Skip to main content

Posts

Showing posts from September, 2020

गोविन्द के सीका पक्षमा बहस पैरवी

 यो मुलुकमा कुपुत मात्र कहाँ जन्मेका छन् र  जन्मेका छन् गोविन्द के सी जस्ता  सपूतहरू पनि गोविन्द के सी जो आफ्नो लागि होइन अरुका लागि बाँच्दछन् जनताको लागि बाँच्दछन् देशको लागि बाँच्दछन्  जो ज्यान जोखिममा राखेर भए पनि  जो एक पटक होइन दुई पटक होइन पटक पटक अनसन बस्दछन्     अनेक पटक अनसन गर्दछन्                                             जो ठूलो  संघर्ष गर्दछन्  बीच बीचमा  जनदवावमा गरिए पनि उनीसित उधारो सम्झौता   पूरा कहिले गरिएन पूरा कहिले भएन कम्युनिष्टहरू भन्दछन् कांग्रेसले उठाएका मान्छे हुन् रे गोविन्द के सी के भो त कांंग्रेसले उठाएका मान्छे भए पनि  कांंग्रेसै भए पनि काम त उनले राम्रो गरेका छन् देश र जनता कै गरेका छन् कम्युनिष्टहरू बरु गाउँ छोडेर शहर पसेका छन्  राजधानीमा नै जमेर बसेका छन् गोविन्द केसी त बरु शहर छोडेर गाउँतिर लागेका छन् हुम्ला जुम्लातिर पुगेका छन् झोपडीमा बस्ने कम्युनिष्ट त राजधानीमा नै आलीसन भवन बनाएर बसेका छन् महल बनाएर बसेका छन्  गोविन्द के सीको  न त कुनै बस्ने बास छ  न कुनै खाने गास छ  सिर्फ एक मुठी सास छ  त्यो एक मुठी सास पनि कतिबेला जाने हो  उपेक्षित बर्गको लागि

जागते रहो

सतिको सराप परेको यो मुलुकमा  नायक नजन्मेका त कहाँ होइनन् र तर हरेक नायकलाई किनारा लगाएर  प्रतिबन्ध लगाएर  टाउको मोल तोकेर   वा यो वा त्यो झुठा मुद्दा लगाई पकडाउ गरेर हिरासतमा राखेर  जेलमा कोचेर  वा सिधै हत्या नै गरेर वा बेपत्ता पारेर   खलनायकहरू नायक बनेका  छन्  खलनायक नायक बनेर  राजनीतिको मंचमा खडा भएका छन्  खलनायक भएर पनि  सिंगार  पटार गरेर  वा मुकुण्डो लगाएर नै किन नहोस् नायकको भूमिकामा अभिनय गरिरहेका छन् अनेक खेल खेलिरहेका छन् अनेक गोटी चालिरहेका छन् अनेक षडयन्त्र रचिरहेका छन् के हुन्छ देशको हालत   खलनायक नै नायक भएपछि के हुृन्छ जनताको हालत खलनायकले नै नायकको भूमिकामा रहेपछि यो कसैले भनिरहनु पर्ने कुरा होइन  छर्लंग नै छ सबै कृरा सबैका आँखामा  हामीले हेर्दा हेर्दै कस्तो थियो हिजो यो देश कस्तो भयो आज यो देश कस्ता थिए हिजो जनता कस्ता भए आज जनता े डर भइसक्यो अब  त यो देश नै रहने हो वा होइन  देश नै नरहे जनता रहने कुरै भएन  दश बचाउने हो भने  खलनायकलाई किनारा लगाउनै पर्ने भो  खलनायकलाई निशस्त्र पार्नै पर्ने भो खलनायकलाई भूमिकाहीन पार्नै पर्ने भो यसैको लागि  त  जनताको भूमिका नै निर्णायक हु

अणु कविता

  हम्रो यति सानो गरीव देशमा पनि अहो  कति धेरै राष्ट्रपिता कांंंग्रेसका राष्ट्रपिता एमालेका राष्ट्रपिता माओवादीका राष्ट्रपिता ! ९–६–२०७७

पाखे

तिमीले ठीकै भन्यौ  जरुर साथी हामी जनता पाखे हौं अवश्य नै हामी तिमी जस्ता शिक्षित छेनौं  दीक्षित छेनौं सभ्य शिष्ट छैनौं विद्धान बुद्धिमान छैनौंं त्यसैले त तिमीले कोशी बेच्यौ गण्डकी बेच्यौ महाकाली बेच्यौ अपर कर्णाली बेच्या  अरुण तेस्रो पनि बेच्यो ् जलस्रोतको े धनी यो मुलुकलाई  मरुभूमि बनायो नभएका होइनन् कल कारखाना पनि यो दशमा  ती सबै कौडीको मोलमा बेच्यौ र  सात पुस्ताले बसी बसी खाएर पनि नसकिने धन सम्पति कुम्ल्यायौ देशको सीमा रक्षा गर्ने बलिया बाँगा युवालाई  विदेशी सेनामा भर्ती गरायौ भर्ती हुन सकेनन् जो छाती नपुगेर  तौल नपुगेर  हाइट नपुगेर  खाडीतिर धपायौ मलेसियातिर पठायौ सात समुन्द्र कटायौ  भरिएन अझै तिम्र्रो घैर्टौं र त यतिबेला एमसीसी नाउँमा  नयाँ इष्ट  इैडियालाई देश  नै बेच्न खोजिरहेछौ  जोखाना हेरेर बसिरहेछौ जुँगा मठारिरहेका छौ बिरोध गर्नेका हात खुट्टा भाँचिरहेका छौ टाउका फोरिरहेछौ सडक रक्ताम्मे पारिरहेछौ  यतिबेला  सडकबाट आवाज उठिरहेछ  कुलमान घिसिङ राम्रो मान्छे हो कुनै लोभ लालच स्वार्थ नभएको मान्छे हो इमान्दार मान्छे हो  घाटामा चलको संस्थानलाई  फाइदामा चलाउने मान्छे हो. ऋणमा डुबेको संस्

अमानत

हिसाब किताब तो बहुत कुछ करना है तुमसे हमे.ं गोरे साहबों ने लुट लिया त जो जमीन हमारी सोचते है  अभी तृम्हारे अमानत में है इसलिए कि उस समय बोल नर्ही सकेते थे हम जो बोल सकते थे वे बोले नही बोलने के  हैसियत मेंं तो शायद अभी भी हम नही हैं बोल कर भी आखिर क्या करेंगे  तुम हमारी बात सुनोगे नहीं तुम्हे हमारी बात सुनने के लिए मजबूर कर सकतै नहीं खैर छोड दो यिन बातों को करते रहेगें बात बक्त आने पर   खुलकर तुम से आमने सामने बैठ कर  आँख में आँख डाल कर. आखिर हमें अपना हिसाब किताब साफ करनो ही है आज नही  त कल  किसी एक दिन भला कैसे हम अपना इतिहास भूल सकते हैं कैसे हम अपना भूगोल भूल सकेते हैं फर्ज करो भुल भी सकता हैं हम भुल भी जायेंगे हम फिर भी हमारे अकेले भू्रल जाने से क्या होगा आने बाली पीढी तो भूल नहीं पायगी भु्ल नहीं जायेगी भूल पी कैसे पायगी भुल भी कैसे जायेगी अपने पूर्वजोृं के खून से रंगे अपनी मिट्टी की कथा  गोरे साहवों से प्राप्त विरासतको  तूँे काले साहेबोंं न बखुबी निभाया है उसे आगे बढाया है छिन लिया है  तुमने  दिनदहोडे ्और भी हमारी जमीनें.  सुस्ता यही बताता है महेशपुर यही बताता है दिन रात पहरे दे

बिक्रमबीर थापाका बीसौं शताब्दीकी मोनालिसाका कथाहरू २

बिक्रमबीर थापाका बीसौं शताब्दीकी मोनालिसाका कथाहरूमा परेको तेस्रो कथा हो आन्म संंतुष्टि । या कथा भारतका पूष्ठभूमिमा लेखिएको छ । उनले यो कथा आफू सैनिक जीवनमा हुँदा कारगिलm लद्दागमा १९७३ मा लेखेका थिए । यस कथामा रोजगारीका लागि संघर्ष गरिरहेको शिक्षित युवकको समस्या र पीडालाई मनौबैज्ञानिक शैलीमा सजीव रुपमा चित्रण गरोको देखिन्छ । कथाकार स्वय सैनिकमा भर्ती भएको हुनाले उनलाई  बेरोजगारीले कुनै पनि युवालाई कति पीडा भोग्न वाध्य पार्दछ भन्ने कुराको व्यक्तिगत भोगाइ बेहोर्न परेन होला । तर कथाकार बिक्रमबीर थापाले समाजको तल्लो बर्गबाट आएको बेरोजगार युवक त्यो पनि अल्पसंख्यक नेपाली समुदायबाट आएको युवकलाई कति कष्ट झेल्नु पर्दछ , कति गोता खानु पर्दछ , कति निराश हुनु पर्दछ  र उसको मनस्थिति  कसरी खल्बलिन पुग्दछ भन्ने कुरा उसको नाडी छामेर र  मुटुभित्र नै प्रवेश गरेर लेखेको जस्तो देखिन्छ । यस कथामा कुनै पनि गरीब शिक्षित युवकको लागि रोजगारी कति आवश्यक र महत्वपूर्ण हुन्छ भन्ने कुराको यथार्थ चित्रण गरिएको  छ । कथाकारले शिक्षित बेरोजगार युवकको परिस्थिति र मनस्थिति दुबैको  सुक्ष्म अनुभू्रति मनोबज्ञानिक रुपमा अभिव

माया ठकुरीका साँघुतरे पछिका कथाहरू २

   माया ठकुरीको साँघु तरेपछिमा परेको पाँचौं कथा हो – वितेका कुरा । यो मुलतः पारिवारिक कथा हो ।  यस कथाको विषय बस्तु प्रेम धोका र विवाहसित सम्बन्धित छ । यस कथाले नारीलाई होइन पुरुषलाई धोकेबाज वा स्वार्थीको रुपमा प्रस्तुत गरेको छ । तर फेरि यस कथाले के पनि स्वीकार गरेको छ भने सबै पुरुष धोकेबाज वा खराब हुँदैनन् ।  असल पुरुष पनि हुन्छन् । यस कथाका प्रमुख पात्र पात्राहरू हुन् मन्जु, रमेश,बसन्त र सिलु । यस कथामा मंजु बसन्त र सिलुलाई सकारात्मक पात्र पात्राको रुपमा चित्रित गरिएको छ । नकारात्मक पात्रको रुपमा चित्रित गरिएको छ रमेशलाई । कथाको  संक्षिप्त सार यस्तो छ । मन्जु र रमेश सहपाठी हुन्छन् । मन्जुले रमेशलाई प्रेम गर्दछे र उसित बिवाह गर्न चाहन्छे । उसका परिवारले मंजु र रमशबीचको प्रेमलाई बिवाहको रुप दिन चाहन्छन् । तर रमेशको मंजुप्रतिको प्रेम छली हुन्छ ।  ऊ मंजुसित बिवाह बन्धनमा बाँधिन चाहन्न । मन्जु अत्यन्त  दुखित हुन्छे । तर पछि उसका परिवारले उसको बिवाह बसन्तसित गराइदिन्छन् । बसन्त इमान्दार पति हुन्छ । उसले मन्जुलाई साँचो अर्थमा माया प्रेम गर्दछ । उनीहरू बैवाहिक जीवन सफल र सुखी हुन्छ । मन्जु ए

बिक्रमबीर थापाका बीसौं शताब्दीको मोनालिसाका कथाहरू

   बिक्रमबीर थापाको वीसौं शताब्दीको मोनालिसामा समावेश गरिएको पहिलो कथा हो – मेडको प्रभाव ।  लेखकले यो कथा जयरामपुर, तिराप जिल्ला,.अरुणाचल प्रदेशबाट १९७३ मा लेखेका थिए । यो  मूलतः संदेशमूलंकक कथा हो । लेखक आफ्नो उद्देश्यमा धेरै सफल छन् । लेखकले कथालाई जति यथार्थवादी धरातलमा उभ्याउन खोजे पनि यसमा यान्त्रिकताको बोलाबाला पाइन्छ । कथा बडो नाटकीय रुपमा प्रस्तुत  गरिएको छ । कथाको उठान र बैठान दुबै कलात्मक र प्रभावशाली देखिन्छ । कथामा वणित ठाउँ सही भए पनि अरु कुरा कल्पित लाग्दछन् ।  यसमा घटेका घटना कथाको प्रयोजनका लागि घंटाइका जस्ता देखिन्छन् । पूंजीवादी बजारमा ब्रान्ड वा मेड इनको माग तथा किनबेच हुने कुरा यथार्थ हो । यसप्रति कथाकारले यस कथामा निकै  ठू्रलो व्यंग गरेका छन् । यो कथाको राम्रो पक्ष हो ।  कता कता यो कथा दोहोरा धार भएको छुरा जस्तो   पनि देखिन्छ । एकातिर यसले पूंजीवादी बजारमा जस्ता सुकै माल भए पनि बिक्ने भनेको मेड इन वा व्रान्ड हो भनेको छ भने अर्कोतिर यसले साहित्य र कला क्षेत्रमा पनि पूंजीवाद संस्कृति हाबी भएको कुरामाथि आफ्नो प्रहार केन्द्रित गरेको छ । यस कथाले सांिहत्य र कलाको क्षेत्

माया ठकुरीको साँघु तरेपछिका कथाहरू

   अहिलसम्म कथाकार माया ठकुरीका ६ बटा कथा संंग्रह प्रकाशित भएकोमा  साँघु तरेपछि  ( २०३९ ) तेस्रो कथा संंग्रह हो । यस कथा संग्रहमा जम्माजम्मी २२ कथा समावेश गरिएका छन् । यस संग्रहमा परको पहिलो कथा हो –साँघु तरेपछि । शायद कथाकारले यस कथालाई नै सबभन्दा महत्वपूर्ण कथा ठानेर नै होला यस संग्रहको  शीर्षक नै साँघु तर पछि राखिएको । यसमा कुनै शंका छैन कि साँघु  तरे पछि कथाकारको एउटा मार्मिक र उत्कुष्ट कथा हो । यो सामाजिक यथार्गवादी कथा हो । यो पारिवारिक कथा पनि हो । यस कथााई हामी  बुर्जुवा नकारात्मक यथार्थवादी कथा पनि भन्न सक्दछौं । कथामा सामन्ती समाजका झलक पाइए पनि मूलतःयस कथाले पूंजीवादी जीननशैली र संस्कुतिलाई नै प्रतिबिम्बित गर्दछ । यसले खास गरी पूंजीवादी समाज र संस्कृतिका विकृति र विसंगतिलाई प्रतिबिम्बित गर्दछ । काठमाण्डौको शहरिया जीवनले बिकृत पूंजीवादी संस्कृतिलाई उजागर गर्दछ भने गाउँल ेजीवनले सामन्ती  सस्कृति र संस्कार । आचार बिचार । माक्र्सले भनेका छन् सामन्तबादले नाता गोताको सम्बन्धलाई महत्व दिन्छ भने पूंजीवादी समाजमा त्यत्सो पारिवारिक वा कुल कुटुम्बसितको सम्बन्धलाई कुनै चासो राख्दैन । मा

शत्रु

विदेशी शत्रुहरूका धाबाबाट त बरु                                                                      बचाउन सकिएला यो देश  स्वदेश कै शत्रुहरूको धावाबाट बचाउन  गाह्रो छ  कोरोनाको. भाइरस जस्तै अदृश्य हुन सक्दछन्  स्वदेशी शत्रुहरू झलनाथले पाल्न थालेका सर्प जस्तै विषालु हुन सक्छन् स्वदेशी शत्रुहरू  ओली सरकारले पास गर्न खोजेका एमसीसी जस्तै खतरनाक हुन सक्छन्                          स्वदेशी शत्रुहरू लेन्डुप दोर्जे जस्तै गद्दार हुन सक्दछन्   स्वदेशी शत्रुहरू धमिराले जस्तै खोक्रो पारिसकेका छन् देश यिनीहरूले असिनाले जस्तै सिक्रो  पारिसकेका छन् देश यिनीहरूले  सलहले जस्तै नांगो पारिसकेका छन् देश यिनीहरूले  घरका डाँडा भाटा पनि बेचेर खाइसकेका छन् यिनीहरूले  देशका भाँडा कुँडा पनि बेचेर खाइसकेका छन् यिनीहरूले देशका ढृंगा माटा पनि बेचेर खाइसकेका छन् यिनीहरूले  देशका नदी नाला प्राकृतिक सम्पदा कल कारखाना  खोई के बाँकी राखेका छन् यिनीहरूले  जे जे हात लाग्छ उडाउँदै गइरहेका  छन् जहाँ जहाँ  पाइला पर्छ डुवाउँदै गइरहेका छन्  बन्न त बने होलान्  उनी आफूहरू रंकदेखि राजासम्म  पुग्न त  पुगे होलान् उनी आफूहरू फुटपाथ

मादलमा माया ठकुरी

                                            यतिबेला नेपालकी चर्चित र प्रसिद्ध कथाकारका रुपमा परिचित माया ठकुरीको कथा लेखनको पृष्ठभमि शिलाङ, मेघालय हो । उनले आफ्नो कथाकारिताको जीवनको आरम्भमा शिलाङमा छँदा त्यहाँबाट प्रकाशित हुने नेपाली पत्र पत्रिका मादल कथामंच सुमन आदिमा धेरै नै कथा लेखेर प्रकाशित गरेकी छन् । उनको एउटा कथा मेरै सम्पादनमा शिलाङबाट कथाको पत्रिका कथामंच (  १९६्९ )मा प्रकाशित भएको थियो । कथामंच यतिबेला मसित उपलब्ध नभएको हुनाले त्यसको बिस्तुत चर्चा गर्न म असमर्थ छु । तर मलाई यदि ठीकसित संझना छ भने माया ठकुरीको कथामंचमा प्रकाशित कथाको शीर्षक पेनफ्रेन्ड थियो । आज भोलि फेसबृुक मार्फत प्रेममा बाँधिएका कति यृुवक युवती भ्रममा शिकार पनि भएका छन् । धोकामा पनि परेका छन् । माया ठकुरीको कथामंचमा प्रकाशित कथा पेनफ्रेन्डमा पनि यस्तै भ्रममा परेका र सत्य थाहा पाए पछि छाँगाबाट खसेका भएका जस्ता पात्र पात्रा पाइन्छन् । दुबैले एक अर्कालाई भर्खरका सुन्दर युवक युवती ठान्दछन् र  प्रेममा बर्सौ बिताउँछन् । प्रेमको दुनियाँमा हराउँछन् पनि । अन्ततः दुबै प्रेम प्रमिकाबीच एउटा निश्चित ठाउँमा र एउटा निश्च

बिसौं शताब्दीकी मोनालिसा

हिन्दीक िसन्त कवि कबीर दासले भनेका छन् –     साँचै कोई न पतियायं झूठें जग पतियाय गली गली गोरस फिरै मदिरा  बैठे बिकाय साँचो कुरा कसैले पत्याउँदैन । झूठो कुरा सारा संंसारले पत्याँउँछ । दही बिक्री गर्नुू परेमा गली गली घुम्नु पर्दछ । डुृल्नु पर्दछ । तर जाँड रक्सी घर बसी बसी बेच्न सकिन्छ ।  अहिले यही हालत हाम्रो साहित्य र कलाको छ । हाम्रो समाजमा साहित्यिक कृति न छाप्ने प्रकाशक सित्तिमित्ति मिल्दछ न पढ्ने पाठक । कसैले ऋण धन गरेर कुनै साहित्यिक कृति प्रकाशित गर्यो भने त्यसलाई बिक्री गर्न घर घर डुल्दा पनि  किन्ने पाठक पाउन गाह्रो छ । तर कसैले रक्सी शराबको भट्टी पसल वा बार खोल्यो भने खाने मान्छेको भीड लाग्दछ । पृुराउनै गाह्रो । कबीर दासले आजभन्दा सात सय बर्ष अघि कबीर दासले जुन कुरा व्यक्त गरे आज पनि उत्तिकै सत्य हुन गएको छ ।  धनी मान्छे सित्तिमित्ति साहित्यकार हुँदैनन् । उनीहरू  धन कमाउनुमा नैे मस्त र व्यस्त हुन्छन् । रहन्छन् ।  साहित्य सृजना  गर्ने मान्छे गरीब हुन्छन् । उनीहरूसित आफूले सृजना गरेको पुस्तक प्रकाशित गर्ने मन भए पनि धन हुँैदैन  । उनीहरूले जसरी तसरी पुस्तक प्रकाशित गरे भने पनि ती प