Skip to main content

Posts

Showing posts from January, 2025

बुबाको. छाता

  बुबाको मृत्यु म सानो छँदा नै भएको हुनाले उहाँका बारेमा मैले जति कुरा जाने बुझें त्यो अरुका मुखबाट सुनेर हो । बुबाका बारेमा धेरै कुरा त मैले आमा कै मुखबाट सुनेको हूँ । जानेको हुँ । यहाँ नेर मैले आमाकै मुखबाट सुनेको एउटा घटनाको चर्चा गर्न चाहन्छु । घटना हो बुबाको छाताको बारेमा । बुबाको छाताको अदला बदली भएको बारेमा । अदला बदला गरिएको बारेमा । हेराफेरीको बारेमा । बुबा बराबर गल्कोटे राजाको संगतमा हुनुहुन्थ्यो । बुबा दरम (  हरिचौर ) का व्यापारी नेवार थकालीको संगतमा हुनुहुन्थ्यो । बुबा हटिया बजारका व्यापारी नेवार थकालीको संगतमा हुनुहुन्थ्यो । बुवा बाँसखोला बामिया र सर्दाखेतका ठकुरीहरूको संगतमा हुनुहुन्थ्यो । त्यतिबेला गल्कोटमा बन्द व्यापार गर्ने बाहुन क्षेत्री र गुरुंग मगर थिएनन् भन्दा पनि हुन्छ । यो कुरा बेग्लै हो कि म नजन्मिदै मेरा बुबाले जेठा बुवा कान्छा बुबा र डाँडाका भंडारीसित मिलेर पहिले सगरियामा (  पार्टंनरसिपमा )  र पछि एक्ला एक्लै व्यापार गर्न थाल्नु भएको थियो । गाउँबाट तल बाटामा झरेर पसल थाप्न थाल्नु भएको थियो । बुबा गाउँको मुखिया , एकजना भलाद्मी , व्यापारी आदि ...

सानामा मेरो पानी पिउने बानी

     डाक्टरहरूले धेरैभन्दा धेरै पानी पिउने सल्लाह दिन्छन् । पानी पिउनाले हामीलाई कुनै नोक्सान गर्दैन । बरु फाइदा नै फाइदा गर्दछ । स्वस्थ रहनको लागि हामीले जति सकदो पानी पिउनु पर्दछ । पानी त हामी पिउँछौं नै । तर पानी पिउनाले हामीलाई फाइदा हुन्छ भनेर पिउँदैनौं । डाक्टरहरूले पानी पिउने सल्लाह दिएका छन् भनेर पिउँदैनौं । बरु हामी तिर्खा लाग्दा पानी पिउने गर्दछौं ।  हाम्रो शरीरले पानी मागेमा हामी पानी पिउँछौं । आज भोलि मैले केही बढी पानी पिउन थालेको छु । म आफ्नो शरीरले मागेभन्दा पनि बढी पानी पिउने गर्दछु । आजभोलि म सुत्नेबेलामा हाइन बरु विहान जुरुक्क उठेर पान पिउन थालेको छु ।  शायद मैले हाम्रो शरीरलाई पानीको ठूलो आवश्यकता हुँदोरहेछ भन्ने वास्तविकतालाई बुझेर धेरै नै पानी पिउने गर्दछु । तिर्खा लाग्दा त म अवश्य पानी पिउँछु नै । तिर्खा नलागे पनि म पानी पिउँछु । फेरि पहिले पहिले मैले जुनसुकै पानी पनि पिउने गर्दथें ।  आजभोलि सकेसम्म म शुद्ध पानी पिउने प्रयास गर्दछु । म केटाकेटी छँदा मलाई पानीको महत्वबारे खासै कुनै ज्ञान थिएन । पानी हाम्रो शरीरको लागि कति आवश्यक हुन्छ भ...

राजाले आमालाई झुक्काए

   राजा महेद्रको पश्चिमा भ्रमण हुँदा म घरमा थिइनं । गल्कोटमा थिइनंं । उनी गल्कोटमा पुगे पछि मजुवाको फाँटमा क्याम्प राखेर बसेछन् । त्यहाँ उनले डकुमेन्टरी फिल्प पनि देखाएर निकै चहल पहल गरेछन् । भेष बदलेर घुमघाम गरी सर्व साधारण जनताको अवस्था बुझ्न पनि खोजेछन् । राजा महेन्द्रले गल्कोटमा शिकार खेल्न पनि पाइन्छ भन्ने कुरा पनि सुनेको रहेछन् । यसैले उनले                    घुम्टेबाट घोरल  मृग लखेट्दै तल झार्न लगाएर शिकार  खेलेछन् । राजा महेन्द्रले गल्कोटको दरमखोलामा असला माछा निकै प्रसिद्ध छन् भन्ने कुरा पनि सुनेको रहेछन् । यसैले दरमखोलामा दोहालो थुनेर  माछा  मार्न पनि लगाएका रहेछन् । तर मैले यहाँ विशेष चर्चा गर्न खोजेको कुरा राजा महेन्द्रको पश्चिम भ्रमणको सिलसिलाका भन्दा गल्कोट आउनुभन्दा अघि र पछिका हुन् ।   राजा महेन्द्रको गल्कोटमा भ्रमण हुने भए पछि त्यहाँका बाटाघाटा सडक चाक्ला पार्ने काम तुफानी गतिले अघि बढाइएछ । बाटो खन्ने काममा निकै तीव्रता ल्याइएछ । राजा महेन्द्रले पश्चिमतिरको भ्रमण गर्दा हाम्रो दोका...

भूत

      म सानैदेखि भूत प्रेतदेखि डराउने मान्छे थिएँ । डराउन दिनेदेखि डराउने मान्छे थिएँ । हाम्रो घरको मास्तिर एउटा पहरो थियो । आमा त्यस पहरोमा किचकिनी बस्दछे भन्नुहुन्थ्यो । यसैले म त्यस पहरोको वरपर जान डराउँथें । मैल हाम्रा गाउँमा एकजना युवकलाई भूतले एक महिना लुकाई राखेर छोडिदिएको थियो भन्ने कुरा पनि सुनेको थिएँ । उनलाई भूतले खाना खान दिंदा उल्टो हातले थाप्नु पर्दथ्यो भन्ने कुरा पनि सुनेको थिएँ । सुल्टो हातले खाना थापे भूतले गालामा थप्पड हान्दथ्यो भन्ने कुरा पनि सुनेको थिएँ । मैले के पनि सुनेको थिएँ भने भूतले खानलाई गडौला दिन्थ्यो । उसले उनलाई एक महिना लुकाई मंत्र सिकाएर आफ्नो चेलो बनाएको थियो  । उनलाई त्यसरी एक महिनासम्म लुकाएर राखी मंत्र सिकाएर चेला बनाए पछि मात्र लुकाएको ठाउँबाट बाहिर ल्याई छोडिदिएको थियो । मैले सुनेको यस कुराले पनि मलाई  सानामा भूत प्रेतसित डराउने बनाएको थियो ।  डराउन दिनेदेखि डराउने मान्छे बनाएको थियो । मैले सानामा के कुरा पनि सुनेको थिएँ भने एकपल्ट नुन, तेल , मर ,मसाला, सुर्ती, तमाखु ,लत्ता कपडा आदि लिन  जाने हाम्रा गाउँलेहरूसित ढ...

गुँड त काँचै रहेछ

  मैले केटाकटीमा भनेको रहेछु — गुँड त काँचै रहेछ । मैले त्यसरी केटाकेटीमा भनेको कुरा पछिसम्म धेरैेले चर्चा गरेको सुन्दथें — यसले त सानोमा गुँड त काँचै रहेछ भन्दथ्यो । यद्पि मैले सानामा त्यसरी गुँड त काँचै रहेछ भनेको कुरा सम्झिन्न । सम्झिन सक्दिनं । संझिन्छु त यसले सानामा गुँड त काँचै रहेछ भन्थ्यो भन्ने कुरा । मैले सानामा भनेको यो कुरा एक कान दुई कान हुँदै मैदान भएको थियो ।  मेरा बुबा रविलाल साहनीले म जन्मिनुभन्दा अघिदेखि माथि गाउँ हुलुवाबाट तल बामियामा सगरिया  ( पार्टनरसिप ) मा दोकान गर्न थाल्नु भएको रहेछ । पार्टनर रहेछन् जेठा बुबा  हवल्दार करबीर साहनी, कान्छा बुबा दुर्ग सिंह साहनी तथा डाँडाका पूर्णबहादुर भण्डारी ।  पछि जेठा बुबाले दोकान गर्न छोड्नु भएछ । कान्छा बुबाले अलगै बामियामा हुलुवा खोलामाथि पाखमा दोकान गर्न थाल्ुनु भएछ । बुबाले आँगाखेतमा दोकान गर्न थाल्नु भएछ  । डाँडाका भण्डारीले बाँसखोलामा दोकान गर्न थाल्नु भएछ ।  बुबाले आँगाखेतको व्यापार गर्दा दोकानमा कपडा लत्ताको साथसाथै खिच्री मिच्री,  सिगरेट, मार्चिस, तमाखु,  चिनी, मिस्री , गडी ,...

प्रो. होम चौधरीदेखि प्रो ए सिन्हासम्म

  १९६६ तिरको सेरोफेरोको कुरा हो । म त्यतिबेला सेन्ट एन्थनी कलेजमा पी युमा अध्ययन गर्दथें । त्यतिबेला हामीलाई अंग्रेजी पढाउने एकजना प्रोफेसर थिए — ए सिन्हा । सिन्हा पटना बिहारबाट आएर शिलाङको सेन्ट एन्थनी कलेजमा अंग्रेजीका प्रोफेसर बनेका थिए । त्यहाँ हामीलाई पी युमा अंग्रेजी पढाउने अर्का प्रोफेसर थिए — होम चौधरी । उनको उच्चाहरण आम प्राध्यापकको भन्दा फरक थियो । मैले उनले बोलेको कुरा राम्ररी बुझ्दा पनि बुझ्दैनथें । मेरा साथीहरू उनलाई बेलायतको गोल्ड मेडलिस्ट हुन भन्दथे ।  पछि मलाई थाहा भयो — कुरो त्यस्तो रहेनछ । मैले नर्थ इस्टर्न हिल युनिवर्सिटीमा अंग्रेजीमा एम ए अध्ययन गर्दा डा. होम चौधरी पनि त्यहाँ प्रोफेसरको पदमा नियुक्त भएका थिए । उनी पछि अंग्रेजी विभागका विभागीय प्रमुख पनि बने । त्यतिबेला मलाई थाहा भयो उनी अंग्रेजी भाषा साहित्यमा राम्रो दखल भएका त्यति दक्ष प्राध्यापक रहेछन् जति मैले सोंच्ने गरेको थिएँ । त्यतिबेलाका विभागीय प्रमुख प्रो. डा ए जर्ज, प्रो. डा.बृजराज सिंह, प्रो डा फान्सिस आदिको दाँजोमा उनी त केही पनि रहेनछन् । बिचरा रहेछन् । हामीलाई भाषा विज्ञान पढाउने हैदराबावद सि...

दौरामा डिमोसन

  हिजो दौरा सुरवाललाई राष्ट्रिय वा जातीय पोशाक मानिएको थियो । आज पनि दौरा सुरवालाई राष्ट्रिय वा जातीय पोशाक नै मानिएकै छ । यहाँ मैले दौरा सुरवालको चर्चा नगरेर दौराको मात्र चर्चा गर्दा कसैलाई अनौठो कुरो लाग्न सक्दछ । कसैलाई अपुरो कुरा पनि लाग्न सक्दछ । तर कुरो यसो होइन । यहाँ मैले दौराको मात्र कुरा गरेको एकपल्ट मैले दौरा मात्र गाएकोले हो । मैले सुरवालको कुरा नगरेर दौराको मात्र कुरा गर्नुको यो अर्थ होइन कि मैले कहिले सुरवाल लगाएको छैन । वास्तवमा जसरी मैले एकपल्ट ( शायद एकपल्ट ? )  मात्र दौरा लगाएको छु त्यसरी नै मैले एकपल्ट मात्र सुरवाल लगाएको छु । कुरा के भने एकपल्ट मैले दौरा बिनाको सुरवाल लगाएको छु । फेरि मैले एकपल्ट सुरवाल बिनाको दौरा लगाएको छु । उसरी हो, मैले दौरा र सुरवाल एक साथ पनि लगाएको छु । तर त्यसरी दौरा सुरवाल लगाएको कुनै सभा समारोह , विवाह वा आजा पुजामा उपस्थित हुँदा होइन मंचमा नाटकमा अभिनय गर्दा ।  म अझसम्म दौरा सुरवाल लगाएर सार्वजनिक स्थलमा ृउपस्थित भएको छैन । सार्वजनिक स्थलमा उपस्थित भएको छु भने पनि नाटकमा उपस्थित भएको छु । मेैले दौरा सुरवाललाई आफ्नो पहिरनको प...

जकेट

   मैले नेपाल आउँदा भैरहवाबाट एउटा ओभरकाट पाराका जकेट किनेकाृ थिएँ । त्यो जकेट लगाएर म नयाँराबरघारी , लोकरा (  असम ) पुगेको थिएँ । मैले किनेको त्यो जकेट मेरा दाइ भीमबहादुरलाई निकै मन परेछ । दाइले भन्नुभएको थियो — यो जकेट मलाई छोडी दे । मलाई त्यो जकेट दाइलाई छोडिदिन त मन लागेको थियो । तर मैले शिलाङको जाडो सम्झें । शिलाङको जाडो छल्न कोट वा सुइटरले पनि काम गर्दैनथ्यो । विशेष गरी दिसम्बर महिना त शिलाङमा यति चर्को जाडो हुन्थ्यो कि कहिलेकाहीं बाल्टीको पानी जमेर वर्फ पनि हुन सक्दथ्यो । पाइपको पानी जमेर पाइप नै फुट्न पनि सक्दथ्यो । शिलाङमा घर बस्दा त अंगुठीमा कोइला बालेर पनि जाडो धपाउन सकिन्थ्यो । हिटर तापेर पनि जाडो पचाउन सकिन्थ्यो । तर बाहिर निस्किंदा तगडा गरम कपडाहरूको आवश्यकता पर्दथ्यो । मेरो भैरहवामा किनेको  जकेटले शिलाङको जाडो राम्ररी नै छेक्ने हुनाले मैले त्यो जकेट दाइलाई दिन सकिनं । भनें — लोकरा जाडो ठाउँ होइन । मलाई शिलाङको जाडो धपाउन यो जकेट चाहिन्छ । त्पतिबेला म शिलाङको जिङकिङमा बस्दथें ।  एकजना मिजोको घरमा डेरा गरेर बस्दथें । घर मालिक मिजोहिल्समा नै बस्दथ्यो...

दौरा सुरवाल

  यो १९६३ तिरको कुरा हो । त्यतिबेला म असममा थिएँ । असमको गुवाहाटीमा थिएँ । गुवाहाटीको मालिगाउँमा थिएँ । काका कर्णबहादुर साहनीसित मालिगाउँमा स्थित रेलवे हेडक्वाटरको क्वार्टरमा थिएँ । गुवाहाटीको निम्ति म नौलो थिएँ । त्यहाँका नेपालीहरूसित मेरो त्यति चिनजान थिएन । मैले त्यहाँ जुन जुन नेपालीहरूलाई चिनें जानें ती प्रायः सबै काकाले चिने जानेका मान्छे थिए ।  काकासित गुवाहाटीमा छँदा मैले कविता पनि कोर्ने गर्दथें । साहित्यमा रुचि  लिन्थें ।  म बसेको वरिपरि रेलवेमा नै काम गर्ने केही नेपाली साहित्यकार रहेछन् । पत्रकार पनि रहेछन् । उनीहरूसित मेरो त्यतिबेला कुनै चिनजान परिचय भएन । म गुवाहाटी मालिगाउमाँ बस्दा काकाले मलाई निकै धेरै ठाउँमा घुमाउनु भएको थियो । मलाई काकाले गुवाहाटीका सबै बजारहरूमा पनि डुलाउनु भएको थियो । गुवाहाटीमा उपन्यासकार लील बहादुर क्षेत्रीको रेलवे नजिक भएको घर वरिपरि पनि पुराउनु भएको थियो । त्यतिबेला मलाई लीलबहादुर क्षेत्रीको नाम नै थाहा थिएन । उनी साहित्यकार हुन् भन्ने कुरा नै थाहा थिएन । उनी बसाईंका चर्चित लेखक हुन् भन्ने कुरा नै थाहा थिएन । यसरी नै मलाई ठाउँ ठ...

दौरा

  म शिलाङमा छँदा थुप्रै घर परिवारसित मेरो पारिवारिक सम्बन्ध थियो । म ती परिवारको एउटा सदस्यको रूपमा रहेको थिएँ । यस्तै परिवारमध्ये तिल कार्कीको परिवार पनि मेरो आफ्नै परिवार जस्तो थियो । तिल कार्कीकी बहिनी विष्णु कार्की भट्टराईले तान लगाएर ऊनीको नागा चादर बुन्न सिकेकी थिइन् । एक दिन तिल कार्कीकी आमाले मलाई भन्नु भयो — छोरीले तान लगाएर नागा चादर बुन्न सिकेकी छ ।  तपाईंले ऊन  ल्याएर दिएमा उसले तपाईंलाई खाटी ऊनको चादर बुनेर दिनेछ । मैले आमाले भनेको कुरालाई शिरोधार्य गरेर बजारबाट ऊन किनेर ल्याएर विष्णु कार्की भट्टराईलाई दिएँ ।  उनले मेरो लागि खाटी ऊनको नागा चादर बुनिदिएकी थिइन् । यो २०३४—१०३५ तिरको कुरा हो । विष्णुले बुनेको नागा चादर अझ पनि मेरो दराजमा थन्किएर बसेको छ ।  मैले अझ एक दिन पनि त्यो चादर ओढेको छैन ।  मलाई चादरको खाँचो नै परेको भए निश्चय पनि ओढ्थें होला । म सित अरु दुई नागा चादर भएको हुनाले ती चादर नै प्रयाप्त भएका छन् । फेरि मसित यतिबेला विभिन्न सम्मान कार्यक्रममा दोसल्ला भन्दै ओढाइदिएका दर्जनौं चादर छन् । तिनलाई मैले चिनो भनेर दराजमा चिनेर  राख...

शिलाङमा तिहार

  दशैं नेपालीहरूको ठूलो चाड हो भने तिहार पनि कम होइन । दशैंको बेलामा आमा बुबा वा मान्य जनको हातको टीमा लगाउन खोज्दछौं भने तिहारमा दिदी बहिनीको हातका टीका र फूलका माला लगाउन चाहन्छौं । फूल पनि सयपत्री फूलको माला ।  सयपत्री फूलले तिहारको झलक दिन्छ ।  सयपत्री फूल फुल्यो कि हामीलाई तिहार आए जस्तो लाग्दछ । स्वदेशमा बस्ने दाज्यू भाइलाई दिदी बहिनीको हातको टीका लगाउन कुनै गाह्रो पर्दैन । तर प्रदेशमा तिहारको बेलामा दिदी बहिनीहरूको हातबाट टीका लगाउन निकै कठिन  हुन्छ । शायद यही भएर पनि होला हामी कसैलाई दिदी बहिनी मानेर टीका लगाउने गर्दछौं । मैले पनि प्रदेशमा जहाँ जहाँ बसेको छु कसै न कसैलाई दिदी बहिनी मानेर तिहारमा टीका लगाउने गरेको छु । गला भरि माला भिर्ने गरेको छु । वास्तवमा मैले कसैलाई दिदी बहिनी बनाउन खोज्नुभन्दा पनि उनीहरूले नै मलाई दाइ भाइ ठानेर तिहारको टीका लगाउन बोलाएका छन् । मैले उनीहरूको हातबाट निधारमा टीका लगाएको छु । गलामा माला भिरेको छु । म त्यस्ता दिदी बहिनीहरूप्रति सदा स्नेह श्रद्धा भाव राखिरहेको छु । यहाँ यतिबेला म अरु कतैको होइन शिलाङमा तिहारको बेलामा दिदी बहिनी...

मेरो जात गयो

  यो पनि असम कै कुरा हो । दरं (  हाल शोणितपुर ) जिल्ला कै कुरा हो । लोकरा कै कुरा हो । यो यस्तै १९६५ को सेरोफेरोको कुरा हो । म त्यतिबेला लोकरा नयाँ राबरघारीमा बस्दथें । चारदुवार हाई स्कुलमा पढ्दथें । एक दिन म लोकरा बजारमा डुलिरहेको बेलामा मेरो एक्कासि भेट पाँचौं असम राइफल्सका सिपाहीसित भयो । सिपाहीको नाम मैले अहिले बिर्सें । मलाई उनको अनुहारको पनि संझना छैन । मात्र मलाई उनीबारे कति कुरा थाहा छ भने उनी मेरै पहाड घरका मान्छे थिए । बाग्लुङ गल्कोट कै मान्छे थिए । गल्कोटको कुन गाउँको मान्छे भन्ने कुरा भने मलाई थाहा छैन । लामो समय भए पछि धेरै कुरा बिस्मृतिका गर्भमा गएर बस्दारहेछन् ।  सिगमण्ढ फ्रायडको भाषामा अचेतन मनमा गएर बस्दारहेछन् । मसित चिनाजानी हेमफेम भएका ती लाहुरेले चिया पिउन नजिकैको असम राइफल्सको क्यान्टिनमा पुराए । हामी क्यान्टिनमा चिया पिउन कुर्सी तानेर बस्यौं । उनले चियाको साथसाथै मिठाईको पनि अर्डर गरे । क्यान्टिनमा हामीलाई चिया मिठाई दिने मान्छे कालो कालो वर्णका मदरासी जस्तो थियो । उसले हामीसित नेपाली भाषामा नै कुराकानी गरे पनि मैले उसलाई किन मदरासी ठानेको थिएँ भने ...

झण्डै मेरो जात गयो

  कुरा असम दरंग (  हाल शोणितपुर ) जिल्लाको हो ।  लोकरा नयाँ राबरघारीको हो । यो यस्तै १९६४—१९६५ साल तिरको कुरा हो । त्यतिबेला हामी लोकरा नयाँ राबरघारीमा बस्दथ्यौं । मकै,  तोरी सनपाट आदिको खेती पाती गर्दथ्यौं । गार्ई गोरु पाल्दथ्यौं ।    एक दिनको कुरा हो । हामीले चारदुवारको सुनारको घरमा बिक्री गर्ने गाई छ भन्ने कुरा सुन्यौं । यसैले हामीले त्योे गाई किन्ने बिचार गर्यौं । गाई किन्न भनेर दाइ भीमबहादुर , दाइका साथी महाप्रसाद राई र म चारदुवारतिर लाग्यौं । सुनारको घरतिर लाग्यौं । सुनारको घर हाम्रो घरदेखि लगभग पौनै एक घण्टाको दुरीमा थियो ।   सुनारको परिवार हामीले जानेको परिवार थियो । सुनार परिवारका एक भाइ सुनाइपामको असमी प्राइमरी स्कुलमा शिक्षक थिए । अर्का भाइ पाँचौं असम राईफल्समा क्लर्क थिए । सुनार परिवारको घर चारदुवार बजार नजिकै थियो ।  मूल सडकमा नै थियो । असमी शैलीमा बनेको घर वरिपरि तामल पानका रुखहरू देखिन्थे । निकै फराकिलो आँगन थियो । हामी सुनारका घरमा पुगे पछि उनीहरूले आँगनमा मोडा राखिदिए ।  हामीहरू तिनै जना मोडामा बस्यौं । गाई किन्ने कु््रा...

युद्धप्रसाद मिश्रको संझनामा

  युद्धप्रसाद्ध मिश्र ( २७ पौष २०६४—६ फागुन २०४७ ) सित मेरो प्रथम भेट बनारसको दशपुत्र गली स्थित पुष्पलालको  नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यालया भएको हो । त्यतिबेला युद्धप्रसाद मिश्र पुरै कम्युनिष्ट विचारले लैश भएको स्थिति थिएन । उनी कम्युनिष्ट विचारका समर्थकका रूपमा प्रस्तुत भएको देखिन्थ्यो । मैले जानकारी पाए अनुसार उनी लामो समयदेखि बनारसमा निर्वासित जीवन व्यतीत गरेको अवस्था थियो ।  उनी विद्रोही स्वभाव र क्रान्तिकारी बिचारप्रति प्रतिवद्ध भएको  हुनाले नै पुष्पलालको पार्टी सम्पर्कमा आएको अवस्था हो ।  बनारसमा पुष्पलालको पार्टीमा पुष्पलाल कै अग्रसरतमा क्रान्तिकारी साहित्यिस सांस्कृतिक संगठन मुक्ति मोर्चाको स्थापना भएको थियो । यसमा शुरुमा पाँच जनाको केन्द्रिय कमिटिको निर्माण गरिएको थियो । यसका अध्यक्ष नै युद्धप्रसाद मिश्र निर्वाचित गरिएका थिए । यसका सचिव रहेका थिए राजेन्द्र थापाका नाममा मोदनाथ प्रश्रित ।  यसमा रहेका तीन सदस्यहरूमा   विदुरको    नाममा जीवराज आश्रित, झपट सिंहको नाममा रामचन्द्र भट्टराई तथा कपिलका नाममा दिल साहनी निर्वाचित...

भडकु कामी

  म घर छोडेर प्रदेशतिर  लाग्दा घरको यादले निकै पिरोलिएको थिएँ । छटपटिएको थिएँ । आत्तिएको थिएँ । घर छोडको दुई दिन जति भएको थियो होला । जति बेला पनि मेरो मनमा उही घरको चित्र नाचिरहथ्यो. । घरको स्मरण भइरहन्थ्यो ।  जहाँसम्म मलाई संझना छ , हामी रिडीमाथि एक ठाउँमा बसेर बिश्राम लिंदै थियौं । खाजा पनि खाँदै थियौं । त्यतिबेला नै माथितिरबाट एक हुल मान्छे ह्वा्र हे्वार्  तल झर्दै थिए ।  म हामीतिर आइरहको सबभन्दा अघिल्लो मान्छेलाई देखेर निकै खुशी भएँ । हर्षित भएँ । प्रफुलित भएँ । मेरो अँध्यारो अनुहार पनि उज्यालो भयो । मेरा मुखबाट एक्कासि खुशीको आवाज निस्क्यो —“ दाई तिमी पनि आएको ।” मैले दाई भनेर सम्बोधन गरेको मान्छे निकै खुशी भए । उनले मलाई हर्षित तथा उत्सुक  हुँदै भने — “मलाई चिन्यौ र बाबु तिमीले ? ” मैले पनि हर्षित हुँदै भनें —“  किन नचिन्ने ?” उनले अझ बढी जिज्ञांसा राख्दै भने — भन त बाबु म को हुँ ।” मैले बिना हिचकिचाहट फ्याट्ट भनें —“ तिमी बाँसखोलाको भडकु कामी त हौ । ” मैले ती व्यक्तिलाई भडकु कामी भने पछि उनी मसित रिसले आगो भए । बम भए । उनले जंगिदै र  गर्जि...