Skip to main content

Posts

Showing posts from January, 2018

गजल १२

        दिनलाई रातले के टाल्न सक्थ्यो क्रान्तिलाई  भ्रान्तिले के ढाल्न सक्थयो आस्थाका फलामे किल्लालाई कायरका कोर्राले के गाल्न सक्थ्यो बढे पछि अग्रगामी नै अग्रगतिले प्रतिगामी पाइला के चाल्न सक्थ्यो निगाहामा बा“च्ने बबुरोले आखिर ज्यानै जोखिममा के हाल्न सक्थ्यो निभिसकेको अगुल्ठाका ठुठाले क्रान्तिको आगो के बाल्न सक्थ्यो प्रभूसितै घा“टी जोड्नेले आखिर नया“ युगको यात्रा के थाल्न सक्थ्यो २३–७–०६४ ९–११–२००७

जंगेहरू

कहाँ छ र चाकरीबाट मुक्त यो देश हिजो अस्तिदेखि चाकरीले चलेको छ यो देश आज पनि चाकरीले नै चल्देछ अस्ति जंगेहरू बेलायतका बादशाहहरूको चाकरी गर्दथे हिजो जंगेहरू नारायणहिटी दरबारका राजा महाराजाको चाकरी गर्दथे आज जंगेहरू दिल्ली दरबारका प्रुभुहरूको चाकरी गर्दछन् दुनियाँमा धेरै उथल पुथल भए पनि कहाँ फुकुवा भएका छन् र जंगेहरू चाकरीतन्त्रबाट अस्तिका  जंगहरूले त बरु चाकरी गरेरै भए पनि गोराहरूको गुमेको नयाँ मुलुक पनि फिर्ता गराएका  छन् आजका जंगेहरूले त चाकरी बजाउन कालाहरूको उल्टै कति पुराना मुलुकहरू समेत चुपचाप गुपसुप भेटी चढाएका छन् । १५–१०–२०७४ २९–१–२०१८

दिन

अहिले उनीहरूको दैलोमा लक्ष्मीको बास छ अहिले उनीहरूका आँगनमा सूर्यको प्रकाश छ  अहिले उनीहरूका गलामा फूलका मालाको पहाड छ अहिले उनीहरूका कदम कदममा प्रभुको आड छ अहिले उनीहरूको दिन आएको छ दिन सबैको आउँछ भन्छन् कुकुरको पनि दिन आउँछ (  Dog has its day ) कुकुर पूजालाई पनि कुकुरको दिन आएको भन्न सकिन्छ शायद कुनै नौलो कुरा भएन उनीहरूको दिन आउनु कुनै आश्चर्यको कुरा भएन उनीहरूको दिन आउनु हो दिन सबैको आउँछ ढिलो चाँडो समयको मात्र कुरा हो दिन उनीहरूको पनि आउँछ दिन हाम्रो पनि आउँछ हामी अस्वीकार गर्दैनौं दिन सबैको आउँछ भन्ने कुरालाई हामी अस्वीकार गर्दैनौं उनीहरूको दिन आउने कुरालाई आखिर उनीहरूको दिन आएकै छ लाखौं घरलाई सडकमा पुराएर भए पनि उनीहरूका दैलोमा लक्ष्मीको बास भएकै छ करोडौं आँगनलाई अन्धकार डुबाएर भए पनि उनीहरूका आँगनमा सूर्यको प्रकाश फैलिएकै छ उनीहरूको जस्तै हाम्रो पनि त आउला दिन एक दिन हामी पुरै विश्वस्त छौं उनीहरू नभए पनि उनीहरू कहिले पो विश्वस्त थिए र हाम्रो दिन आउने कुरामा पर्दैन उनीहरू विश्वस्त हुन पनि पक्कै हो अहिले उनीहरूको दिन आएको छ भोलि आउने दिन हाम्र

अणु कविता ३

विदेशी प्रभुहरूले कजाउन थाले भने के हुन्छ कुर्सीको किमत भजाउन थाले भने के हुन्छ भन्नै नपर्ने कुरा हो यो निरोहरूले बाँसुरी बजाउन थाले भने के हुन्छ । २६–९–०७३

अणु कविता

हुँदैन सबै जग्गा खेत हुन्छ कति त खरक हुँदैन सबै ठाउँ स्वर्ग हुन्छ कति त नरक  हुँदैन हेर्न हर चीजलाई  एउटै आँखाले हुँदैन सबै दिन एकै हुन्छ कति त फरक  । ११–३–०७१

बेचिएको कलम

भन्छन् कलम तलबारभन्दा धेरै शक्तिशाली हुन्छ तलबारले ढाल्न नसकेको दरबार कलमले ढाल्छ अस्वीकार गर्दिनं म यस उक्तिलाई अविश्वास गर्दिनं म यस अभिव्यक्तिलाई कलम भनेको कलम नै हो कलममा जति दम हुन्छ त्यति तलवारमा कहाँ हुन सक्छ कलम तलबारभन्दा हजारौं गुना बढी शक्तिशाली हुन्छ मार हान्न सक्छ कलम धरतीको एउटा कुृनादेखि अर्को कुनासम्म तल पातालदेखि माथि आकाशसम्म् बिगतदेखि बर्तमानसम्म बर्तमानदेखि भविष्यसम्म विश्वदेखि ब्रह्माण्डसम्म शायद यही भएर होला हिटलर पनि कलमको अघि थरिकम हुन्छ चंंगेज खाँको घोडाको टाप पनि कलमको पदचापले टक्क रोकिन्छ कलम फुलबारीमा सुन्दर फूल भएर फुले पनि कलम खेतबारीका गहुँका बाला भएर झुले पनि युद्धभूमिमा बम भएर बिष्फोट पनि हुृन सक्छ कलम क्षेप्यास्त्र भएर धरतीका पल्ला टुप्पासम्म पनि मार हान्न सक्छ कलम शायद यही भएर होला यतिबेला खुला बजारमा बेचिन्छ कलम पनि किनिन्छ कलम पनि हाताहात बिक्छ कलम हाट बजारमा हट केक भएको छ कलम यतिबेला सुपर मार्केटमा शायद यही भएर पनि होला कलमको खरीद बिक्रीको ग्राफ निकै माथि उठेको छ मालामाल भएका छन् यतिबेला कलमका व्यापारीहरू कलमका कारबारीह

स्वतन्त्रता

मानवबधशालाबाट एउटा मानव अस्थिपंंजर जब फिजाउँछ कालोपट्टिभित्र कैद आँखा बाहिर सडकतिर राजमार्गतिर मान्छेहरूका हुल हिंडिरहेका साइकिलहरू चलिरहेका मोटर बाइकहरू कुँदिरहेका गाडीहरू गुडिरहेका धमिलो धमिलो दृश्य देख्दछ लाग्दछ उसलाई स्वतन्त्रताकी देवी आएर बास बसे जस्तो खुला सडकमा खुला आकाशमा स्वच्छन्द बतास जस्तै स्वच्छन्द चरा जस्तै बेरोकटोक निर्धक्क हिडडुल गरिरहेछन् उनीहरू खुला सडकमा सास फेरिरहेछन् उनीहरू खुला आकाशमा बाँचिरहेका छन् उनीहरू स्वतन्त्र जीवन उन्मुक्तिको जीवन कुनै हतकडी छैन उनीहरूका हातमा कुनै नेल छैन उनीहरूका खुट्टामा कुनै जंजीर छैन उनीहरूका शरीरमा कुनै कालोपट्टि छैन उनीहरूका आँखामा चाहे सिंगो  मुलुक नै किन बनेको  नहोस् एउटा विशाल कारागार एउटा विशाल मानवबधशाला एउटा ग्यास च्याम्बर मान्छे बेपत्ता पार्ने घनघोर जंगल जिउँदै मान्छे पुर्ने गहिरो खाडल जिउँदै मान्छे जलाउने गाउँ बस्ती लाग्दछ उसलाई स्वतन्त्रताको अर्थ त परतन्त्रमा बुझ्न सकिन्छ शायद जीवनको अर्थ त मानवबधशालामा अनुभूत गर्न सकिन्छ शायद बाँच्नुको अर्थ त ग्यास च्याम्बरमा बुृझ्न सकिन्छ शायद

रुखहरूको आर्तनाद

                        कस्तो अन्धो होला यो बैज्ञानिक युग कस्तो असभ्य होला यो मानव सभ्यता विकासको नाममा विनाश मात्र गरिरहेछ चारैतिर सुन्दरताको नाममा कुरुप मात्र  पारिहेछ हरेक मनमोहक दृश्य सिंगो प्रकृति के दोष थियो हामी सडक छेउ उभिएका रुखहरूको खोई त्यस्तो बुल्डोजर लगाएर लडाइरहेछ हामीलाई भूईंभरि धमाधम प्रदर्शित गरिरहेछ आज हामीमाथि उदाँगो भएर नाँगो नाच मच्चाइरहेछ आज हामीमाथि निर्लज्ज भएर ताण्डन नृत्य गरिरहेछ आज हामीमाथि  सुकुम्बासीहरूमाथि जस्तै अमानवीय व्यवहार पाशविक व्यवहार दुव्र्यवहार जारी राखिरहेछ निरन्तर प्रकृतिका अमूल्य उपहारमाथि नै धरतीका अनुपम आभूषणमाथि नै ठूलो अत्याचार व्यभिचार आकाश चुम्ने हाम्रो सपना चकनाचुर पारिरहेछ यसले विश्व ढाक्ने हाम्रो परियोजना भताभुङ्ग पारिरहेछ यसले सुन्दर स्वस्थ्य र समृद्ध संसारको सृष्टि गर्ने हाम्रो परिकल्ना तुहाइरहेछ यसले कसलाई थाहा छैन र के पुष माघको मुटु कँपाउने जाडो के चैत बैशाखको शरीर खौलाउने गर्मी के असार साउनको आँखा नउधार्ने झरी के बेमौसमको हुरी बतास आँधी तुफान के प्रलयकारी सुनामी ती सबको बेवास्ता गर्दै निरन्तर

गोर्खालीका गाथाहरू

कति सुनाउछौ तिमी बाबु साहेबका बहादुरीका गाथाहरू कति बाचन गर्दछौ तिमी गोर्खाली राजा साहेबका प्रतापका कथाहरू कति गाउँछौ तिमी बडा महाराजका दिव्य बाणीका भजन किर्तनहरू कति गर्दछौ तिमी जय जयकार अचल अवाक् अन्ध अमूर्त शालिकको कति भट्टाउँछौ तिमी अर्थहीन नाराहरू म्युजियममा थन्किएको श्रीेपेचको गगनभेदी स्वरमा बेमतलब इतिहासमा टेके पनि पाइला किल्ला कांगडादेखि टिस्टासम्म कुनै दिन बर्तमानको भूगोल यसको दिन दिनै खुम्चिदै गइरहेको छ विशाल अधिकार क्षेत्र यसको दिन दिनै साँगुरिंदै गइरहेको छ हराउँदै गइरहेछ देश कै नाप नक्शा समेत देशकै पहिचान समेत गोरा साहेबहरूको देखियो अपार लिला हिजो काला साहेबहरूको देखिंदै छ नांगो नाच आज रातारात गायव भइरहेछन् जंगे पिलरहरू सीमा स्तम्भहरू दश गजा हिंडिरहेको छ बिरनामको जंगल भएर उत्तरतिर चेक पोष्टहरूको पहिचान खोज्दै बंशजको वंश नाश भैरहेको पीर छैन होला शायद यो देशलाई  कस्सिएको छैन कुनै जंगबहादुर यतिबेला गुमेको नयाँ मुलुक जोर्न बरु  जन्मिरहेछ यस मुलुकमा पनि लेन्डुप दोर्जे अर्को सिक्किमको नक्शा कोर्न रचना गर्न बाँकी रहेको सारा श्रीसम्पति पनि स्वाहा पार्न अ

बा हामी नेपाली !

बा हामी नेपाली ! आजभोलि हामीले बारी बाझै राखेका छौं बारीमा तोरी छर्न छाडेका छौं घैया छर्न छाडेका छौं फापर छर्न छाडेका छौं बारीमा मकै छर्न छाडेका छौं कोदो रोप्न छाडेका छौं बा हामी नेपाली ! आजभोलि हामीले खेत बाझै राखेका छौं खेतमा गहुँ छर्न छाडेका छौं धान रोप्न छाडेका छौं खोरिया खन्न त हामीले धेरै पहिलेदेखि नै छोडेका हौंं खेत बिराउन त हामीले उहिलेदेनि नै छोडेका हौं लेख औल गर्ने बानी त हाम्रो छुटिसक्यौ गाई गोठ जाँदैनौं हामी भैंसी गोठ जाँदैनौं हामी भेंडी गोठ  जाँदैनौं हामी वर्म पर्म लगाउन पर्दैन भो हामीलाई मेलापात गर्न पर्दैन भो हामीलाई दाउरा घाँस गर्न पर्दैन भो हामीलाई मुखियाले सिरिरि सिटी लगाउँदा स्याउ भिरेर हुद्दामा सामेल हुन पर्दैन भो हामीलाई डोको बोकेर डोकामा        खाने खर्चो बोकेर बर्षभरिलाई नून तेलको जोहो गर्न ठाँटी पौवामा बास बस्दै हप्तौं हप्ता हिंड्न पर्दैन भो हामीलाई थाक भोट गर्न पर्दैन भो हामीलाई बटौली झर्न पर्दैन भो हामीलाई  हाम्रा आमा दिदी बहिनीहरूलाई दैलो कुचो पनि गर्न पर्दैन भो एका बिहानै पानी लिन गाग्री बोकेर टाढै कतै पानी पधेंरा ध

अणु कविता

जाग्नु पर्ने मान्छे त अभm जागेकै छैन  माग्नु पर्ने कुरा त अझ उसले मागेकै छैन कसको मुद्दा बोकेर व्यर्थ लडिरहेका छौ तिमी  आफ्नो अधिकारको लडाईमा त ऊ अझ लागेकै छैन । २०–८–०७३

मिडिया

आजभोलि मलाई एलर्जी हुन थालेको छ पत्र पत्रिकासित घृणा लाग्न थालेको छ पत्र पत्रिकाप्रति मलाई मुृख पनि नदेखौं जस्तो लाग्दछ पत्र पत्रिकाको मलाई संगत पनि नगरौं जस्तो लाग्दछ पत्र पत्रिकाको के हेर्नु दिन दिनै पत्र पत्रिकाको अपशकुन अनृुहार पनि कहिले शुभ समाचार बोकेर ल्याउने होइनन्  यिनीहरूले के पल्टाउनृु  पत्र पत्रिका पानाहरू दिन दिनै कहिले सुखद समाचार बोकेर ल्याउने होइनन् यिनीहरूले जहिले पनि देशले हारेको समाचार बोकेर ल्याउँछन् यिनीहरूले कहिले त देशले जितेको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो  जहिले पनि देश घाइते भएको समाचार बोकेर ल्याउँछन् यिनीहरूले कहिले त देश सही सलामत भएको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो  जहिले पनि सीमा मिचिएको समाचार बोकेर ल्याउँछन् यिनीहरूले कहिले त मिचिएको सीमा खोसिएको समाचार पनि त बोकेर ल्याए  हुन्थ्यो जहिले पनि नदी नाला बेचिएको समाचार बोकेर ल्याउँछन् यिनीहरूले कहिले त असमान सन्धि समझौता च्यातिएको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो जहिले पनि देश ठगिएको समाचार बोकेर ल्याउँछन् यिनीहरूले कहिले त ठूलो षडयन्त्रबाट देश जोगिएको समाचार पनि त बोकेर ल्याए हु

क्रान्ति

न थर्काएर थर्कन्छ क्रान्ति न तर्काएर तर्कन्छ क्रान्ति न दबाएर दब्दछ क्रान्ति म गलाएर गल्दछ क्रान्ति न जलाएर जल्दछ क्रान्ति न लुकाएर लुक्दछ क्रान्ति न झुकाएर झुक्दछ क्रान्ति जेल नेल हत्कडीले छेक्न सक्दैन क्रान्ति लाटी बुट र बन्दुकले रोक्न सक्दैन क्रान्ति महासागरमा डुवाए पनि डुब्दैन क्रान्ति फाँसीमा झुण्डाए पनि मर्दैन क्रान्ति बेपत्ता बनाए पनि हराउँदैन  क्रान्ति पातालमा पृुराए पनि सेलाउँदैन क्रान्ति क्रान्ति जियालो छ क्रान्ति सर्वशक्तिमान छ क्रान्ति अजर अमर छ  क्रान्ति अपरापजय छ क्रान्तिको बिजय सुश्चित छ पराजित हुन्छन् सबै प्रतिक्रान्ति शक्तिहरू भत्किन्छन् सबै षडयन्त्र र छेकबारका किल्लाहरू दिग्बिजयी बन्दछ क्रान्ति एक दिन विश्व बिजयी बन्छ क्रान्ति एक दिन । २८–९–२०७४ १२–१–२०१८

देशप्रेम

            नेपाल जति सुन्दर देश छ्रैन विश्वमा कुनै पनि जल जंगल जडीबुटी जंमीन जसले बन्यो  धनी  चम्काए चम्किन सक्दछ जगमा चम्किलो तारा बनी खनजोत गरे उम्रिन सक्दछ हिरां मोती र मणि  । पर्दैन जान कदापि विदेशमा बनी हामी गुलामी विदेशै आउन सक्छ  उल्टै यहाँ  चढाउँदै सलामी  बगाई रगत विदेशमा खोई के बन्नु  छ र  नामी उथल पुथलको चलोस् व्यापक  यो देशमा सुनामी । पुर्खाले बगाए रगतं देशमां देखाई  ठूलो शक्ति बन्यो विश्व नत मस्तक देखेर उनकै देशभक्ति  लागे कतै सन्तति उनकै पार्दै देशकै यो दुगर्ति  लुटाईं देशै शत्रुलाई  पुराई आफैलाई नै क्षति । स्वतन्त्र देशका नागरिक हामी गुलाम बन्ने किन  गर्नु पर्छ केही स्वदेशमै बसी अब त बाँकी दिन जन्मभूमि जस्तो हुँदैन बिदेश स्वदेशलाई चिन बगाउन सके  पसिना देशमै फिर्न सक्छ सुदिन ।  बन्न सक्दछ नर्क पनि त स्वर्ग  स्वर्गका झन् के कुरा भएकै छन् कहाँ अझै मुलुकका  सारा सपना पूरा  हुँदैन कोही पनि बेकाम यहाँ  थालेमा कुनै काम चल्न सक्छ सारा संसारमा बल्ल नेपालको नै नाम । २८–२–०७०

गजल

गल्तीबाट मान्छेले सिक्न सक्नु पर्दछ दुनियाँमा मान्छे त बिक्न सक्नु पर्दछ नजर त मार्न सकिन्छ जसको पनि परीक्षाको घडीमा टिक्न सक्नु पर्दछ दैत्यसित गरेरै भए पनि त दोस्ती समुन्द्रको अमृत झिक्न सक्नु पर्दछ सास फेर्नु मात्र त  होइन नि जिन्दगी इतिहास नै नयाँ लेख्न सक्नु पर्दछ मान्छे भएर जन्मे पछि यो धरतीमा दूर भविष्य पनि  देख्न सक्नु पर्दछ बेस क्याम्पमा मात्र कति बस्ने खुम्चेर सगरमाथा अग्लो टेक्न सक्नु पर्दछ  कायरका त खोई के गर्नु कुरा यहाँ साहसीले  सुनामी  छेक्न सक्नु पर्दछ  ।  १६–३–०७१                               

संकल्प

लोकतान्त्रिक गणतन्त्र के राह पर चलनेवाले हम सब राही किया है संकल्प हमने दृढ फेक देने का जड से उखाड सत्ता शाही तक्ते उडा देंगे हम तानाशाहीे जन आन्दोलन के सुनामी छाल से नाकाम बना देंगे हम दुश्मनों के हर हमले जनशक्ति के ढाल से कदम से कदम मिलाकर हम निरन्तर आगे बढते ही जायेंगे जनराजं जग में स्वर्णीमं एक दिन जरुर  हम सब लायेंगे बनेगा जो रोडा अग्रगमन के हमारे रास्ते पर आ खडा जान लो कि जरुर एक दिन जंग मे हमारे पैर तले पडा हर जंग हम जितते रहे सर्वदा हारना हमने कभी न जाना सारे जगं ने है हमें जंग के मैदान में जरुर लोहा माना दुश्मनोंका तोपों का भी दिया है जबाब हमने नंगे हातों से डरें क्यों हम किसी की युद्ध उन्मादी दम्भ भरी बातो्र से जनशक्ति ंके सामने घुटने टेक देते हें बडे बडे शाहंशाह भी अथक योद्धा ही तो ढू“ढ लेता है का“टाें के बीच से राह भी कठीन कितना क्यों न हो रास्ता पहु“चना है हमें अपने मंजील हिक्मतवालाओंं के लिए है नहीं कोई भी काम जग में मुश्किल बनाना है एक दिन स्वर्ग हमें पैर तले पडा इस धरा को भी जिलाना है हमें जैसे भी हो इस धरती में इन्सान मरा को भी खिच देगें हम इस ध

घुम्टे

बिहान उज्यालो हुँदै जाँदा घामको रातो घुम्टो ओढ्छ घुम्टे बेलुकी सांँझ पर्दै जाँदा घामको पहेलों घुम्टो ओढ्छ घुम्टे समयको सूचक हो घुम्टे घण्टाघर हो घुम्टे बर्खा लाग्दा आकाश गर्जिदा बिजुली चम्किंदा बादलको कालो घुम्टो ओढ्छ घुम्टे पुष माघको महिनामा चीसो सिरेटो चल्दा हिउँको सेतो घुम्टो ओढ्छ घुम्टे टाढा टाढाबाट हेर्दा जति नांगो नांगो जस्तो देखिए पनि आखिर गुराँसहरूको फूलवारी हो घुम्टे जडीबुटीहरूको भण्डार हो घुम्टे बनस्पतिहरूको उद्यान हो घुम्टे बन्य जन्तुहरूको बास हो घुम्टे चरा चुरुंगीहरूको निवास हो घुम्टे अथाह ऐश्वर्यको खानी हो घुम्टे देवी देवताहरूको धाम हो घुम्टे सिद्धहरूको कैलाश हो घुम्टे साधु सन्त महन्तहरूको आश्रम हो घुम्टे प्रभूहरूको तपभूमि हो घुम्टे बुद्ध पूर्णिमाको पवित्र बिहार हो घुम्टे पर्यटकहरूको हिमाल पहाड तराई अवलोकन गर्ने भ्यू प्वाइन्ट हो घुम्टे गल्कोटको शान गल्कोटको पहिचान गल्कोटको धरहरा हो घुम्टे गल्कोटको सगरमाथा हो घुम्टे इतिहास बोकेको आदिमकालदेखि हाम्रा पुर्खाहरूको शिला स्तम्भ हो घुम्टे पारि बराहसित पर्दा टक्कर ठूलो घुँडा धसेर धरतीमा

अणु कविता :मान्छे

मान्छे देउता हो राक्षस भएको पनि हुन सक्छ मान्छे राक्षस हो देउता भएको पनि हुन सक्छ मान्छे मान्छे भएर पनि मान्छे मान्छे मान्छे नभएको पनि हुन सक्छ  । १७–३–०७१

विदेशिएको नेपाल

हिमाल अटल रहेर के भो रोक्न सकेन यसले विदेशिन थालेका पाइलाहरूलाई बनभरि ढकमक्क गुराँस फुलेर के भयो आकर्षित गर्न सकेन यसले लाहुर लागेका साइला माइलाहरूलाई नांैरंगे डाँफे सजिएर के भो ःल्याउन सकेन यसले कुनै  रंग यस धरतीमा उजाड डाँडा काँडा पाखा पखेराहरूमा न्याउली कराएर के भो कुनै एकान्त स्थलबाट एकोहोरो खोई जगाउन सकेन यसले बिरह कुनै  साइली  माइलीहरूको मनमा जन्र्मी हुर्की खेले कुँदेको गाउँ ठाउँलाई संझेर जननी जन्मभूभिश्च स्वर्गादि गरीयसीलाई संझेर एका विहानै भाले बासेर के भो जगाउन सकेन यसले सुतेका मनहरूलाई पूर्वमा लालिमा छाएर के भो. ढाक्न सकेन यसले नांगा तनहरूलाई बेलामा नै मनसुन आएर के भो छाएन यो धरतीमा कुनै हरियाली लोकतन्त्र गणतन्त्र आएर के भो आएन झुपडीमा कुनै खुशीयाली भन्न त  भन्छन् भन्नेहरू राजनैतिक क्रान्ति पूरा भयो अब आर्थिक क्रान्ति गर्नु पर्दछ यो मुलुकलाई अब हामीले सिंगापुर बनाउन पर्दछ स्वीजरलैण्ड बनाउनु पर्दछ तर कहिले भन्दैनन् उनीहरूले बिर्सेर पनि नेपाललाई अब नेपाल बनाउनु पर्दछ नेपाललाई नेपाल बनाउन सकेको भए सिंगो नेपाल किन विदेशिन पर्दथ्यो नेपाल नेपालमा नै

कपूतप्रति

तिमीप्रति हाम्रो रहेन कुनै भरोसा तिमीले केही गरौला भन्ने छैन कुनै आशा अझसम्म जे जति गुमायौ गुमायौ तिमीले अझसम्म जे जति उडायौ उडायौ तिमीले अझसम्म जे जति लुटायौ लुटायौ तिमीले अब उप्रान्त भएको केही नचलाइदिए हुन्थ्यो भएको केही नछोइदिए हुन्थ्यो बचे खुचेको पुर्खाको  धन सम्पतिमा जोगिएको जाय जेथामा चल अचल सम्पतिमा अमूल्य सम्पदामा आँखा नलगाइदिए हुन्थ्यो हात नहालिदिए हुन्थ्यो दाँत नगाडिदिए हुन्थ्यो नंग्रा नफिंजाइदिए हुन्थ्यो जे छ जति छ जस्तो छ त्यसलाई त्यस्तै रहन दिए हुन्थ्यो त्यसलाई जस्ताको तस्तै हुन दिए हुन्थ्यो बिना कुनै आनाकानी बिना कुनै तलमाथि बिना कुनै हेरफेर बिना कुनै जालझेल त्यससका असली हकवालाहरूलाई त्यसका असली संरक्षकहरूलाई लेखा परीक्षण गरेर अझसम्मको हर हिसाब बुझाइदिए हुन्थ्यो चल अचल सम्पति सही सलामत बुझ बुझारथ गरिदिए हुन्थ्यो जिम्मा लगाइदिए हुन्स्थ्यो अरु केह केही गर्न नसके पनि ् एउटा ढलेको सिन्को उठाउन नसके पनि यतिसम्म त गरिदिए हुन्थ्यो धन्य धन्य हुन्थ्यो तिमी जय जयकार हुन्थ्यो तिम्रो त्यसपछि त राजपाठ सब सुम्पिसके पछि त स्वतन्त्र हुन सक्दथ्यो

जंगे पिलर

चैत बैशाखको चर्को घाममा खल्खल्ती पसिना चुहाउँदै असार साहुनको बर्खे झरीमा लुछुप्प भिज्दैै पुष माघको चिसो सिरेटोमा कठाग्रिदै समयका अनेक  घात प्रतिघात बेहोर्दै झेल्दै खेप्दै बर्षौ वर्षदेखि अविराम अबिचल अडिग हाम्रो सिमानामा खडा रही दिन रात पहरा दिइरहेको जंगे पिलर सीमा रेखा कृुरिरहेको जंगे पिलर दिन दहाडै बेपत्ता पारिएको छ यतिबेला कुनै आततायी राज्यले निरिह नागरिक बेपत्ता पारे झैं र जंगे पिलरसितै नै हाम्रा वीर पुर्खाको रगतले कोरेकोे भूगोल बेपत्ता पारिएको छ हाम्रा वीर पुर्खाको रगतले लेखेको इतिहास बेपत्ता पारिएको छ र हाम्रो भूगोलसित नै हाम्रो इतिहाससित नै हाम्रो पहिचान बेपत्ता पारिएको छ हाम्रो अस्तित्व बेपत्ता पारिएको छ तर पनि हिजोदेखि नै मौन रहन अभ्यस्त हामी हिजोदेखि नै मौन रहन वाध्य हामी आज पनि मौन छौं हाम्रो यो मौनता शायद हाम्रो संस्कारको मौनता होला हाम्रो यो मौनता शायद हाम्रो संस्कृतिको मौनता होला हाम्रो यो मौनता शायद हाम्रो सभ्यताको मौनता होला हाम्रो यो मौनता शायद हाम्रो शिष्टताको मौनता होला हाम्रो यो मौनता शायद हाम्रो भद्रताको मौनता होला हाम्र

बेथितिको यो देशमा

बेथितिको यो देशमा थिति बसाल्नै गाह्रो थिति थिति भए पो थिति बस्छ थिति नै बेथिति भए पछि कहाँ थिति बस्छ कुनै जंगे जन्मेको छैन यो देशमा थिति बसाल्न जति जंगे जन्मे सबै अक्षम भए र गए थिति बसाल्न यो बेथितिको देशमा एउटा थितिलाई उखेलेर फाल्छन् हाम्रा जंगेहरू विदेशीले जंगे पिलर उखेलेर कतै फाले जस्तै एउटा थितिलाई गोडेर फाल्छन् हाम्रा जंगेहरू किसानले बाक्ला मकै गोडेर कतै फाले जस्तै जमाएँं त भन्छन् नयाँ नयाँ बिज विजनहरू थितिका जंगेहरू रोपें त भन्छन् नयाँ नयाँ बोट बिरुवाहरू थितिका जंगेहरू बाँझो पाखा पखेरामा नांगो डाँडा काँडामा  टुसाउँछन् बेथितिका बिरुवाहरू भरर बर्षे च्याउ जस्तै हुर्किन्छन् विथितिका बोट बिरुवाहरू सलल बनमारा जस्तै यो मुलुक हिजो पनि बेथितिले हाँकेको थियो जबरजस्ती आज पनि बेथितिले नै हाँकेको छ जबरजस्ती थिति बसाल्ने मान्छे नै बेथितिको सरदार भए पछि कहाँ बस्छ थिति यो मुलुकमा थिति बसाल्ने जंगे त जन्मेकै छैन यो मुलुकमा थिति बसाल्छु भन्ने जंगेको थिति त हामीले गरेर घोषित बेथिति बल्ल बल्ल भत्कायौं तर न त थिति बसाल्छु भन्ने बेथितिको जननी जंगेलाई नै भत्काउन  सक्

गाउँको कथा व्यथा

गाउँको कथा व्यथा गाउँ खाली खाली छ बरै गाउँ खाली खाली छ गाउँमा खोई को बसेका छन् पढेलेखेका मान्छे शहर पसेका छन् जान्ने बुझ्ने मान्छे राजधानीमा रमाएका छन् जो कमाउने हो त्यतै कमाएरका छन् जे कारोबार चलाउने हो त्यतै चलाएका छन् जे उद्योग धन्दा खोल्ने हो त्यतै खोलेका छन् युवा युवती खेती गर्न डलरको लाइन लाएर सात समुन्द्र पारि धाएका छन् संम्झेर आफ्नो गाउँ घर आफ्नो रस्ती बस्ती आफ्नो घर परिवार कहाँ सित्तिमित्ति फर्केर आएका छन् उतै दुख सुख जिन्दगी बिताएका छन् कोही कोही देश संझेर फर्के पनि कोही कोही बासकमा बन्द भएर फर्के पनि गाउँमा जमेर बस्ने भनेको त उही हिंडडुल गर्न नसक्ने बयोबृद्ध माता पिता न हुन् हजुर आमा हजुर हजुर बुबा न हुन् उही खुट्टा नलागेका बच्चा बच्ची न हुन् लाटा लुला लंगडा कुृँजा खोरंडा अन्धा काना बहिरा मानव आकृति न हुन् कतै इलाज नपाएर ओछ्यान परेका रोगी न हुन् कतै खोज तलाश नगरिएका लावारिस आत्माहरू न हुन् अशिक्षित अशक्त असक्षम अयोग्य नागरिक न हुन् घाइते योद्धा न हुन् दुख बिमार भए भने कोही बृद्ध आमा बृुबाहरू साना साना बालक बालिकाहरू नागरिक भएर पनि अनागरिक भएका प्राणीहरू टाढै कतै अस्पता