै ४५ मिनट लाग्दथ्यो । तेजपुर त्यतिबेला दरंग जिल्लामा पर्दथ्र्यो । अहिते त्यो शोणितपुर जिल्लामा पर्दछ । तेजपुर आसामको एउटा ऐतिहासिक शहर हो । यो आसामका अति सुन्दर शहर पनि हो ।  मैले हाई स्कुलका परीक्षा यसै शहरबाट दिएको थिए । तेजपृुरको गर्वन्मेन्ट हाई स्कुलबाट दिएको थिएँ ।  म तेजपुर गएको थिएँ कवि पुष्पलाल उपाध्यायलाई भेट्न । उनीसित चिनाजानी गर्न । कवि पुष्पलाल उपाध्याय तेजपुरको नेपालीपट्टिमा बस्दथे । तेजपुरको नेपालीपट्टिमा नेपालीहरूको बाक्लो बसोबासो थियो ।  म नेपालीपट्टि पुष्पलाल उपाध्यायको घरमा पुग्दा उनी त्यहाँ नभएको अवस्था रहेछ । घर परिवारबाट थाहा भयो उनी त्यतिबेला तेजपुरकै चाँदबारीमा अधिवक्ता खेमराज अधिकारीको घरमा गएका रहेछन् । त्यहाँ आसाम गोर्खा लिगको केन्द्रिय कमिटिको बैठक हुँदै रहेछ । त्यसमा उपस्थित हुन शिलाङबाट डी आर सुब्बा पनि आएका रहेछन् । मैले डी आर सुब्बाको नाम आशा (  १९६४ ) पत्रिकाबाट सुनेको थिएँ । उनको प्रा गोपीनारायण प्रधानको सम्पादनमा प्रकाशित आशा पत्रिकामा उनको भन

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा

उमेश गौतमको संझनामा

  मैले उमेश गौतमको बारेमा कलम चलाउँदा धेरै मान्छेको मनमा प्रश्न उठ्न सक्दछ को रहेछ यो उमेश गौतम भन्ने मान्छे । वास्तवमा उमेश गौतमलाई मैले पनि चिन्दिनं को रहछन् यिनी उमेश गौतम भन्ने मान्छे । फेरि पनि उमेश गौतमका बारेमा केही थोरै जानकारी भए पनि उनको बारेमा म कलम चलाउन बसेको छु । यही सोचेर कि उमेश गौतम हामीले चिन्नु जान्नु पर्ने मान्छे हुन् । हामीले उनको सम्बन्धमा चासो लिनु पर्ने व्यक्ति हुन् । हामीले भुल्न नहुने व्यक्ति हुन् । हुन त मैले उमेश गौतमको बारेमा चासो लिएको र उनको बारेमा जान्न चाहेको भए धेरै कुरा जान्न सक्दथें । चाल पाउन सक्दथें । त्यस्तो अवसर मैले नपाएको होइन । तर मैले त्यसो गरिनं । हामीहरूको कुनै व्यक्ति विशेषसित भेटघाट परिचय र कुराकानी भए पनि उसको पृष्ठभूमिको सम्बन्धमा हामी त्यति धेरै खोतल खातल गर्दैनौं । उसको नालीबेली जान्नपट्टि हामी लाग्दैनौं । उसलाई हामीले बाहिर बाहिर मात्र चिनेका हुन्छांै । ठीक यही कुरो मेरो उमेश गौतमको विषयमा पनि भएको हो । मैले उनलाई चिनेर पनि चिन्न नखोजेको हो । मैले सुने संझे अनुसार उमेश गौतम नेपालतिरका व्यक्ति हुन् । पूर्वी नपालतिरका संभवत झापा विराटन

मैले जति भुल्न खोजे पनि भुल्न नक्ने व्यक्ति लाल बहादुर कुँवर

मैले जति भुल्न खोजे पनि पटक्के भुल्न नसक्ने एकजना व्यक्ति हुन् लाल बहादुर कुँवर ।  जब म शिलाङमा थिएँ मेरो परिचय यिनै लाल बहादुर कुँवरसित भएको थियो । शिलाङ चर्चित चित्रकार गोरखापत्रका त्यतिबेलाका ख्यातिप्याप्त तथा पुरस्कृत कार्टुुनिष्ट बलराम थापा लाल बहादुर कुँवरका नातेदार पर्दथे । आफन्ती पर्दथे ।  लाल बहादुर कुँवरको अंजली सिनेमा हलको नजिक बडाबजारमा होटल थियो । यिनी होटलका मालिक थिए । स संझन्छु यस होटेलमा शिलाङका प्रसिद्ध खेल तिरका नम्बर बेच्ने केही युवाहरू पनि  एक छेउमा बसेर तिरका नम्बर बेच्दथे । यस होटलमा चिया पिउन कहिलेकाहीं काबुलीवाला पनि आउँथे । पंजावी स्वीपर पनि आउँथे । शिलाङमा यस होटलको नजिक पंजावी स्वीपरहरूको ठूलो बस्ती नै थियो ।  म संझिन्छु एक दिन  मारवाडीको पसलबाट कपडा लिएर हात तथा काँधमा राखेर डुली डुली बिक्री गर्ने एकजना परिचित काबुलीवालाले यही लाल बहादुरको दोकानमा भेटेको बेलामा मलाई हेर्दै भनेको थियो — तुम बहुत पतले हो  । ज्यादा खाओ और हमारे तरह हट्ठा कट्ठा बनो । यस होटलमा खान पिउन प्राय जसो सर्व साधारण नेपाली तथा खसियाहरू आउने गर्दथे । मेरो यिनी लाल बहादुर कुँवरसित परिचय भ

नेपालका राहुल सांकृतायन योगी नरहरिनाथ

     कहिले हामीले भेट्ने पर्ने मान्छेलाई पनि भेटेका हुँदैर्नौ । फेरि कहिले हामीले  नभेटे पनि हुने मान्छेलाई पनि भेटेका हुन्छौं । यद्पि यो कुरा पनि साँचो हो आखिर यो दुनियाँमा भेट्नै नपर्ने मान्छे कोही पनि हुँदैन । त्यतिबेला म नेकपा माले पार्टीमा आवद्ध थिएँ । काडमाण्डौ गएको बेलामा मलाई कवि रामचन्द्र भट्टराईले लहै लहैमा कमल राज रेग्मीको निवासमा पुराए । पाल्पाका पुराना नेता कमलराज रेग्मी पंचायतकालमा राजाको राजनीतिमा सम्मिलित भएका थिए । उनी राजावादी भएका थिए ।  उनी मलाई भेटेर निकै खुशी भएका थिए । उनले त्यतिबेला मोहन बिक्रम सिंहका बारेमा भनेका थिए उनी लुकेर बस्न परेमा मेरा घरमा आउने गर्दछन् । साथै उनले के पनि भनेका थिए भने उनलाई मोहन बिक्रमका कविता निकै राम्रा लाग्दछन् ।  पछि पोखरामा कमरेड बामदेवले मलाई भनेका थिए — तपार्इंंले कमलराज रेग्मीलाई भेट्नु भएछ । त्यो भनेको तपाईं राजावादीहरूका सम्पर्कमा पुग्नु भयो भनेको हो । यो भनेको कमरेड वामदेव गौतमले मेरो शिष्ट भाषामा आलोचना गरेको कुरा हो । मैले कमरेड वामदेवलाई जबाब दिएको थिएँ — रामचन्द्र भट्टराइले मलाई कमलराज रेग्मीको निवासमा पुराएका थिए । कमलरा

बिर्सेर पनि बिर्सन नसकिने व्यक्ति लीला बहादुर राई

मैले बिर्सन  खोजे पनि पटक्कै बिर्सन नसक्ने व्यक्तिमा एकजना लीला बहादुर राई पनि पर्दछन् । लीला बहादुर राई आसामको दरंग (  हाल शोणितपुर ) जिल्लामा पर्ने चारदुवारका बासिन्दा हुन् । मेरो उनीसित प्रथम भेट लोकरा बजारमा भएको थियो । म भाषा साहित्यमा रुचि लिन्छु भन्ने कुरा जानेका एकजना व्यक्तिले परै उभिएका लीला बहादुर राईलाई देखाउंदै भने यी मान्छे पनि नेपाली भाषा साहित्यप्रति चासो राख्छन् । यो कुरा चाल पाए पछि  म लीला बहादुर राईको नजिक गएं र आफ्नो परिचय दिएं । उनीसंग परिचयको आदान प्रदान गरें । उनी मलाई भेटे पछि निकै खुशी भए र मलाई चारदुवारमा उनकै निवासमा भेट्ने सल्लाह दिए । निमन्त्रण दिए । लीला बहादुर राई सुवेदारका छोरा थिए । उनका एकजना भाइ एअर फोर्समा भर्ती भएका थिए । उनका चार बहिनी थिए । एक बहिनी मैले पढिरहेको चारदुवार हाई स्कुलमा अध्ययन गर्दथिइन् । मेरो लीला बहादुर राईसित परिचय भए पछि म पटक पटक उनको निवासमा गइरहन्थें र उनीसित चार पाँच घण्टासम्म कुराकानी गर्दथें । कुराकानीका विषय अनेक हुन्थे । कुराकानीमा म कम बोल्दथें । उनी नै ज्यादा बोल्दथे ।  एक दिन उनले मलाई भने भाइ तिम्रा यहां दिदी बहिनी छ

बिर्सन नसकिने बिर्सेका साथी दलबहादुर घले

     म जब शिलाङमा पुगेर अध्ययन गर्ने क्रममा अखिल शिलाङ नेपाली विद्यार्थी संघ, नेपाली साहित्य परिषद्, शिलाङ जस्ता संघ संस्था तथा साप्ताहिक अभियान, नयाँ चेतना , मादल जस्ता पत्र पत्रिका र अन्य विभिन्न सामाजिक कार्यका आवद्ध भएँ त्यतिबेला मेरौ कैयौं साथीहरूसित सम्पर्क बढेको थियो । मित्रता बढेको थियो । तिनीहरूमध्ये एकजना मित्र थिए दलबहादुर घले ।  दलबहादुर घलेको पृष्ठभूमि बुझ्दा उनी स्याञ्जाका एकजना सुवेदारका छोरा रहेछन् । उनी स्याङ जाबाट भौतारिएर गुवाहाटी पुगेका रहेछन । केही समय गुवाहाटीमा होटलमा काम पनि गरेका रहेछन् । पछि उनी गुवाहााटीबाट शिलाङ पुगेका रहेछन् । मैले उनलाई भेट्दा उनी शिलाङ सेल टेक्स अफिसमा काम गर्दथे । हाई स्कुल पास नभएका हुनाले उनी क्र्लक पदमा उक्लिन त पाएका थिएनन् । भए पनि अफिसका धेरै टेक्निकल काम गर्दथे । सेल टेक्सको धेरै सम्बन्ध व्यापारी वर्गसित हुने हुनाले शिलाङका प्राय व्यापारी बर्गसित उनको सम्पर्क र चिनाजानी थियो । दलबहादुर घले सामाजिक व्यक्ति थिए । समाजको जुनसुकै कार्यमा पनि उनी संलग्न रहन्थे । अघि सर्दथे । कसैका आजा पूजामा पनि उनी सामेल हुन्थे । कसैका विवाह बर्तबन्धम

मेरो ओइलाएको फुल कथाको कथा प्रसंग

    म आसामको दरंग  ( हाल शोषितपुर ) जिल्लामा अवस्थित चार दुवार हाई स्कुलमा अध्ययन गर्दा आफूले लेखेका कविता मेरा कक्षाका नेपाली विद्यार्थीहरूमाझ पढेर सुनाउँथे ।   साथसाथै मैले मेरा लेख रचना एकजना बंगाली विद्यार्थी मृणाल पुरकायस्थ गौतमलाई पनि सुनाउँथे । यस कारण कि मृणाल पुरकायस्थ गौतम नेपाली भाषा बोल्ने बुझ्ने विद्यार्थी थिए । सहपाठी थिए । मेरा आत्मीय मित्र थिए । मैले  उनलाई मेरा लेख रचना सुनाउने क्रममा मलाई उनले भने मैले उनलाई मेरा लेख रचना सुनाउनुभन्दा एकजना उनले चिनेका नेपालीलाई सुनाउन राम्रो होला । ती नेपालीसित उनले मेरो परिचय गराइदिने छन् । उनले धेरै सल्लाह सुझाव दिन सक्दछन् । मृणाल पुरकायस्थ गौतमले मलाई चिनाइदिएका व्यक्ति थिए निधिप्रसाद उपाध्याय ।  आसामको हालको  शोषितपुर जिल्लाको विहाली गहपुर÷ तेलीगाँव गाउँका निधिप्रसाद उपाध्याय फिप्थ आसाम राईफल्समा क्लर्क रहेछन् । उनी कथाकार पनि रहेछन् । उनी केही बर्ष दिल्ली बसेका रहेछन् । दिल्लीमा बस्दा उनको केही नपाली साहित्यकारहरूसित संगत पनि भएको रहेछ । उनी नेपाली भाषामा प्रकाशित हुने सोभियत भूमिकाका सम्पादक शिव प्रसाद उपाध्यायका साला रहेछन् ।

आफ्नै कविता नचिन्दा

  मैले साहित्यमा कलम चलाउन थालेको ६ दशकभन्दा लामो समय भयो  होला । यतिका बर्षमा मैले के कति कथा कविता लेख निवन्ध समालोचना आदि लेखे त्यसको कुनै हिसाब किताब मसित छैन त्यसको  कुनै तथ्य तथ्याक् मसंग छैन । कुनै किताब किताब नराखी लेख्दै जाँदा आफूले के कति लेखियो  थाहा हुने रहेनछ । फेरि आफूले के के कहिले लेखियो  त्यसका पनि खासै ज्ञान हुने रहेनछ । आफूले लेखेका लेख रचना कहिले केमा छापिए त्यो पनि थाहा हुने रहेनछ । कति बेला त आफूले लेखेका कुरा आफैले चिन्न पनि गाह्रो हृुँदो रहेछ । आफ्रनै लेख रचना आफ्नै लागि समेत बिरानो हुन पुग्दा रहेछन् । आफ्नो लेख रचना आफूसित नै टाढिन पुग्दा रहेछन् । आफूसित अपरिचित हुन पुग्दारहेछन् । वास्तवमा हरेक लेख रचनाका आफ्नै व्यथा कथा हुँदा रहेछन्  । आफ्नंै इतिहास हुँदा रहेछन् । लेख्ने कुरा पनि किसानले खेतीपाती गर्नु जस्तै रहेछ । जसरी किसानले विउ छर्नु , रोप्नु , मलजल गर्नु , झारपात गोड्नु, बार बन्दजेज गर्नु आदि जस्ता काम गर्नु मात्र प्रयाप्त हुने रहेनछ । लगाएको खेतीलाई काट्नु , झाँट्नु , निफन्नु , केलाउनु तथा भकारीमा थन्काउनुृ पनि आवश्यक हुँदोरहेछ । लगाएको बाली उठाउन आवश्यक